गोली प्रहार गरी घाईते बनाएको आरोपमा श्रीमान श्रीमतिलाई पक्राउ

गोली प्रहार गरी घाईते बनाएको आरोपमा श्रीमान श्रीमतिलाई पक्राउ

संजु चापागाई, मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्ने शरण गोलेलाई गोली प्रहार गरी घाईते बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले मनहरी गाउँपालिकाबाट श्रीमान श्रीमतिलाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नंबर ५ का रामबहादुर मोक्तान र उनको श्रीमती दिलमाया मोक्तान पक्राउ परेका हुन् । गत माघ २४ गते मनहरी गाउँपालिका वडा नंबर ९ स्थित सानोभावर जंगलमा गोलेलाई गोली हानि घाइते बनाएपछि मोक्तान दम्पतीको खोजी भएपछी प्रहरीले उनीहरुलाई गत माघ २६ गते पक्राउ गरेको हो । पक्राउ परेपछी रामबहादुर मोक्तानले दिएको बयानका आधारमा उनको ससुरालीबाट प्रेसर कुकर बम सहित कटुवा पेस्तोल १ थान, कुकर वम पडकाउने रिमोर्ट, बारुद, डोटोनेटर, सुतली वम, गोली सहितको वम वनाउन प्रयोग गरिने सामग्री तथा नेपाली सेनाले प्रयोग गर्ने कम्ब्याड समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी प्रमुख विकासराज खनालले जानकारी दिनुभयो । रामबहादुर मोक्तान र उनको श्रीमती दिलमाया मोक्तानलाई प्रहरी नियन्त्रणमा राखि थप अनुसन्धान कार्य भईरहेको खनालले बताउनुभयो ।

