हंगकंगमा भब्य तीज : दुख बिर्सिएर नाचे नेपाली

nepali teej in hongkong

हंगकंगमा भब्य तीज : दुख बिर्सिएर नाचे नेपाली

नेपाली दिदीबहिनीले दुख बिर्सिएर नाचे अनि गाए नेपाली संस्कृति,परम्परा र चाडबाडलाई भब्य एवं सभ्य रुपले मान्दै र धान्दै आएको हंगकंगमा क्रियाशील हंगकंग नेपाल हिन्दू एसोसिएसनले आयोजना गरेको सामूहिक तीज कार्यक्रम सम्पन्न भएको छ I एसोसिएसनले हंगकंगको यौमताइमा संचालन गरेको हिन्दू मन्दिरमा आयोजना गरिएको सामूहिक तीजमा यहा रहेका नेपाली दिदीबहिनीहरूले दर खाएर नेपाली लोक भाकामा तीज गीत गाएर रमाइलो गरेका थिए I यसरी कार्यव्यस्तताबाट एक दिन भए पनि छुट्कारा पाएर रमाइलो गर्न पाएकोमा निकै खुशी लागेको उनीहरूले बताए I मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा बिधिबत पूजापाठ तथा स्वस्तिशान्ति समेत गरिएको थियो I सम्पूर्ण नपाली दाजुभाई तथा दिदीबहिनीहरूको कार्य सफलता तथा सुस्वास्थ्यको कामना गर्दै पूजापाठ समेत गरिएको मन्दिरका मूल पुरोहित पण्डित माधब आचार्यले बताउनुभयो I यसैबीच आयोजना गरिएको औपचारिक सभामा एसोसिएसनका आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्रबाट सम्मान गरिनुका साथै परिचयपत्र समेत वितरण गरिएको थियो I सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका मूल पुरोहित माधब आचार्यले धर्म ,संस्कृतिले समाजमा नैतिक जागरण ल्याउने तथा संस्कारको बिकास गर्ने हुदा मानव समुदायका लागि धर्म र अध्यात्म अनि आवश्यक रहेको बताउनुभयो I आध्यात्मिक पत्रकार समाजका अध्यक्ष्य तथा आध्यात्मिक पत्रिका कवचका सम्पादक शिरोमणि दवाडीले हाम्रा सनातन धर्म संस्कृति वैज्ञानिक तथा तथ्यपरक भएकाले यसको महत्व बुझेर लाग्न सकेमा यसले व्यक्ति ,समुदाय र अन्तराष्ट्रिय जगतकै हित हुने बताउनुभयो I एसोसिएसनकी अध्यक्ष्य गोमा देवी शर्माले सनातन धर्मको रक्षार्थ तथा प्रवासमा रहेका नेपाली समुदायलाई एकताबद्ध गराउन संस्था स्थापना गरिएको जानकारी गराउनुभयो Ihongkong teej सचिव प्रमिता राई तथा कोषाध्यक्ष अमिता रानाले सम्पूर्ण नेपाली दिदीबहिनीलाई हिन्दूमन्दिर तथा एसोसिएसनको छातामा आबद्ध भई धर्म ,संस्कृतिको रक्षाका लागि एकताबद्ध हुन आग्रह गर्नु भएको थियो I सन् २०१० मा स्थापना गरिएको हिन्दू मन्दिरले बार्षिक कार्यतालिका बनाएर हरेक चाड तथा तिथिमा विभिन्न पूजा तथा धार्मिक अनुष्ठान गर्दै आएको छ I यस अघि श्रावणको सोमबार बोलबम यात्रा ,श्रीकृष्ण जन्म आष्ठमी उत्सव समेत भव्यताका साथ सम्पन्न गरेको थियो I हाल अस्थाई भाडाको घरमा रहेको मन्दिरलाई २ बर्षमा स्थाई रुप दिने लक्ष्य राखिएको एसोसिएसनकी अध्यक्ष्य शर्माले जानकारी दिनुभएको छ I

