WWF-China latest survey finds increase in wild giant pandas

Pandas

WWF-China latest survey finds increase in wild giant pandas

The latest census by China’s State Forestry Administration shows the panda population has grown by 268 to a total of 1,864 since the last survey ending in 2003.

Nearly three quarters of the pandas live in the southwestern province of Sichuan. The remaining pandas have been found in the neighboring Shaanxi and Gansu provinces.

“The rise in the population of wild giant pandas is a victory for conservation and definitely one to celebrate,” said Ginette Hemley, senior vice president of wildlife conservation for World Wildlife Fund.

Hemley credited efforts by the Chinese government for the increase. The survey shows 1,246 wild giant pandas live within nature reserves. There are 67 panda reserves in China, an increase of 27 since the last survey.

“The survey result demonstrates the effectiveness of nature reserves in boosting wild giant panda numbers,” said Xiaohai Liu, executive program director for WWF-China.

But the survey also points to economic development as a main threat to the rare animal. It says 319 hydropower stations and 1,339 kilometers (832 miles) of roads have been built in the giant panda’s habitat.

WWF said it is the first time that large-scale infrastructure projects such as mining and railroads get referenced in the survey. Traditional threats such as poaching are on the decline, WWF noted.

China began surveying its giant pandas in the 1970s. The latest census began in 2011 and took three years to complete.

prachanda

नयाँ आन्दोलन घोषणापछि परिणाम भोग्न तयार हुनुस् – पुष्पकमल दाहाल

फाल्गुन १६, काठमाडौं – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बहुमतीय प्रक्रियाबाट संविधान बनाउने गल्ती नसच्चिए सम्झौताविहीन आन्दोलन गर्ने चेतावनी दिएका छन् । काठमाडौंको खुलामञ्चमा शनिबार भएको ३० दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै दाहालले गल्ती नसच्याए परिणाम भोग्न तयार रहन सत्तारुढ दललाई चेतावनी दिए । ‘संविधानसभाभित्र रहेका र बाहिर रहेकालाई पनि सहमतिमा ल्याउन तयार हुनुहोस्, अझै पनि बल तपाईंहरुको कोर्टमा छ,’ दाहालले सत्तारुढ कांग्रेस-एमालेलाई चेतावनी दिए, ‘यदि तपाईंहरुले गल्ती सच्याउनुभएन भने धेरै ढिलो भइसक्छ, अबको आन्दोलन घोषणा भएपछि तपाईंहरुसँग सम्झौताको ठाउँ रहँदैन ।’ दाहालले सहमति र वार्ता विपक्षीले नभई सत्तापक्षले तोडेको उल्लेख गर्दैै समय छँदै गल्ती सच्याउन आग्रह गरे । ‘समय छँदै बहुमत प्रक्रिया खारेज गर्नुस्, रोक्नुस्, संवाद समितिबाटै हल गर्नुस्, वार्ता सजिलै सुरु हुन सक्छ,’ उनको भनाइ थियो, ‘गल्ती सच्याउनु हुन्न, करेक्सन नगर्ने हो भने परिणाम भोग्न तयार हुनुस् ।’

swine_flu-s

स्वाइन फ्लु २१ जनामा देखियो – सरकार जिम्मेवारी बनेन

काठमाडौँः स्वाइनफ्लुको संक्रमण पुष्टि हुने क्रम तीव्र रूपमा बढेपछि घाँटीको र्‍याल परीक्षण गराउन आउने बिरामीको संख्या ह्वात्तै बढेको छ। दैनिक ५० जनाभन्दा बढी शंकास्पद बिरामी संक्रमण परीक्षणका लागि प्रयोगशाला पुग्ने गरेका छन्। शुक्रबार नै ३९ जनामा परीक्षण गरिएको छ। तीमध्ये २१ जनामा स्वाइन फ्लुको संक्रमण पुष्टि भएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा गीता शाक्यका अनुसार शुक्रबार २१ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै पछिल्लो दुई सातामा ३५ जनामा स्वाइन फ्लुको संक्रमण पुष्टि भएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

amnesty international

बुधबार एम्नेष्टी इन्टरनेसनलले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन प्रति सरकार असन्तुष्ट

