थप ४,७६२ जनामा संक्रमण – ६ हजार ४९१ जना संक्रमणमुक्त

थप ४,७६२ जनामा संक्रमण – ६ हजार ४९१ जना संक्रमणमुक्त

१७ जेठ, काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणमा ४१७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।

कुन जिल्लामा कति संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८९०, मोरङ र ललितपुरमा २५२/२५२ जना, धादिङमा २२०, कैलालीमा १९५, झापामा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  सिन्धुपाल्चोकमा ९४, दाङमा ७५, दार्चुलामा ७४, नुवाकोटमा ६२, कञ्चनपुरमा ५४, गोरखामा ५३, अछाममा ५२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सप्तरीमा ४७, सल्यानमा ४५,पाल्पामा ४१, सर्लाहीमा ४०,महोत्तरीमा ३४, तनहुँमा ३२, बारामा २९, खोटाङ, नवलपरासी पूर्वमा २७/२७ जना, तेह्रथुममा २६, सुर्खेतमा २५ जनामा संक्रमण देखिएको छ । पर्वतमा २०,दोलखा र लमजुङमा १९/१९ जना, पर्सामा १८, धनकुटा र रौतटहमा १७/१७ जना, सिन्धुलीमा १६, ओखलढुंगा, रामेछाप र जुम्लामा १३/१३ जना, रसुवा र बाँकेमा १२/१२ जना, सिरहा, नवलपरासी पश्चिम र डडेलधुरामा ११/११ जना तथा म्याग्दीमा १० जना संक्रमित थपिएका छन् ।

यस्तै सुनसरीमा १६४, मकवानपुरमा १४१, कास्कीमा १२९, चितवनमा १२६, रूपन्देहीमा १२०, धनुषामा ११७ र काभ्रेपलाञ्चोकमा ११३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै स्याङजामा ९, रोल्पामा ७, उदयपुरमा ८, इलाम, अर्घाखाँची, कपिलवस्तु र बर्दियामा ६/६ जना, गुल्मी, जाजरकोट र बैतडीमा ५/५ जना, भोजपुर र रूकुम पश्चिममा ४/४ जना, प्‍युठानमा ३, बागलुङमा २ तथा पाँचथर, सोलुखुम्बु र बाजुरामा १/१ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै १० वर्ष मुनिका ११२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कोरोनाले १८ पत्रकारको मृत्यु : ९ सयबढी संक्रमित

काठमाडौं : नेपाल पत्रकार महासंघका अनुसार  कोरोना भाइरस (कोभिड-१९) को महामारीले १८ जना पत्रकारको मृत्यु भएको छ।  कोरोनाले मृत्यु हुने पत्रकारको संख्या १८ पुगेको हो। महासंघका महासचिव रोशन पुरीका अनुसार संक्रमित पत्रकारको संख्या भने ९ सय नाघेको छ।    ‘कोरोनाकै कारण हालसम्म १८ जना पत्रकारको निधन भएको छ भने ९ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् ।  महासचिव पुरीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपील गर्दछ।’

महासंघले नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधनप्रति शोक व्यक्त गरेको छ। शनिबार भण्डारीको निधन भएकोप्रति महासंघले शोक विज्ञप्ति सार्वजनिक गर्दै दुःख व्यक्त गरेको हो। ‘नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको ५२ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।

वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि झापाको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचाररत भण्डारीको स्वास्थ्यमा थप समस्या आएपछि भेन्टिलेटरमा राखी उपचार भइराखेको थियो।  डेढ दशकदेखि विभिन्न पत्रपत्रिकामा स्वतन्त्र पत्रकारिता गर्दै आएका भण्डारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र अनुभवी पत्रकार गुमाएको महासंघले जनाएको छ।  ‘महासंघले स्वर्गीय पत्रकार भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ’, महासंघको विज्ञप्तिमा भनिएको छ, ‘साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ।’ स्रोत ः annapurnapost.com

वनमन्त्रीकी सल्लाहकार पत्नीलाई नियुक्ति

काठमाडौँ :  वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै विज्ञ सल्लाहकार यमबहादुर बमकी पत्नी सीता शाहीलाई मन्त्रालयअन्तर्गतको सल्लाहकार  समितिमा कार्यकारी निर्देशक नियुक्त गरेका छन् । समितिमा अध्यक्षसहित ३ सदस्य रहने प्रावधान भए पनि कार्यकारी निर्देशक पद सर्वेसर्वा मानिन्छ । मन्त्री नियुक्त भएलगत्तै आलेले कैलालीका बमलाई विज्ञ सल्लाहकार नियुक्त गरेका छन् । मन्त्री आलेले काठमाडौंकी दीपा दाहाललाई वन पैदावार विकास समितिको कार्यकारी अध्यक्ष बनाएका छन् ।

विगतमा पर्यटन मन्त्रालयमातहत रहेको राष्ट्रिय ताल विकास समितिलाई केही समयअघि वन मन्त्रालयअन्तर्गत ल्याइएको थियो ।   मन्त्रालय स्रोतका अनुसार आलेले ठाडो आदेशमा पार्टी निकटका व्यक्तिहरूलाई नियुक्ति दिने गरे पाईएको छ ।