Doha-Qatar

कतार सरकारले कामदारलाई आममाफी दिनेको घोषणा

९ भदौ, काठमाडौं – कतारले अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिने घोषणा गरेको छ । कतारमा ठूलो संख्यामा अवैध विदेशी कामदार कार्यरत छन्, कतारको गृह मन्त्रालयले एक सूचना जारी गरेर अवैध रुपमा बसिरहेका आप्रवासी कामदारलाई स्वदेशकफािएन सहज वातावरण तयार गरिएको बताएको छ । कतार आन्तरिक (गृह) मन्त्रालयले महिना अवधि तोकेर अवैध कामदारहरुलाई आममाफी दिने घोषणा गरेको हो । अब त्यहाँको सरकारले तोकेको प्रक्रिया पुरा गरेर उनीहरुलाई बिना सजाय घर फर्किन सक्नेछन् । आउँदो सेप्टेम्बर १ देखि सुरु हुने आममाफीको प्रक्रिया डिसेम्बर १ सम्म चल्नेछ । सन् २०२२ को विश्वकप आयोजनाको जिम्मा पाएको कतारले अवैध कामदार र उनीहरुको अवस्थालाई लिएर पछिल्लो समय अन्तर्राष्ट्रिय मानवधिकारवादी संघ संस्था र विभिन्न देशको दबाव खेप्दै आएको थियो । कतारले सन् २००९ मा लागू गरेको आप्रवासी कामदर समबन्धी कानुन नम्बर ४ अनुसारका कामदारलाई आममाफी दिनेछ ।  आममाफी सुविधा लिएर स्वदेश फर्किने कामदार २ वर्षसम्म फेरि कतारमा जान पाउने छैनन् ।

Gagan thapa

प्रचण्ड सरकारमा गगन थापा मन्त्री बन्दै

८ भदौ, काठमाडौं । प्रचण्ड सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन नेपाली कांग्रेसलाई निकै सकस परेको छ ।  युवा नेता गगन थापाको नाम पनि चर्चामा छ । पार्टीले पाएको १३ मन्त्रालय मध्ये उपप्रधान एवं गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रमेश लेखक नियुक्त भइसकेका छन् । कृष्ण सिटौला गुटले एक मन्त्रालय पाएको छ ।  बाँकी ११ मन्त्रालयमा कांग्रेसको तीन गुटलाई भागवण्डा गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो लटमा नै उनको नाम सिफारिस गरेका थिए । देउवाले स्वास्थ्य र रक्षा मध्ये एक मन्त्रालय लिन प्रस्ताव गरेका थिए ।   तर, सबैले मन्त्री छान्न सकेका छैनन् । शेरबहादुर देउवा क्याम्पबाट अर्जुननरसिंह केसी मन्त्री बन्ने सम्भावना छ । र, उनी मन्त्री भएको अवस्थामा उनका ज्वाइँ समेत रहेका गगन मन्त्री बन्ने छैनन् ।

 

Olampic

अपेक्षा गरेभन्दा सफल रियो ओलम्पिक

२०७३ भाद्र ६, – रियो ओलम्पिक सुरु हुन अगाडिसम्म धेरैको आशंका थियो आगामी ओलम्पिक जापानमा आयोजना हुने घोषणासँगै भव्य कार्यक्रमबीच  बिहान रियो ओलम्पिक टुंगिएको छ । , सायद यसपटकको खेलकुद महाकुम्भ पटक्कै सम्झन लायक हुने छैन ।  भलै समापन समारोहमा भरिभराउ दर्शक देखिएनन्, पानीले पनि बाधा पुर्‍यायो । तर जति बेला ओलम्पिक ज्योति निभाइयो, सबैले माने, अपेक्षा गरेभन्दा सफल रह्यो, रियो ओलम्पिक २०१६ । ब्राजिलको सबैभन्दा ठूलो सहर रियो डे जेनेरियो आफ्नो साख जोगाउन सफल रह्यो ।  यसपटकको रियो ओलम्पिकका सबैभन्दा ठूला दुई खेलाडी रहे, पौडीका माइकल फेल्प्स र एथलेटिक्सका युसेन बोल्ट । दुवैले आफ्नो प्रतिष्ठा अनुसार खेले । फेल्प्स रियो ओलम्पिककै क्रममा इतिहासमै सबैभन्दा बढी पदक जित्न सफल खेलाडी बने ।

