पत्रकार र सञ्चार माध्यमलाई आचारसंहिताबारे काउन्सिलको पत्र

काठमाडौँ– प्रेस काउन्सिल नेपालले पत्रकार तथा सञ्चार माध्यमलाई निर्वाचन आचारसंहिता उल्लब्घन गरेको भन्दै सचेत गराएको छ । काउन्सिलका उपप्रशाकीय अधिकृत रामशरण बोहराकाअनुसार केही सञ्चार माध्यम र पत्रकारले पछिल्लो समय आचारसंहिता प्रतिकूल गतिविधि गरेको देखिएकाले सचेत गराइएको हो । पत्रकारले सामाजिक सञ्जालमा स्टाटस लेखेर दलीय उम्मेदवारको पक्षमा प्रचार
प्रसार गरेको काउन्सिलले जनाएको छ ।
त्यस्तै, सञ्चार माध्यमहरुले आचारसंहिताको प्रतिकूल समाचार सम्प्रेषण गरेकाले आइन्दा त्यसो नगर्न नगराउन सचेत गराइएको बोहराले जानकारी दिनुभयो । पत्रकार लोग्शरी कुँवरले सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै एमाले उम्मेदवारको पक्षमा प्रचार प्रसार गरी पत्रकार
अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा १४ र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (च)
उल्लब्घन गर्नुभएको काउन्सिलले जनाएको छ । उहाँलाई काउन्सिलको तर्फबाट सचेत गराइसकिएको बोहराले जानकारी दिनुभयो ।
त्यस्तै, पत्रकार राज सापकोटाले हेटौँडा उपमेयर उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गरेको भन्दै काउन्सिलले उहाँलाई सचेत गराएको जनाएको छ । उहाँको स्टाटसले पनि पत्रकार अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा १४ र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (च) आकर्षित भएको काउन्सिलले जनाएको छ । सोहीअनुसार रेडियो पत्रकार उषा लोहनीले काठमाडौँ महानगरपालिका प्रमुखको महिला उम्मेदवारको पक्षमा सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गरेको भन्दै काउन्सिलले
सचेत गराएको छ । सामाजिक सञ्जालमार्फत उहाँले गर्नुभएको प्रचार प्रसारमा पनि पत्रकार अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६)
को दफा १४ र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (च) उल्लब्घन गर्नुभएको काउन्सिलले जनाएको छ ।
त्यस्तै, काउन्सिलले रिपब्लिका दैनिक डट कमलाई तीन दिने स्पष्टीकरण सोधेको छ । उपप्रशासकीय अधिकृत बोहराकाअनुसार
सो न्यूज पोर्टलले ।।।एमालेका मेयरको उम्मेदवारको महिलासँगको यौन सम्पर्कवाला अश्लील अडियो र भिडियो सार्वजनिक’
शीर्षकमा गत वैशाख १६ गते समाचार सम्प्रेषण गरेको थियो । सो सामग्री सम्प्रेषणले पत्रकार अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४ को (६), ५ को (२) र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (ख) प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ ।
सोहीअनुसार दैनिक हब डट कमलाई पनि काउन्सिलले आचारसंहिता पालनाका लागि सचेत गराएको छ ।

सो न्यूज पोर्टलले वैशाख १९ गते ।।।भक्तपुरका एमाले उत्साहित, गठबन्धन निरुत्साहित’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ । सो समाचार सम्प्रेषणले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४ (६) र निर्वाचन आचारसंहिता २०७८ को दफा २२ (ख) प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ । त्यस्तै, जनआस्था डट कमसँग पनि काउन्सिलले तीन दिनभित्र स्पष्टीकरण माग
गरेको छ । सो सञ्चार माध्यमले वैशाख १६ गते ।।।एमाले सचिव र मेयरका उम्मेदवारको रंगिला संवाद छरपस्ट, राष्ट्रपतिले दिने पुरस्कारमै  प्रश्नचिन्ह’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । सो समाचारले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४
(६), ५ (२) र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (ढ) र दफा २२ (ख) प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ ।
सोहीअनुसार रेसुब्गा टुडे डट कमलाई पनि आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण नगर्न काउन्सिलले सचेत गराएको छ । सो सञ्चार
माध्यमले वैशाख १९ गते ।।।त्रिपुरा सुन्दरीमा बोहराको जीत सुनिश्चित’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ ।
सो समाचार सम्प्रेषणले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४ (६), (१२) र निर्वाचन आचारसंहिता
२०७८ को दफा २२ (ख) प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ । यसैबीच काउन्सिलले सत्यतथ्य समाचार डट कमलाई नेपालभित्र सम्प्रेषण गर्न नमिल्नेगरी व्यवस्था गर्न काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको जनाएको छ । सो सञ्चार माध्यमले वैशाख
१९ गते ।।।घरदैलो शुरु गरेसँगै वडा नम्बर २ का अध्यक्ष उम्मेदवार मनोज रानाभाटको विजय शुरु, रत्ननगरमा गठबन्धनको घरदैलो सक्रियता
बढ्यो, नगरबासीले गरे भव्य स्वागत’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ । सो समाचारले निर्वाचन आचारसंहिता
२०७८ को दफा २२ (ख) उल्लब्घन भएको काउन्सिलको ठहर छ ।

Spread the love