एनआरएनए एनसीसी कतारको कोषाध्यक्षमा लमजुङका बिनोदको उमेदवारी ।

  • दिपक परियार, न्यूयोर्क

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको कोषाध्यक्षमा लमजुङका बिनोद प्रसाद बसौलाले उमेदवारी दिनु भएको छ । सन् २०१९ अगस्ट २३ मा सम्पन्न हुने (२०१९–२१) कार्यकालको निर्वाचनका लागि बसौलाले कोषाध्यक्ष पदमा उमेदवारी दिन सक्षम भएकाले उमेदवारी दिएको बताउनु भएको छ । बसौलाले यसअघि सन् (२०१७–१९) मा संघको कतारको सचिवालय सदस्य साथै आर्थिक समितिमा रहेर जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

सो समयमा हाँसिल गरेको ज्ञान, अनुभवका साथै विगत केही वर्षदेखी जिल्ला संस्था लगायतका संघ संस्थाहरुमा आबद्ध भएर कार्य गर्ने क्रममा प्राप्त गरेको संस्थागत सीप र सामाजिक भावना बटुलेकाले कोषाध्यक्षको पदमा उमेदवारी दिन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘मेरो उर्जालाई अझ बढी प्रभावकारी रुपमा समाजको हितमा यसै साझा संस्था मार्फत समर्पित गर्ने सोचका साथ अघि बढेको छु ।

मेरो शैक्षिक र पेशागत पृष्ठभुमीले पनि मलाई सहयोग गर्ने भएकोले पनि त्यो जिम्मेवारीे सफलताका साथ निर्वाह गर्न आत्माविश्वास बढेको छ ।’ आफुले कोषाध्यक्ष पद हासिल गर्न सकेमा कतारमा रहेका श्रमिकहरुको भलाईमा काम गर्न संस्थालाई आर्थिक रुपमा सवल बनाउने, सहभागिता मुलक आर्थिक योगदानको निति अबलम्बन गरेर एनसीसीको कोष र श्रमिक कल्याणकारी कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने, हरेक सामाजिक संस्थामा कोष बृद्धि जत्तिकै महत्वपुण कार्य कोषको पारदर्शिता र मितव्ययी परिचालन पनि हो त्यसैले त्यसमा मेरो ध्यान सधै केन्द्रित रहने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले संस्थाको एक पदाधिकारीको भूमिकामा रहदै गर्दा आर्थिक बाहेकका सवाललाई समेत उत्तिकै महत्व दिदै सम्पूर्ण अग्रज अभियन्ताहरुको सुझाव सल्लाह, सहयात्री मित्रहरुको साथ सहकार्य, संघ संस्थाहरुसँग समन्वय गरेर संस्था र समाजको समग्र हितमा कार्य गरिरहने, संस्थाका निति तथा कार्यक्रमहरु, संस्थाले तय गरेका कार्ययोजनाहरुलाई कार्यन्वयन गर्दै संस्थाको गरिमालाई उच्च राख्न सदैव क्रियाशिल रहने प्रतिवद्धता गर्नुभएको छ ।

बसौलाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नाकोत्तर गर्नुभएको छ । उहाँले कतारमा विगत ५ वर्ष देखी लेखा, वित्त तथा प्रशासनिक अधिकृतको रुपमा काम गर्नुभएको छ । नेपालमा समेत बैंक तथा वित्तिय संस्थामा विभिन्न जिम्मेवार पदमा रही कार्य गरिसक्नुभएको छ । बसौला लमजुङ सेवा समाज कतारको (२०१५–१८) कोषाध्यक्ष, २०१९ देखि उपाध्यक्ष, एनआरएनए एनसीसी कतारको (२०१७–१९) सचिवालय सदस्य र आर्थिक समिति सदस्यको जिम्मेवारी बहन गरिसक्नुभएको छ । कतारका सम्पूर्ण पंजीकृत सदस्यहरु, अभियानका अग्रज अभियन्ता तथा कतारमा कार्यरत सम्पूर्ण गैरआवासीय नेपाली दाजु भाई तथा दिदि बहिनि हरुलाई साथ र सहयोगको लागि अनुरोध गर्नु भएको छ ।

Spread the love