बलात्कृत बालिकाको शव पाँच दिनदेखि सडकमै – कलैया यातायातका शनिबार पूर्ण रुपले बन्द

balatkri balika

३० फागुन, बारा – बलात्कारपछि उपचारका क्रममा मृत्यु भएकी बारा सदरमुकाम कलैया-८ निवासी ७ बर्षीया वालिकाको शव शनिबार पाँचौं दिन पनि कलैयाको सडकमै छ । कलैयामा शनिबार पनि स्थानीयवासीको प्रदर्शन जारी छ । ‘बेटी बचाउँ संघर्ष समिति’को अगुवाइमा विभिन्न सात सुत्रीय मागसहित भइरहेको आन्दोलनले कलैयाका साथै वरपरका क्षेत्रसमेत प्रभावित भएका छन् ।

कलैयाबाट आवत जावत गर्ने यातायातका सवारी साधन शनिबार पनि पूर्ण रुपले बन्द छन् । व्यापार तथा कलकारखाना बन्द भएका कारण नागरिकलाई दैनिक उपभोग्यका सरसमान खरिद गर्न समस्या भएको छ । पाँच दिनदेखि लगातार भइरहेको प्रदर्शन र बन्दका कारण अस्तव्यस्त भएको कलैया क्षेत्रको माहौल अझै पन साम्य हुन सकेको छैन । आन्दोलनकारीहरु आफ्नो मागको अडानमा छन् ।

Spread the love