टयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

टयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं : दोविल्ला  फलेवास सडकखण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीमा‘ओभर लोड’ सहित तीव्र गतिमा रहेको ट्याक्टरको आज  दिउँसो दुर्घटना भएको  छ ।

टयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । दुर्घटनामा परी घाइते भएकोलाई जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

त्रिशुलीमा बस खस्दा ५ को मृत्यु

काठमाडाैंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदी किनारमा खस्दा ५ जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् ।मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् । एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।घटनालगत्तै चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्दारमा खटिएका थिए ।

 

रुकुममा जीप दुर्घटना

रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ११ जनामा  ४ जनाको मृत्यु भएको छ । रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । जीप भीरमा सडकदेखि एक सय मिटर तल खसेको उनले जानकारी दिए ।थप जानकारी आउन बाकि छ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

इलामको माङसेबुङमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। माङसेबुङबाट झापाको दमकतर्फ जाँदै गरेको ट्याक्टर माङसेबुङ गाउँपालिका-३ स्थित मानपुरमा दुर्घटना हुँदा घाइते भएका माङसेबङ गाउँपालिका-६ रक्सेका अन्दाजी २१ वर्षीय सरेन राईलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको  छ। घाइते पाँचजनाको झापाका अस्पतालमा उपचार भइरहेको छ। भने ट्याक्टर चालक विक्रम लावती फरार रहेको बताइएको छ।

 

मुस्ताङमा ट्रिपर दुर्घटना हुदा १९ जना मजदुरको घटनास्थलमा  मृत्यु

मुस्ताङमा   ट्रिपर दुर्घटना हुँदा कालिगण्डकी कोरिडोरमा कार्यरत १९ जना मजदुरको  मृत्यु भएको छ ।  तामाखोलामा काम गर्न जाँदै गरेका मजदुर चढेको ट्रिपर दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा सडकबाट खसेर दुर्घटना हुँदा १५ जनाको घटनास्थलमा र ४ जनाको उपचारका लागि लैजाने तयारी हुँदाहुँदै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा ६ जना महिला र १३ जना पुरुष रहेका छन् । मृत्यु हुनेमध्ये रोल्पाका ९ जना र दाङका ५ जना रहेका छन् ।

रसुवामा जीप दुर्घटना

रसुवामा गएराति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् ।जिल्लाको आमाछोदिङ गाउँपालिका– ५, सिम्बुबाट साञ्जेन हाइड्रोपावरको सामान बोकेर त्यसतर्फ जाँदै गरेको सिउचण्डी कन्ष्ट्रक्सनको बा १७ च ५३४५ नम्बरको जीप मंगलबार राति १० बजे  सिम्बु भीरमा दुर्घटना भएको हो ।नवलपरासीका गौतम अर्याल र सुनसरीका जीवन राई घाइते छन् । उनीहरुको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।अनियन्त्रित भएर दुर्घटना भएकाे जीप सडकबाट १२० मिटर तल खसेको छ ।

 

डोजर बोकेको ट्रक खस्यो

सुनसरीस्थित कोशी ब्यारेजको पुलमा ठोक्किएर जेसीबी डोजर बोकेको ट्रक नदीमा खसेको छ । घटनामा दुई जनाको मृत्यु भएको छ ।अधिकारीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३५६ नम्बरको ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठोक्किँदै नदीमा खसेको थियो । घटनामा ९ जनालाई उद्दार गरिएको थियो ।२ जनालाई इनरुवास्थित जिल्ला सरकारी अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घाइते मध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको छ ।

 

ट्रकले माईक्रोबसलाई ठक्कर दिँदा तीनको मृत्यु

२०७५,असार १  :  ट्रकले  पृथ्वीराजमार्ग अन्तरगत चितवन इच्छाकामनाको चुम्लिङटारमा माईक्रोबसलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । माईक्रोबसमा सवार २ पुरुष र १ महिलाको मृत्यु भएको  छ ।  दुर्घटनामा घाइते भएका ९ जनालाई उपचारका लागी भरतपुर लगिएको छ।  ट्रकका चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिनको हिरासतमा राखिएको छ ।

 

गायक सुशील सिटौला सडक दुर्घटनामा

जेष्ठ ६,काठमाडौ।नुवाकोटका उदयीमान युवा गायक सुशील सिटौला सडक दुर्घटनामा पर्नुभएको छ।गायक सिटौला चढ्नुभएको बा ५० ग ९०१६ नम्बरको मोटरसाइकल आज बिहान ९:३० मा दुर्घटनामा परेको हो।ग्रामीणदेवी माध्यमिक विद्यालय शिवपुरी-७नुवाकोटका माध्यमिक बिज्ञान शिक्षक समेत रहेका सिटौला बिहान काठमाडौबाट नुवाकोट भित्रने क्रममा टोखा नगरपालिका स्थित झोरमा सडकबाट चिप्लिएर करिब ३० मिटर तल मोटरसाइकल सगै खस्नुभएको थियो। आधुनिक गीतिएल्बम ´दृश्य`बाट सिटौला गायन क्षेत्रमा चर्चा बटुल्न सफल हुनुभएको थियो।दुर्घटनामा परी सख्त घाइते हुनुभएको सिटौलाको हाल ग्रीनसीटी अस्पतालमा उपचार भैरहेको उनका बुवा कर्णप्रसाद सिटौलाले बताउनुभयो। हामी पनि घाइते सिटौलाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ३१३८ नम्बरको बसको ठक्करबाट स्थानीय पैदलयात्री ७० वर्षीया धनमाया गुरुङको मृत्यु भएको हो । उपचारका क्रममा चितवन मेडिकल कलेजमा साँझ नै मृत्यु भएको  हो ।  बसले यात्रु झारेर अगाडि बढ्न लाग्दा पैदल हिँडिरहेकी उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको