शिवपुरीको समुन्द्रामा वि लाई कम्प्युटर प्रदान

शिवपुरीको समुन्द्रामा वि लाई कम्प्युटर प्रदान

हरि भेटवाल_ नुवाकोट जिल्ला को पुर्वी भेगमा अबस्थित शिवपुरी गाउँपालिकाको वडा न ६ समुन्द्रादेवि मा रहेको समुन्द्रा मा वि लाई बैशाख १६ गते बिधालयमा एक कार्यक्रम का बिच न्यु स्याडल सस्था ले बिधालयलाई ५ ओटा लेपटप १० ओटा डेस्कटप कम्प्युटर न्यु स्याडल सस्थाका महासचिव चित्र बहादुर केसि ले बिधालयका प्रध्यानध्यापक गणेश प्र सिटौला र बिधालय ब्यबस्थापन कमिटी का अध्यक्ष जितेन्द्र बिष्ट लाई कम्प्युटर हस्तान्तरण गरिएको थियो । बिधालमा अध्यनरत बिधार्थिहरुलाई कम्प्युटर शिक्षा अध्यान गर्न सहयोग पुगेको बिधालय ब्यबस्थापन कमिटी का अध्यक्ष जितेन्द्र बिष्टले बताउनु भयो र उक्त बिधालयलाई इन्टरनेट सेवा को लागि वाई फाई पनि सस्थाले जडान गरिदिएको छ।

Mt Everest Lhotse records of the first summit season

KATHMANDU: A rope fixing team deployed by the Himalayan Guides has opened a route up to 7,800m on Mt Everest while  another team led by Sherpa fixed ropes to the summit point on Mt Lhotse. At least six climbers today successfully stood atop the world’s fourth highest peak making the season’s first ascent of the mountains above 8,000m.  According to Imagine Treks and Expedition, climber Mingma Gyalje Sherpa along with three fellow Sherpa and two Chinese climbers made it to the top of Mt Lhotse (8,516m) this morning. “We are on Mt Lhotse summit now,” Sherpa shared.   For the second consecutive years, a team led by Mingma Gyalje Sherpa, a renowned mountaineer, became the first to reach the summit in the spring season. According to DoT, a team led by Sherpa had reached the summit of Mt Dhaulagiri on May 4 becoming the first team to scale the 8,000-metre mountain in 2017.

Chinese climbers – Liu Yongzhong and Hong Dong Juan as well as Kili Pemba Sherpa, Tamding Sherpa and female climber Nima Jangmu Sherpa successfully climbed the peak at around 11:30 am.  The climbers opened a route making the first summit on the mountain this season, base camp officials said, adding that all climbers have now arrived at Camp IV. Mt Everest and Mt Lhotse share the same route up to the Yellow Band beyond Camp III.  A record at the Department of Tourism under the Ministry of Culture, Tourism and Civil Aviation, at least 88 climbers of different eight teams are attempting to climb Mt Lhotse this season. “With six climbers reaching the top of Mt Lhotse, the country recorded the first successful summit to the mountain above 8,000m in this spring season,” liaison officer Gyanendra Shrestha confirmed.

