लुम्बिनीमा चिनियाँ पर्यटक बढ्दै

gautam budha

१७ चैत, भैरहवा   – डेढदशकदेखि लुम्बिनी भ्रमणमा आउने चिनियाँ पर्यटकहरूको संख्या निरन्तर बढ्दै गइरहेको छ । सन् २००० मा २६६ जनामात्र चिनियाँ पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए तर २०१४ मा आइपुग्दा यो संख्या २० हजार ७१८ पुगेको लुम्बिनी विकास कोषका ले बतायो । लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकहरूमा (राहदानीबाहक) सबैभन्दा बढी श्रीलंकाका छन् । श्रीलंकापछि थाइल्यान्ड र अहिले तेस्रो स्थानमा चिनियाँ छन् ।

सन् २०१३ माभन्दा सन् २०१४ मा चिनियाँ पर्यटकहरूको आगमन करिब ३३ प्रतिशतले वृद्धि भएको देखिन्छ । २०१४ मा १३ हजार ५६१ पर्यटक लुम्बिनी आएकामा सन् २०१४ मा २० हजार ७१८ पुगेको छ । श्रीलंका र थाइल्यान्डका पर्यटकको तुलनामा चिनियाँ पर्यटकहरूको लुम्बिनी बसाइ पनि बढी हुने गरेको देखिन्छ ।
चिनियाँ पर्यटक आगमन अहिले नेपालभरनै बढेको अवस्थामा लुम्बिनीमा बढ्नु पनि स्वाभाविक नै भए पनि नेपाल आउने हरेक चिनियाँको चाहना बुद्धजन्मस्थल लुम्बिनी घुम्न आउनु रहेको पाइएको छ । अधिकांश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तातोपानी नाका हुँदै भित्रने चिनियाँ यहाँ आउने गरेका छन् । यसले पनि चिनियाँ पर्यटकहरूको संख्या बढ्नु सकारात्मक संकेत रहेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

Spread the love