hot news express, pen international nepal

पेन इन्टरनेशनल नेपाल च्याप्टरको बार्षिक साधारण सभा सम्पन्न

 शिरोमणि दवाडी :- लेखक तथा साहित्यकारहरूको प्रतिष्ठित अन्तराष्ट्रिय संस्था पेन इन्टरनेशनल नेपाल च्याप्टरको बार्षिक साधारण सभा सम्पन्न भएको छ |साधारण सभाले पेन नेपालका कार्यक्रमलाई अझ व्यापक तथा प्रभावकारी बनाउने ,विश्वपरिवेशमा नेपाली लेखक तथा साहित्यकारको उपस्थिति तथा प्रतिनिधित्व बढाउने,लेखन स्वतन्त्रतामाथि हुनसक्ने र भएका प्रतिबन्द माथि सबैको हित अनुकूल आवाज उठाउने लगायतका कुरामा संस्थाका आगामी कार्यक्रम तथा गतिबिधि केन्द्रित गर्ने निर्णय गरेको छ | यसका लागि विभिन्न उपसमितिहरूसमेत गठन गरिएका छन् | सोही अवसरमा पेनका वर्तमान उपाध्यक्ष्य डा.दुबसु क्षेत्री बेलायतका लागि नेपालका राजदूत नियुक्त हुनु भएकोमा बधाई ज्ञापन गरिएको थियो |त्यसैगरी बरिष्ठ साहित्यकार पीताम्बरा पियुसको निधन प्रति शोक समेत ब्यक्त गरियो | शुक्रबार ललितपुरमा आयोजित औपचारिक सभामा बोल्दै प्रमुख अतिथि पाश्चात्य साहित्यका विज्ञ तथा पूर्व राजदूत प्रा.डा.मोहन जोशीले पेनको नेपाल च्याप्टरले अन्तराष्ट्रिय जगतमा बिगतमा पुर्याएको योगदान र उपस्थिति उल्लेखनीय रहेकोमा खुसी ब्यक्त गर्नुभयो | बिशेषगरी कवी,निवन्धकार र उपन्यासकारहरू आवद्ध भएको यस सस्थाले उनीहरूकै अधिकारलाई संरक्षण गर्दै आएको स्मरण गर्दै नेपाल च्याप्टरले पनि यस कुरामा ध्यान दिनुपर्ने बताउनुभयो |पेनका अध्यक्ष्य साहित्यकार प्रा .राम कुमार पाँडेले पेन विश्वकै ठूलो संजाल भएको लेखक तथा साहित्यकारको साझा संस्था भएकाले यसको इतिहास र गरिमालाई ध्यानमा राख्दै संस्थामा अनुभवी तथा सक्रिय सदस्यहरूको आवश्यकता र भूमिका आवश्यक रहेको कुरामा जोड दिनुभयो |hot news express, pen international nepal आगामी दिनमा नियमित अन्तरक्रिया र अनुभव आदानप्रदान जस्ता कार्यक्रमलाई निरन्तरता दिदै पेनका गतिविधिलाई अझ ब्यापकता दिने योजना सार्वजनिक गर्नुभयो |अध्यक्ष्य पाँडे ,सचिव साहित्यकार तथा लेखक प्रकाश ए राज तथा कोषाध्यक्ष्य किशोर बज्राचार्यले पेश गर्नुभएको प्रतिबेदन तथा कार्ययोजना माथि बिशेष टिप्पणी गर्दै उपाधक्ष्य डा .दुबसु क्षेत्रीले बरिष्ठताका आधारमा सदस्यहरूको भूमिकालाई केन्द्रित गर्नुपर्ने,अन्य साहित्यकार तथा लेखकलाई समेत समेट्दै एउटा बलियो संगठनका रुपमा बिकास गरिनु पर्ने कुरामा जोड दिनुभयो |क्षेत्रीले बेलायतमा पेन इन्टरनेश्नलको केन्द्रिय कार्यालय रहेको स्मरण गराउदै आफू बेलायतको राजदूतका रुपमा नियुक्त भई जान लागेकोमा त्यहाँ रहदा पेन नेपाल च्याप्टरको प्रतिनिधिका रुपमा पनि सक्रिय भूमिकामा रहने बताउनुभयो | साधारण सभामा कार्यसमितिले पेश गरेका विभिन्न १२ वटा प्रस्ताबमाथी व्यापक टिप्पणी भई परिमार्जन गरी पारित समेत गरिएको छ | विश्वका विभिन्न १०० भन्दा बढी देशहरू सदस्य रहेको पेन इन्टरनेश्नलको वार्षिक रूपमा सदस्यता नविकरण गरिनुपर्ने प्रावधान अनुसार साधारण सभामा सन् २०१६ का लागि नविकरण गर्ने सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो |

hanuman dhoka

अपराधको दुनिँयामा वर्ष २०७१ साल

दिपेश खतिवडा, १ वैशाख, काठमाडौं –  २०७१ सालमा नेपाल प्रहरीले आफ्नो घाँटीमा अड्केको काँडा झै मानेको केही अपराधको सफल

