पेन इन्टरनेशनल नेपाल च्याप्टरको बार्षिक साधारण सभा सम्पन्न

hot news express, pen international nepal

 शिरोमणि दवाडी :- लेखक तथा साहित्यकारहरूको प्रतिष्ठित अन्तराष्ट्रिय संस्था पेन इन्टरनेशनल नेपाल च्याप्टरको बार्षिक साधारण सभा सम्पन्न भएको छ |साधारण सभाले पेन नेपालका कार्यक्रमलाई अझ व्यापक तथा प्रभावकारी बनाउने ,विश्वपरिवेशमा नेपाली लेखक तथा साहित्यकारको उपस्थिति तथा प्रतिनिधित्व बढाउने,लेखन स्वतन्त्रतामाथि हुनसक्ने र भएका प्रतिबन्द माथि सबैको हित अनुकूल आवाज उठाउने लगायतका कुरामा संस्थाका आगामी कार्यक्रम तथा गतिबिधि केन्द्रित गर्ने निर्णय गरेको छ | यसका लागि विभिन्न उपसमितिहरूसमेत गठन गरिएका छन् | सोही अवसरमा पेनका वर्तमान उपाध्यक्ष्य डा.दुबसु क्षेत्री बेलायतका लागि नेपालका राजदूत नियुक्त हुनु भएकोमा बधाई ज्ञापन गरिएको थियो |त्यसैगरी बरिष्ठ साहित्यकार पीताम्बरा पियुसको निधन प्रति शोक समेत ब्यक्त गरियो | शुक्रबार ललितपुरमा आयोजित औपचारिक सभामा बोल्दै प्रमुख अतिथि पाश्चात्य साहित्यका विज्ञ तथा पूर्व राजदूत प्रा.डा.मोहन जोशीले पेनको नेपाल च्याप्टरले अन्तराष्ट्रिय जगतमा बिगतमा पुर्याएको योगदान र उपस्थिति उल्लेखनीय रहेकोमा खुसी ब्यक्त गर्नुभयो | बिशेषगरी कवी,निवन्धकार र उपन्यासकारहरू आवद्ध भएको यस सस्थाले उनीहरूकै अधिकारलाई संरक्षण गर्दै आएको स्मरण गर्दै नेपाल च्याप्टरले पनि यस कुरामा ध्यान दिनुपर्ने बताउनुभयो |पेनका अध्यक्ष्य साहित्यकार प्रा .राम कुमार पाँडेले पेन विश्वकै ठूलो संजाल भएको लेखक तथा साहित्यकारको साझा संस्था भएकाले यसको इतिहास र गरिमालाई ध्यानमा राख्दै संस्थामा अनुभवी तथा सक्रिय सदस्यहरूको आवश्यकता र भूमिका आवश्यक रहेको कुरामा जोड दिनुभयो |hot news express, pen international nepal आगामी दिनमा नियमित अन्तरक्रिया र अनुभव आदानप्रदान जस्ता कार्यक्रमलाई निरन्तरता दिदै पेनका गतिविधिलाई अझ ब्यापकता दिने योजना सार्वजनिक गर्नुभयो |अध्यक्ष्य पाँडे ,सचिव साहित्यकार तथा लेखक प्रकाश ए राज तथा कोषाध्यक्ष्य किशोर बज्राचार्यले पेश गर्नुभएको प्रतिबेदन तथा कार्ययोजना माथि बिशेष टिप्पणी गर्दै उपाधक्ष्य डा .दुबसु क्षेत्रीले बरिष्ठताका आधारमा सदस्यहरूको भूमिकालाई केन्द्रित गर्नुपर्ने,अन्य साहित्यकार तथा लेखकलाई समेत समेट्दै एउटा बलियो संगठनका रुपमा बिकास गरिनु पर्ने कुरामा जोड दिनुभयो |क्षेत्रीले बेलायतमा पेन इन्टरनेश्नलको केन्द्रिय कार्यालय रहेको स्मरण गराउदै आफू बेलायतको राजदूतका रुपमा नियुक्त भई जान लागेकोमा त्यहाँ रहदा पेन नेपाल च्याप्टरको प्रतिनिधिका रुपमा पनि सक्रिय भूमिकामा रहने बताउनुभयो | साधारण सभामा कार्यसमितिले पेश गरेका विभिन्न १२ वटा प्रस्ताबमाथी व्यापक टिप्पणी भई परिमार्जन गरी पारित समेत गरिएको छ | विश्वका विभिन्न १०० भन्दा बढी देशहरू सदस्य रहेको पेन इन्टरनेश्नलको वार्षिक रूपमा सदस्यता नविकरण गरिनुपर्ने प्रावधान अनुसार साधारण सभामा सन् २०१६ का लागि नविकरण गर्ने सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो |

Spread the love