धाँधलीको आरोप लगाउँदै ट्रम्प, कतै विरोध प्रदर्शन

वासिंटन : बीबीसीका अनुसार ,अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि जारी निर्वाचनमा यतिबेला विश्वको ध्यान तानिएको छ ।  वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  चुनावअघि गरिएका धेरैजसो सर्वेक्षणमा बाइडेन अगाडि देखिए । मतगणना भइरहँदा ट्रम्पले जित्ने विश्लेषण पनि सुनिन थालिएको छ ।  अहिलेसम्म ५० मध्ये ४१ राज्यबाट मतपरिणाम आइसकेको अवस्थामा बाइडेन अगाडि रहेको बताइएको छ ।  फ्लोरिडा राज्यमा ट्रम्पविरुद्ध ठूलो नारावाजी र प्रदर्शन भएको छ । यस्तै राजधानी वासिंटन डिसीका सडकमा ट्रम्प विरोधी प्रदर्शन भइरहेका छन् । ह्वाइटहाउस अगाडि समेत सडक अवरुद्ध हुनुका साथै केही बेर तनाब नै भएको थियो । यस क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् । हुलाकबाट पनि ठूलो संख्याले मतदान गरेकाले अन्तिम परीणाम आउन अरु केही दिन लाग्ने बताइएको छ । हुलाकबाट मतदान गर्ने कुराको ट्रम्पले सुरुदेखि नै विरोध गर्दैआएकाले हुलाकको मतदानमा उनी पछि पर्नसक्ने आंकलन गरिएको छ ।

Spread the love