अन्तिम पदक तालिकामा अमेरिका नै अगाडि रह्यो, कुल १ सय २१ पदकसहित । त्यसमा ४६ स्वर्ण सामेल थियो । यसक्रममा अमेरिकाले विश्व खेलकुदमा आफू नै नम्बर १ देश रहेको सिद्ध गर्‍यो । बेलायतका लागि यसपटकको ओलम्पिक अत्याधिक सुखद रह्यो । कुनै समय विश्व खेलकुदमा बेलायती चुनौती लगातार कमजोर रहने गरेको थियो ।

Sample-house-at-Gorkha

क्रिस्चियन च्यारिटीले एक करोड रुपैयाँभन्दा धेरै बजेट लगाएर खोरजत्रा घर बनाएर सिध्याए

गोरखा: क्याथोलिक रिलिफ सर्भिस स्रोतका अनुसार गोरखा नगरपालिका ४ र १२, बुङ्कोट गाविस र ताप्ले गाविसमा गरी आठ ठाउँमा यस्ता घर निर्माण भएका छन् ।  भूकम्पपछि राहत, उद्धार, पुनर्लाभ र पुनस्र्थापनाका लागि सहयोग गर्न गोरखा आएको क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले खोरजत्रो घर बनाएर बजेट सिध्याउने गरेको छ । भूकम्पपीडितको नाममा क्रिस्चियन च्यारिटीबाट जुटाएको रकममध्ये एक करोड रुपैयाँभन्दा धेरै बजेट खोरजत्रा घर बनाएर सिध्याएको हो ।

१० लाख  रुपैयाँ खर्च गरेर एउटा घर बनाइदिएको भए गाउँका गरिबले ओत लाग्न पाउने स्थानीय लालमाया बस्नेतले बताइन् । ‘त्यति पैसा खर्च गरेर एउटा बस्न मिल्ने घर बनाइदिएको भए एकजना गरिबले यो बर्खामा टाउको लुकाउने ठाउँ पाउथ्यो’, उनले भनिन्, ‘एक महिना लगाएर यस्तो घर बनाए, ह्वार्रर्र आए, हेरे गए । के काम ? ‘   ‘यस्तो एउटा घर बनाउन सीआरएसले १० लाखको ठेक्का दिएको थियो’, स्रोतले भन्यो, ‘जीटीटीसीले ठेक्का पारी एक महिना लगाएर आठ ठाउँमा यस्ता घर बनाएको छ ।’ ‘बिपन्न, दलित, सीमान्तकृतलाई हामीले यस्तो गत्त्यौं, उस्तो गत्त्यौं भनेर भलीभाँतीको प्रतिवेदन बनाएर स्वदेश, विदेशमा पठाएर पैसा झार्छन्’, स्रोतले भन्यो, ‘आजको दिनसम्म यसरी नै बजेट सकिएको छ संघसंस्थाको ।’ कार्यक्रमको अनुमति दिने र अनुगमन गर्ने जिम्मेवारी पाएका स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले भने सीआरएसको कुनै विवरण आफूले नपाएको बताए । स्रोत :अन्नपुर्ण पोष्ट

