विमान हटाउन भारतीय विशेष जहाज – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

biman

फाल्गुन २१, काठमाडौ  – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुर्घटना भएको टर्किस एयरलाइन्सको विमान हटाउन भारतीय वायु सेनाको हर्कुलस विमान विमानस्थलमा अवतरण भएको छ । ५ हजार फिटको रनवेमा अवतरण र उडान गर्नसक्ने यो विमानले दुर्घटनाग्रस्त टर्किए एयरलाइन्सको विमान धावनमार्गबाट हटाउन चाहिने सामग्री लिएर आएको छ । विमानले ल्याएको एयरक्राफ्ट रिमुभल किटको प्रयोग गरी दुर्घटनाग्रस्त विमानलाई धावनमार्गबाट एप्रोनमा ल्याउने प्रयास गरिनेछ ।

छोटो रनवेमा पनि अवतरण गर्न सक्ने सो जहाज विहान ११ बजे काठमाडौं आइपुग्ने भनिए पनि दिउँसो १ बजेतिर मात्रै अवतरण गरेको थियो । दिउँसो १ बजे आइपुगेको भारतीय विमानबाट उद्धारका उपकरणहरु झिक्न थालिएको छ ।एकसय २६ टन तौलको विमान आन्तरिक स्रोतबाट सम्भव नभएपछि भारतबाट सहयोग मागिएको हो ।विमान ए३३० को ईन्जिन बन्द भएकाले  यात्रुहरुको सामानसमेत निकाल्न सकिएको छैन् । हिजो विमानबाट ३२ टन ईन्धन झिकिएको थियो ।

Spread the love