यसै बर्षको शुरुमा संसदबाट पारित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन सम्बन्धी ऐनका कारण नेपालमा दण्डहीनताको अवस्था अझ व्यापक भएको एउटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले बताएपछि सरकारले तीव्र असन्तुष्टि व्यक्त गरेको छ।
सन् २०१४ को विश्वव्यापी मानवअधिकार अवस्थाबारे बुधबार एम्नेष्टी इन्टरनेसनलले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा नेपालमा सक्रंमणकालीन न्याय सुनिश्चित गर्न ल्याइएको कानुनलाई पूर्वाग्रही ढंगले प्रस्तुत गरिएको कानुनमन्त्री नरहरि आचार्यले बताए।
तर अधिकारकर्मीहरुले क्षमादानको व्यवस्था कानुनमा गरिएका कारण दण्डहीनता बढेको निष्कर्ष आफूहरुले निकालेको भन्दै उक्त प्रतिवेदनको बचाउ गरेका छन्। सरकारले उक्त ऐन ल्याउनुलाई आफ्नो एक वर्षे अवधिको प्रमुख सफलता बताउँदै आएको छ। उक्त वार्षिक मानवअधिकार प्रतिवेदनको नेपाल खण्डमा १० बर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा समेत क्षमादान सिफारिस गर्ने अधिकार सहितको संक्रमणकालीन न्याय संयन्त्रको स्थापना गर्ने कानुन पारित गरिएको भन्दै आलोचना गरिएको छ।
सत्य निरुपण तथा मेलमिलाप र बलपूर्वक बेपत्ता पारिएका घटनाहरुको छानबिन सम्बन्धी आयोगहरुको गठनबारे संसदबाट पारित ऐनका कारण नेपालमा व्यापक रहिरहेको दण्डहीनताको अवस्था झन खराब भएर गएको एम्नेष्टीको निचोड छ।
तर ब्रिटेनको लन्डनमा मुख्यालय रहेको उक्त अधिकारवादी समूहको निष्कर्षले नेपालको यथार्थ चित्रण गर्न र शान्ति प्रक्रियाको भावनालाई आत्मसात गर्न नसकेको कानुनमन्त्री नरहरि आचार्यले बताए। उनले भने, “ऐन नेपालको विस्तृत शान्ति सम्झौता अनुसार बनेको हो, नेपालको शान्ति प्रकृयाका विभिन्न गम्भीर पक्षहरुलाई ध्यान नदिइकन गरिएको टिप्पणी मात्रै हो त्यो। त्यस ढंगको टिप्पणीबाट नेपाल राज्यकै पनि अधिकारलाई उपेक्षा गर्न खोजिएको हो भन्ने मलाई लागेको छ।”
कानुनमन्त्री आचार्यले पदाधिकारीको नियुक्तिपछि हालै काम अघि बढाएका दुवै आयोगले स्वतन्त्र ढंगले काम गर्ने र गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा कार्वाहीको सिफारिस गर्दै द्वन्द्व पीडितहरुलाई न्याय दिने बताए।
तर क्षमादानका प्रवाधानहरु राखिएकाले उक्त कानुनकै कारण गम्भीर अपराधमा संलग्न व्यक्तिहरुले समेत माफी पाउन सक्ने अवस्था रहेको एम्नेष्टी इन्टरनेसनललको ठहर रहेको छ।
क्षमादानको प्रावधान अन्तर्राष्ट्रीय मानवअधिकार कानुन र अन्तरिम संविधानको मर्म विपरित हुने भन्दै सर्वोच्च अदालतले २०६९ पुषमा सुनाएको फैसला विपरित पछिल्लो कानुन ल्याइएकाले त्यसले दण्डहीनतालाई थप संस्थागत गरेको एम्नेष्टी इन्टरनेसलको नेपालका निर्देशक रामेश्वर नेपालले बताए।
“न्याय दिन सक्ने प्रावधानहरु राखिएको थियो भने यस्ता कानुनहरुले दन्डहीनताको अवस्था अन्त्य गर्ने थियो, तर अहिलेको आयोग अन्तर्राष्ट्रिय मानवअधिकार र मानवीय कानुनको विपरित बनाइएकोले दण्डहीनता बढेर जान्छ भन्ने हाम्रो ठहर हो।”
उक्त ऐनमा राखिएका प्रावधानहरुको विरोध गर्दै २ सय भन्दा बढी द्वन्द्व पीडित र उनीहरुका आफन्तले दायर गरेको रिटमा फैसला सुनाउने मिति सर्वोच्च अदालतले बिहीबारका लागि तय गरेको छ।
त्यसको पूर्व सन्ध्यामा सार्वजनिक, अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाको प्रतिवेदनले राजनीतिक इच्छाशक्तिको अभावमा नेपालमा मानवअधिकार संरक्षणको क्षेत्रमा कार्यरत राष्ट्रिय निकायहरुलाई कमजोर पारिएको भन्दै चिन्ता जनाएको छ। साभार — बीबीसी
pm koirala