deepesh g
दिपेश खतिवडा

अनुसन्धान गरेको छ । १२ वर्ष पछि चर्चित रानीबारी हत्याकाण्डका दोषीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले पक्राउ गरेको थियो ।
तत्कालीन बहालवाला न्यायधीश रणबहादुरबम हत्याका मुख्य दोषीहरु पनि यो पर्ष पक्राउ परेका छन् । सिआइबीले नै बम हत्यामा संलग्न भएको भन्दै चुरेभावर पार्टीका नेता बाबु थापालाई पक्राउ गरेको थियो ।
२०७१ सालमा युवतीहरु माथि एसिड प्रहार भयो । ट्युसन पढन गएका सीमा बस्नेत र संगीता पुलामी मगर लगायतका कयौं युवतीहरु दशेभर नै एसिड प्रहारबाट प्रताडित भएका न्युजहरु सार्वजनिक भए । यो घटनाले प्रधानमन्त्री कार्यालय देखि प्रहरी कार्यालयसम्म चुनौती दिएको थियो ।
२०७१ सालमा बलात्कारका घटनामा पनि वृद्धि भएको छ । विशेष गरी बालिका बलात्कारका घटनाहरु यो वर्षमा धेरै रकर्ड भए । बाराकी ६ वर्षिया वालिकाको यौनाङ्मा बलात्कार पछि काठ रोपियो र उनको मृत्यु भयो । यस्तै यो वर्ष सामुहिक बलात्कारका घटनाहरु पनि भएका छन् ।
थाइल्याण्डमा अपहरणमा परेका नेपाली विद्यार्थीलाई उद्दार गरी सिआइबीले थाइ प्रहरीको सहयोगमा फरौती रकम असुल्न प्रयासरत अभियुक्तहरुलाई पक्राउ गरेको थियो । नेपालबाट फिरौती उठाइ थाइल्याण्ड पठाउने काममा संलग्न नेकपा माओवादीका उपत्यका इन्चार्ज श्रीचन राय पक्राउ परेका थिए ।
प्रहरीको नार्कोटिक्स व्यूरोले २०७१ सालमा नै ११ किलो कोकिन सहित मलेसियन नागरिक मेरिना विन्त जम्मुलादिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ ग¥यो । बरामद भएको कोकिनका अवैध बजार मुल्य २२ करोड पर्ने बताइएको छ । पक्राउ परेकी मलेशियन नागरिक अन्तर्राष्ट्रिय लागूऔषध गिरोहकै सदस्य भएको प्रमाणित भएको छ ।
२७ वटा गैंडा मारेको अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका राजकुमार प्रजा पनि २०७१ सालमा पक्राउ परेका छन् । मलेसियन प्रहरीको सहयोगमा सिआइबीले ४ वर्ष पछि प्रजालाई पक्राउ गरी नेपाल ल्याएको थियो ।
२०७१ सालमा प्रहरी गुण्डागर्दी अपराध विरुद्ध आक्रामक रुपमा प्रस्तुत भयो । गुण्डागर्दी विरुद्धको अप्रेशनमा डन दिनेश अधिकारी चरीको इन्काउन्टर नै भयो । काठमाडौं अपराध महाशाखाले करिब एक दर्जन हत्याकाण्डका अभियुक्तहरु पक्राउ ग¥यो र सुन तस्करहरु पनि पक्राउ परे ।

वैदेशिक रोजगारीका नाममा केन्या तान्जेनिया दुवइ लगायतका देशहरुमा नेपाली युवती बेचबिखन गर्ने गिरोह पनि २०७१ सालमा नै पक्राउ परेका छन् । यस्तै विवाह नै गराई चीन र कोरियामा नेपाली युवतीहरु तस्करी गर्दै आएको संगठित गिरोहलाई पनि सिआइबीले पक्राउ गरेको थियो ।

gautam budha

लुम्बिनीमा चिनियाँ पर्यटक बढ्दै

१७ चैत, भैरहवा   – डेढदशकदेखि लुम्बिनी भ्रमणमा आउने चिनियाँ पर्यटकहरूको संख्या निरन्तर बढ्दै गइरहेको छ । सन् २००० मा २६६ जनामात्र चिनियाँ पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए तर २०१४ मा आइपुग्दा यो संख्या २० हजार ७१८ पुगेको लुम्बिनी विकास कोषका ले बतायो । लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकहरूमा (राहदानीबाहक) सबैभन्दा बढी श्रीलंकाका छन् । श्रीलंकापछि थाइल्यान्ड र अहिले तेस्रो स्थानमा चिनियाँ छन् ।

सन् २०१३ माभन्दा सन् २०१४ मा चिनियाँ पर्यटकहरूको आगमन करिब ३३ प्रतिशतले वृद्धि भएको देखिन्छ । २०१४ मा १३ हजार ५६१ पर्यटक लुम्बिनी आएकामा सन् २०१४ मा २० हजार ७१८ पुगेको छ । श्रीलंका र थाइल्यान्डका पर्यटकको तुलनामा चिनियाँ पर्यटकहरूको लुम्बिनी बसाइ पनि बढी हुने गरेको देखिन्छ ।
चिनियाँ पर्यटक आगमन अहिले नेपालभरनै बढेको अवस्थामा लुम्बिनीमा बढ्नु पनि स्वाभाविक नै भए पनि नेपाल आउने हरेक चिनियाँको चाहना बुद्धजन्मस्थल लुम्बिनी घुम्न आउनु रहेको पाइएको छ । अधिकांश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तातोपानी नाका हुँदै भित्रने चिनियाँ यहाँ आउने गरेका छन् । यसले पनि चिनियाँ पर्यटकहरूको संख्या बढ्नु सकारात्मक संकेत रहेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