 

ब्राजिलका राष्ट्रपतिलाई महाअभियोग लगाउनु पर्ने माग

कोरोना महामारीलाई सुरूदेखि नै हलुका ढंगले लिइरहेका बोल्सोनारोलाई महाअभियोग लगाउनु पर्ने माग राखेर शनिबार ब्राजिलभरि लाखौं मानिसहरूले प्रदर्शन गरेका छन्।  कोरोनाभाइरसको महामारी नियन्त्रणमा लापरबाहीपूर्ण तरिकाले काम गरेको भन्दै दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोविरूद्ध महाअभियोग लगाउनु पर्ने माग उठेको छ। ब्राजिलमा कोरोनाबाट अहिलेसम्म ४ लाख ६० हजार मानिसले ज्यान गुमाएका छन्।  दुई सय बढी सहरमा बोल्सोनारोविरुद्ध प्रदर्शन भएको छ ।   अमेरिकापछि महामारीको सबैभन्दा धेरै चपेटामा परेको मुलुक ब्राजिल हो।  राष्ट्रपति बोल्सोनारोले सुरूदेखि नै यो सामान्य फ्लू भएको बताउँदै आएका थिए। उनले भौतिक दूरी कायम गर्ने  र लकडाउन गर्ने कुराको सधैँ विरोध गरेका थिए। उनले आफूले कोरोनाभाइरसविरूद्धको खोप पनि नलगाउने घोषणा गरेका थिए। भाइरसभन्दा पनि यो सरकार बढी खतरनाक छ ।  ५७ प्रतिशत ब्राजिलियनहरू बोल्सोनारोलाई महाअभियोग लगाउनु पर्ने पक्षमा रहेको देखाएका छन्।

विद्यार्थीलाई ल्यापटप – प्रमाणपत्र धितो राखेर २५ लाख कर्जा

काठमाडौँ  : विद्यार्थीलाई ल्यापटप किन्न कर्जा   प्रमाणपत्र धितो राखेर २५ लाख कर्जा उपालब्ध गराउने अर्थमन्‍त्री विष्णु पौडेलले बताएका छन् ।   अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा उपालब्ध गराउने बताएका छन् ।  शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै उनले २५ लाखसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने बताएका हुन् ।

४,३११ जनामा कोभिड पुष्टि – ६,०८० जना सङ्क्रमणमुक्त

४,३११ जनामा कोभिड पुष्टि – ६,०८० जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। नेपालमा थप ४,४८७ जनामा कोरोनाभाइरस सङ्क्रमण र ११६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। विगत २४ घण्टामा पीसीआर परीक्षण गरिएका १४,७५२ वटा परीक्षणमा ४,३११ जनामा कोभिड पुष्टि भएको शनिवार मन्त्रालयले जनाएको छ। एन्टिजन विधिबाट परीक्षणबाट थप १७६ जनामा पनि सङ्क्रमण पुष्टि भएको तथ्याङ्कले देखाउँछ।

अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने मानिसको सङ्ख्या बढी देखिएको छ। चौबीस घण्टाको अवधिमा ६,०८० जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

कोरोना खोपका लागि रु २६ अर्ब, स्वास्थ्यलाई करिब सवा १ खर्ब रुपैयाँको बजेट

अध्यादेशमार्फत् प्रस्तुत गरिएको महामारी नियन्त्रण र रोकथामकेन्द्रित भनिएको बजेटले सवा एक खर्ब रुपैयाँ स्वास्थ्य मन्त्रालयतर्फ विनियोजन गर्ने प्रस्ताव गरेको छ।  अभूतपूर्व सङ्कट परिरहेको अनि कोरोनाभाइरस महामारीको घातक दोस्रो लहर बेहोरिरहेको समयमा प्रस्तुत बजेटमा एक खर्ब २२ अर्ब रुपैयाँ स्वास्थ्य मन्त्रालयका क्षेत्रका निम्ति छुट्ट्याइएको छ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि बजेटले साढे ३७ अर्ब रुपैयाँ छुट्ट्याएको छ। खोप सबै योग्य नागरिकलाई दिनका निम्ति बजेटले २६ अर्ब ७५ करोड रुपैयाँ छुट्ट्याएको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेल

१५ जेठ, काठमाडौं :  आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । सरकार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गरेका छन् ।

दीप श्रेष्ठलाई कोरोना संक्रमण- उपचार हुँदै

गायक तथा ‘दि भ्वाइस अफ नेपाल’का निर्णायक दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । द भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेजमा पनि गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको जानकारी दिइएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको भ्याइस अफ नेपालकाले जानकारी दिइएको छ ।

४३० कैदी बन्दीलाई माफी – राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले डिल्ली लंवा लिम्बुसहित ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयपछि ४३० कैदी बन्दीलाई माफी  दिएकी  राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।   सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले एकसाथ ४३० कैदकिो मुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिएको  जनाएको छ।