महिलामाथि हुने हिंसा र अपराधलाई ठेगान लाउने : प्रधानमन्त्री

काठमाडौँ,  प्रधानमन्त्री सुशील कोइरालाले महिलामाथि हुने हिंसा र अपराध अक्षम्य भएको बताएका छन् । छात्रामाथि एसिड खन्याउने र बलात्कार गर्ने अपराधीको खोजी गरी तत्काल कारबाही हुनुपर्ने मागसहित ध्यानाकर्षणपत्र बुझाउन एकीकृत नेकपा माओवादी नेतृ शशी श्रेष्ठको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री कोइरालाले सो कुरा बताएका हुन ।

प्रधानमन्त्री कोइरालाले महिलामाथि हुने हिंसाबारे सरकार अत्यन्त सजग रहेको अवगत गराए। कोइरालाले भारतको नयाँ दिल्लीमा सामूहिक बलात्कार गर्ने व्यक्तिलाई भारतीय अदालतले मृत्युदण्ड दिएको प्रसङ्ग उल्लेख गर्दै केही दिनअघि मात्र छात्रामाथि एसिड खन्याएको घटनालाई सरकारले गम्भीर रुपमा लिएको र छिट्टै अपराधीको खोजी गरी कडा कानुनी गरिने विश्वास दिलाए ।

subha

मालपोतका सुब्बा घूस लिदैगर्दा पक्राउ – घूस दिने पनि नियन्त्रणमा

 फाल्गुन १५, राजविराज – राजविराजस्थित मालपोत कार्यालयभित्रै एक र्सवसाधारण सेवाग्राहीसित ५० हजार रुपैयाँ घूसलिदै गर्दा पक्राउ परेका छन् । शुक्रबार अख्तियारकाे टोलीले घूस लिने नासु र दिने सेवाग्राहीलाई रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मालपोतका नायब सुब्बा राजेन्द्रप्रसाद साह र घुस दिने राजविराज–५ का  अम्बर यादव रहेका छन् । जग्गा सम्बन्धी मुद्दा मिलाई दिने नाममा सेवाग्राही यादवसित नासु साहले ५० हजार  घुस लिदै गरेको  अख्तियारको भनाइ छ ।

विशेष सूचनाको आधारमा अख्तियारको इटहरीस्थित सर्म्पर्क कार्यालयका शाखा अधिकृत गोकुल निरौला नेतृत्वको टोली सप्तरी मालपोतमा पछिल्लो तीन दिनदेखि निगरानी गर्दै आएकाे थियाे । सोही

‘हामीलाई प्राप्त सूचनाको आधारमा हामी र्सवसाधारण झै पछिल्लो तीन दिनदेखि  मालपोत कार्यालयमा थियाैं’, अख्तियारको इटहरीस्थित सर्म्पर्क कार्यालयका शाखा अधिकृत गोकुल निरौलाले  भने, ‘मालपोत कार्यालयको दर्ता चलानी हुने ठाउँमा सेवाग्राही यादवले नासु साहलाई बोलाएर रुपैयाँ दिएपछि रंगेहात दुबै जनालाई पक्राउ गरेका हाैं ।’