hot news express

दल्ली परीक्षा केन्द्रमा परीक्षा दिने क्रममा बच्चा जन्मियो

५ चैत, जाजरकोट । जाजरकोटको एक एसएलसी परीक्षा केन्द्रमा बच्चा जन्मिएको छ । दल्ली परीक्षा केन्द्रमा परीक्षा दिने क्रममा बच्चा जन्मिएको छ । जुनी बाल संरक्षण मावि लहँ सिर्केकी आंशिकतर्फकी छात्रा पवित्रा सिंहले बच्चा जन्माएकी हुन् । परीक्षा सकिन आधा घन्टा बाँकी रहँदा उनलाई सुत्केरी बेथा लागे पनि तुरुन्त नजिकको अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएको १० मिनेटभित्र बच्चाको जन्म भएको प्रहरीले बताएको छ । सिंहले छोराको जन्म दिएकी छिन् ।

जुम्लाको दुर्गा उच्च माध्यमिक विद्यालय लाम्रा परीक्षा केन्द्रमा लाम्रा–५ की सावित्री नेपाली सुत्केरी भएको २४ घन्टाभित्र पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षामा सामेल भएकी छन् ।  बीस वर्षीया नेपालीले हिजो बेलुका साँझ करिब पौने ८ बजेतिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा छोरी जन्माएकी थिइन् । चिकित्सकले चार दिनसम्म विश्राम लिन भने पनि परीक्षाका कारण डाक्टरको सल्लाह उल्लङ्घन गर्न बाध्य भएको बताइन् ।

‘अर्को व्यक्तिलाई परीक्षा दिलाउन केन्द्राध्यक्षलाई गुहार मागियो तर त्यो व्यवस्था छैन, आफैँले दिनुपर्छ भनेकाले अहिले शिशुलाई काखमा च्यापेर आएकी छु,’ उनले भनिन् । केन्द्राध्यक्ष प्रेमबहादुर शाहीले उनको सट्टामा अर्को बसाल्न नसक्दा एक घन्टा बढी समय उपलब्ध गराइएको बताए । आंशिकतर्फबाट परीक्षा दिएकी सावित्रीलार्इ स्ट्रेचरमा राखेर परीक्षा केन्द्रमा पुर्याइएको थियो । रासस

Tibet yatayat

तिब्बतमा स्थल तथा हवायी यातायातमा सुधार

दि पावर न्युज संबाद दाता, काठमाडौ – बिगत वर्षदेखि तिब्बतमा घुम्ने पर्यटक बढिरहँदा तिब्बतको यातायातमा दवाब बढिरहेको छ। तिब्बतमा समुद्रीय सतहदेखि सबभन्दा न्यूनतम उचाइमा रहेको मि लिन विमान-स्थलको मर्मत तथा विस्तार गर्ने परियोजना आज मार्च 15 तारिख औपचारिकरुपमा सुरु भएको छ।   17 करोड युआन लगानी पुगेको लाह्साको कुङ्ग का विमान-स्थलको उड्डयन व्यवस्थापन भवन अर्कै ठाउँमा सार्ने परियोजना यही मार्च अन्तमा औपचारिकरुपमा सुरु हुँदैछ।

 मि लिन विमान-स्थल तिब्बतको दक्षिण-पूर्वी भागको लिन च क्षेत्रको यालुचाम्पु नदीको उपत्यकामा पर्दछ। जसको उचाइ समुद्र सतहदेखि लगभग 2 हजार 9 सय मिटर रहेको छ। यो तिब्बतमा समुद्र सतहदेखि सबभन्दा न्यूनतम उचाइमा रहेको विमान-स्थल हो। उक्त विमान-स्थल सन् 2005मा औपचारिकरुपमा संचालनमा आएको हो।

balatkri balika

बलात्कृत बालिकाको शव पाँच दिनदेखि सडकमै – कलैया यातायातका शनिबार पूर्ण रुपले बन्द