तस्बिर: रासस http://bit.ly/2bEKUeF

चिनियाँ राष्ट्रपतिको भ्रमण निश्चित : महरा

भाद्र  २०७३- पाँचदिने भ्रमण सकेर शनिबार फर्किएका महराले  प्रधानमन्त्रीको विशेषदूतका रूपमा उत्तरी छिमेकी मुलुकको भ्रमण गरी फर्केका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ‘चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङले छिटै नेपाल भ्रमण गर्ने’ सकारात्मक सन्देश आफूले ल्याएको बताएका छन् । भ्रमण सकेर विमानस्थलमा उत्रिएलगत्तै   चीनबाट पहिले राष्ट्रपति स्तरमा र त्यसको केही समयपछि प्रधानमन्त्री स्तरमा भ्रमण हुने जानकारी गराएका हुन् । उनले उच्चस्तरीय भ्रमणका लागि चीन र नेपाल दुवैले आ–आफ्ना परराष्ट्र मन्त्रालयलाई तिथि र कार्यक्रम तय गर्न समेत निर्देशन दिइसकेको उल्लेख गरे । ‘चीनका राष्ट्रपति सी र प्रधानमन्त्री लीले छिटै नेपाल भ्रमण गर्नुहुनेछ । विशिष्ट व्यक्तित्वको भ्रमणको तिथिमिति तयार भइसकेको छैन । शीघ्र उच्चस्तरीय बैठक र सल्लाह गरी तय हुनेछ,’ उनले भने ।चीनले सरकार परिवर्तन नेपालको आन्तरिक मामिला भन्दै नयाँ गठबन्धन संविधान कार्यान्वयन गर्न लाग्ने विश्वास व्यक्त गरेको थियो । नेपाल–चीनबीच थप सहयोगका क्षेत्र खोजी गर्नेबारे चिनियाँ पक्ष निकै सकारात्मक रहेको महराले बताए ।

Independent lifestyle hotel brand from Hong Kong

Independent lifestyle hotel brand from Hong Kong

HONG KONG – The independent lifestyle hotel brand from Hong Kong, Founded by Girish Jhunjhnuwala in 2002, the Ovolo Group has become one of Hong Kong’s largest independent owner & operator hospitality firms in little over a decade, by providing business and leisure guests with the best in effortless living.  The convention-challenging founder and visionary behind Ovolo, Girish Jhunjhnuwala, has driven this philosophy.

“Since 2002, we’ve been on a mission to redefine modern hospitality by creating new and intuitive concepts that deliver from the customers’ point of view,” As the epitome of where Sydney has come from, Ovolo’s acclaimed, heritage-listed spaces in Woolloomooloo and Darling Harbour now represent everything the future of hospitality holds for millennial travelers, on the lookout for a travel experience that moves away from the formula approach. Ovolo Hotels provides business and leisure travelers with all the comforts of intelligent, technology-driven living and yet each hotel resonates the local culture and history of its address.

thepowernews gaijatra

Gaijatra celebration in Kathmandu

KATHMANDU: This festival falls on the first day of the waning moon in the month of the Bhadra, famous traditional festivals Gaijatra to be celebrated mainly in the Valley, in memory of dead persons of their families.

thepowernews gaijatra
Gaijatra festival in kathmandu Photos: – Rina Shrestha
thepowernews gaijatra
Gaijatra festival in kathmandu Photos: – Rina Shrestha
Nan singh

नेविसंघको अध्यक्षमा नैनसिंह बिजयी

२ भदौ, काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् । नेविसंघको महामन्त्रीमा पनि महर प्यानलकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् । नेविसंघ नेतृत्वमा अधिकांश महर प्यानलका उम्मेदवार बिजयी भएका छन् ।

dhurmush and suntali of thepowernews

धुर्मुस-सुन्तली फाउन्डेसनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो महिनाको लतब दिने

काठमाडौं, १ भदौ – प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो महिनाको तलब धर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने भएका छन्। गत वर्षको भूकम्पपछि सरकार र राजनीतिक दलले केही गर्न नसकेको समयमा  धुर्मुस सुन्तलीले गरेको कामको प्रधानमन्त्री प्रचण्डले प्रशंसा गरेका छन्। प्रधानमन्त्रीले भने, म तपाईंहरुको अभियानमा सँगै छु।   अहिलेको लागि मेरो पहिलो महिनाको व्यक्तिगत लतब तपाईहरुको फाउण्डेसनलाई सहयोग गर्छु। धुर्मुस सुन्तली  बुधबार बिहान प्रधानमन्त्री निवास पुगेक थिए। मानवीय विपत्तिलाई राहत दिन तपाईंहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक सन्देश गएको छ,