पत्रकार सम्मेलनमा नासु साहले भने आफूले घुस नमागेका र यादवले आफ्नो गोजीमा राखिदिएको प्रतिक्रिया दिए । उता आफ्नो मुद्दा फैसला गर्न नासु साहले पटक-पटक पैसा माग्ने गरेकाले बाध्य भई पैसा दिनुपरेको र्सवसाधारण सेवाग्राही यादवको भनाइ छ ।

उक्त हकसाफी मुद्दाका वादी बरुण यादव र प्रतिवादी अम्बर यादव भएको मुद्दाको सम्पूर्ण कागजातको प्रतिलिपिसमेत अख्तियारका टोलीले मालपोतबाट अनुसन्धानकालागि लगेको छ ।  पक्राउ परेका दुबै जनालाई तत्कालाकालागि इटहरीस्थित सर्म्पर्क कार्यालय लगेको र टंगालस्थित आयोगको केन्द्रीय कार्यालयमा उपस्थित गर्राई आवश्यक कानुनी कारबाही अगाडि बढाउने अख्तियारका टोली प्रमुख निरौलाले जानकारी दिए । स्रोत कान्तिपुर अनलाइन

 

nrn-news

टेक्सासमा NRNA उम्मेदवारी घोषणा सभा – राम सी.पोखरेल उपाध्यक्ष को उम्मेदवार !

विकास राज न्यौपाने, अमेरिका -नेपाली समाज टेक्सासको आयोजनामा हिजो समाज कै कार्यालय भवनमा टेक्सास राज्यबाट आगामी NRN NCC मा उमेद्वार हुन् चाहने सबैलाई आ-आफ्नो उमेद्वारी घोषणा गर्ने घोषणा सभा कार्यक्रमको आयोजना  गरियो।
कार्यक्रमको संचालनका क्रममा ‘टेक्सस राज्य भित्र एउटै पदमा दुइ व्यक्ति कुनै पनि समूह वा स्वतन्त्र रुपमा लडने अवस्था नआओस , सम्पूर्ण टेक्सस  एक भइ अघि बढन सकौ भनी यस्तो सामुहिक उमेद्वार घोषणा कार्यक्रमको आयोजना गरिएको नेपाली समाजका महासचिब विजयराज भट्टराई ले बताउनु भयो  ।
यस बर्ष कै सबैभन्दा नराम्रो मौसमको दिन हिजै परे पनि १०० भन्दा बढी स्थानीय सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरुको समुपस्थितिमीमा  गरिएको उक्त कार्यक्रममा निम्न व्यक्तिहरुले आ-आफ्नो पदको घोषणा तथा प्रतिबद्ता व्यक्त गर्नु भयो। साथै कार्यक्रममा अध्यक्षका पदका प्रत्यासी नरेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा  निम्न  व्यक्तिहरुले आ-आफनो उम्मेदवारी घोषणा गर्दा भने सह – सचिब पदमा  २ जनाको उमेद्वारी घोषणा भएको छ |
रामचन्द्र पोखरेल – उपाध्यक्ष
नेत्र पाण्डे – सह सचिब
पुष्पलता भण्डारी – सह सचिब
बेदराज बस्नेत – कोषाध्यक्ष
बिनोद तिवारी – सदस्य
बेदनिधि दाहाल – ICC सदस्य
सुनिल साह – ICC सदस्य
दिनेश शर्मा – टेक्सास राज्य संयोजक
कार्यक्रममा नेपाली संस्कृतिक तथा अध्यात्मिक केन्द्रका संयोजक डा मुरली अधिकारी ,नेपाली समाजका निबर्तमान अध्यक्ष डा प्रेम अधिकारी, वर्तमान अध्यक्ष भुवन आचार्य, जनसम्पर्क समिति डालसका अध्यक्ष  ज्ञानेन्द्र कार्की, ONF का अध्यक्ष गोकर्ण दाहाल, लायन्स क्लबका अध्यक्ष खेम राज बास्तोला,युनाइटेड नेवा: यू.एस.ए का प्रतिनिधि  लगायत धेरै संघ संस्था का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
Saptaha jhor

श्रीमद्भागवत सप्ताह ज्ञान महा यज्ञमा संकलीत रकम उचित प्रयोग हुने – सप्ताह ज्ञान महायज्ञ कमिटि