३० फागुन, बारा – बलात्कारपछि उपचारका क्रममा मृत्यु भएकी बारा सदरमुकाम कलैया-८ निवासी ७ बर्षीया वालिकाको शव शनिबार पाँचौं दिन पनि कलैयाको सडकमै छ । कलैयामा शनिबार पनि स्थानीयवासीको प्रदर्शन जारी छ । ‘बेटी बचाउँ संघर्ष समिति’को अगुवाइमा विभिन्न सात सुत्रीय मागसहित भइरहेको आन्दोलनले कलैयाका साथै वरपरका क्षेत्रसमेत प्रभावित भएका छन् ।

कलैयाबाट आवत जावत गर्ने यातायातका सवारी साधन शनिबार पनि पूर्ण रुपले बन्द छन् । व्यापार तथा कलकारखाना बन्द भएका कारण नागरिकलाई दैनिक उपभोग्यका सरसमान खरिद गर्न समस्या भएको छ । पाँच दिनदेखि लगातार भइरहेको प्रदर्शन र बन्दका कारण अस्तव्यस्त भएको कलैया क्षेत्रको माहौल अझै पन साम्य हुन सकेको छैन । आन्दोलनकारीहरु आफ्नो मागको अडानमा छन् ।

biman

विमान हटाउन भारतीय विशेष जहाज – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फाल्गुन २१, काठमाडौ  – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुर्घटना भएको टर्किस एयरलाइन्सको विमान हटाउन भारतीय वायु सेनाको हर्कुलस विमान विमानस्थलमा अवतरण भएको छ । ५ हजार फिटको रनवेमा अवतरण र उडान गर्नसक्ने यो विमानले दुर्घटनाग्रस्त टर्किए एयरलाइन्सको विमान धावनमार्गबाट हटाउन चाहिने सामग्री लिएर आएको छ । विमानले ल्याएको एयरक्राफ्ट रिमुभल किटको प्रयोग गरी दुर्घटनाग्रस्त विमानलाई धावनमार्गबाट एप्रोनमा ल्याउने प्रयास गरिनेछ ।

छोटो रनवेमा पनि अवतरण गर्न सक्ने सो जहाज विहान ११ बजे काठमाडौं आइपुग्ने भनिए पनि दिउँसो १ बजेतिर मात्रै अवतरण गरेको थियो । दिउँसो १ बजे आइपुगेको भारतीय विमानबाट उद्धारका उपकरणहरु झिक्न थालिएको छ ।एकसय २६ टन तौलको विमान आन्तरिक स्रोतबाट सम्भव नभएपछि भारतबाट सहयोग मागिएको हो ।विमान ए३३० को ईन्जिन बन्द भएकाले  यात्रुहरुको सामानसमेत निकाल्न सकिएको छैन् । हिजो विमानबाट ३२ टन ईन्धन झिकिएको थियो ।

barta baithak

प्रधानमन्त्रीको बार्ताको प्रस्ताब मान्दै नौ – बिपक्षी मोर्चा

२६ माघ, काठमाडौं – एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले प्रधानमन्त्री सुशिल कोईलाको वार्ता प्रस्ताव अस्वीकार गरेको छ । एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको मोर्चाको बैठकले संविधान लेखनको बहुमतीय प्रक्रिया नरोकेसम्म वार्तामा नबस्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले आह्वान गरेको पत्रमा १२ बुँदे सम्झदारी, अन्तरिम संविधान र अहिलेसम्मका उपलब्धीलाई संस्थागत गर्ने प्रतिबद्धता नजाएको भन्दै अर्को पत्र पठाउनुपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिएका छन् । मोर्चाले वहुमतीय प्रक्रियाका कारण नै दलहरुबीचको वार्ता हुन नसकेको भन्दै वार्ताका लागि प्रक्रिया रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।