दिपक न्यौपाने, काठमाडौ, टोखा न. पा. – १ मा दिबंगत पित्रिहरुको उद्वार गर्ने उदेश्यले यहि फाल्गुन १३ देखि २० गते सम्म श्री गौतमेश्वर मन्दिर दुलाल गाँउमा श्रीमद्भागवत  सप्ताह ज्ञान महा यज्ञ कार्यक्रम संचालन भैरहेको छ ।  बिशेषत यस बडा बासिहरु दुलाल, न्यौपाने, सापकोटा, तिवारी, पौड्याल, देबकोटा बन्धुहरुको सामुहिक कार्य भएको आयोजकको भनाई छ । साथै १५० घर धुरि भएको यस बडामा सात लाख भन्दा बढि रकम उठ्ने आयोजकले जनाएको छ ।
संकलीत रकम सप्ताह कार्यक्रम सकिने बित्तिकै मन्दिरको, पर्खाल, सिडि, आँगन भौतिक अबस्था सुधार्नको निमित्त खर्च गरिने श्रीमद्भागवत  सप्ताह ज्ञान महायज्ञ कमिटिका उपाध्यक्ष लक्ष्मण दुलालले जानकारी दिनु भयो । कार्यत्र्रमा कथा पारायण पं बद्री प्रसाद गुरागाई बाट तथा शास्त्री पं प्रकाश अधिकारी बाट हुने उल्लेख छ ।

saptaha
मोटर साइकल ¥याली
कलश यात्रा

 

 

 कलश यात्रा

कलश यात्रा
saptaha in jhor
कलश यात्रा
saptaha in jhor
कलश यात्रा
saptaha in jhor
कलश यात्रा
IC

एक हजार र पाँच सय भारु नोटहरु आज बाट चल्ने भयो

काठमाडौँः  एक हजार र पाँच सय भारु नोटहरुमा लगाउँदै आएको बन्देज हटेको छ । नेपाल राष्ट्र बैंकले आजबाट भारु नोटमा लागेको प्रतिबन्द हटेको छ । २५ हजारभन्दा बढी नोट ल्याएको खण्डमा तोकिएकोभन्दा बढी रकम सरकारले जफत गर्ने र नेपाली नागरिकले भारु रुपैयाँ भारत वाहेक अन्य मुलुकमा लैजान र अन्य मुलुकबाट ल्याउन नपाउने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नेपाली र भारतीय नागरिकले पाँच सय र एक हजार दरका भारु नोटहरु प्रतिव्यक्ति २५ हजारसम्म नेपाल भित्राउन र लैजान पाउने व्यवस्था गरेको छ ।

Raktachandan

कानुनी समस्याका कारण रक्तचन्दन अलपत्र

११ फागुन, काठमाडौं । जिल्ला वन कार्यालय काभ्रेमा रहेको ९ सय ३४ किलोग्राम रक्तचन्दन अलपत्र परेको छ । जिल्ला वन कार्यालयले पटक–पटक बरामद गरेको रक्तचन्दन कानुनी समस्याका कारण अलपत्रमा परेहो हो । तस्करले नेपालको बाटो हुँदै चीन लैजाँदै गर्दा बरामद ठूलो परिणामको रक्तचन्दन कानुनी अस्पष्टताका कारण जिल्ला वन कार्यालय काभ्रेमा अपलपत्र अवस्थामा थन्किएको छ ।

 जिल्ला वन कार्यालय काभ्रेले २०६४ भदौ १६ मा ५७, २०६८ पुस ९ मा ६ सय ३, २०६८ चैत ११ मा २६, सोही वर्ष १ सय ५० र २०७० मा बरामद ९८ किलोग्राम रक्तचन्दनका पाँच मुद्दा जिल्ला अदालत काभ्रेमा चलिरहेको छ । बरामद रक्तचन्दन कसले र कहाँ लैजान लागेको भन्ने खुल्न सकेको छैन ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य मानिने रक्तचन्दन तस्करले भारत हुँदै चीन पु¥याइ बिक्री गर्ने गर्छन् । उनीहरूले राजनीतिक तथा प्रशासनिक आडमा रक्तचन्दन ओसार–पसार गर्ने गरेको स्रोतको दाबी छ ।