विराटनगर नाकासम्म रेलमार्गबाट सामान ढुवानी

विराटनगर : विराटनगर नाकासम्म रेलमार्गबाट सामान ढुवानी मालवाहक रेलबाट विराटनगर नाकासम्म आइपुग्नु व्यवसायीका लागि खुशीको खबर छ । विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीबाट बथनाहा स्टेसन ७ किलोमिटर दक्षिणमा अवस्थित छ । बथनाहामा कार्गो सञ्चालनका लागि ठूलो यार्ड भएको हुँदा रेल यहीँसम्म आएको भारतीय पक्षले जनाएको छ ।  आइतबार बिहान आइपुगेको मालवाहक रेलमा समुद्रपारको मुलुकका ५८ कन्टेनर मालसामान छन् । विराटनगर नाकासम्म रेलमार्गबाट तेस्रो मुलुकका सामान आउन थालेको छ। भारतको कोलकाताबाट बुधबार छुटेको रेल आइतबार बिहान बथनाहा स्टेसन आइपुगेको छ ।  रेलमार्फत हुँदै सामान आउँदा ढुवानी भाडा झण्डै चालिस प्रतिशत सस्तो हुने अनुमान गरिएको छ।  सबै कन्टेनरमा पेप्सीको कम्पनीले पाकिस्तानबाट पैठारी गरेको चिनी रहेको बुझिएको छ । ’बथनाहादेखि कटहरीसम्मको कुल १८ किलोमिटर रेलमार्गमध्ये भारतीय भूभाग ५ किलोमिटर पर्दछ । नेपाल र भारत सरकारले सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरे पछि नेपालमा रेल आउने सहमति बनेको हो ।

कर्मचारी दुई/विद्यार्थी दुई – नुवाकोटको एक विद्यालयको कहानी

भरतसन्तोषी, नुवाकोट : बिक्रम सम्वत २०५२ सालमा स्थापित यस विद्यालयमा कार्यलय सहयोगी रामशरण भेटुवाल सहित दुई शिक्षक कर्मचारी कार्यरत छन्  नुवाकोटको पुर्वी शिवपुरी गाउँ पालिका वडा नम्बर ६ स्थित समुन्द्रादेवीको फेदिगाऊमा रहेको चनभुमे प्राथमिक विद्यालयको अस्तब्यस्त संरचना र खेर गइरहेको सरकारी जनशक्ति देख्दा सबैको मन खिन्न हुन सक्छ।  यस विद्यालयमा हाल सरकारी तलबमा दुई कर्मचारी कार्यरत छ्न।कार्यरत कर्मचारी शैक्षिकसत्रको नयाँ वर्ष सुरु भएको महिना दिन बित्नै लाग्दा पनि अहिलेसम्म उपस्तिथित भएका छैनन न त विद्यार्थीको नियमित उपस्थिति नै पाउन सकिन्छ। विद्यालयको न कुनै भवन छ न त ब्यवस्थित अस्थायी कक्षाकोठा नै।विद्यालय समयमा अव्यवस्थित जस्तापाताको टहरामा पुस्तक पल्टाएर बसिरहेकी ८ वर्षीय छात्रा अस्मिता तामाङ भन्छिन्´ सर त आउनुहुन्न।उनले सगैको एक छात्रा तर्फ इन्कित गर्दै भनिन् ´हामी दुईजना मात्रै हो यहाँ पढ्ने।` भर्ना भएको विद्यार्थी ८ जना भएपनि नियमितता विद्यार्थी संख्या भने न्यून रहेको विद्यालयका शिक्षक भिमसेन पाठकले स्विकार्नु भयो।´गाउँको वेदना छुट्टै छ` उहाँ ले भन्नुभयो ´विद्यालय ,अभिभावक र विद्यार्थीको समन्वय बिना नै स्कुल मात्रै चलाउने भनेर नहुने रहेछ।`  हालै जिल्ला शिक्षा कार्यलय सगको समन्वयमा एकत्तिस लाख बराबरको भुकम्प प्रतिरोधात्मक भवन निर्माण थालनी भएको छ।

नेपाली झण्डा उठाएर सरकारलाई चेतावनी- राजधानीमा बृहत र्याली

रास्ट्रवादी केन्द्र नेपाल को बृहत सागठनिक शक्ति प्रदर्शन  भृकुटीमण्डपबाट शुरु भएको र्यालीमा हजारौं युवायुवतीहरु राष्ट्रिय झण्डा लिएर सहभागी भएका थिए । राष्ट्रवादी केन्द्र नेपालले स्वदेशमै रोजगारीको माग गर्दै आज राजधानीमा बृहत र्यालीको आयोजना गरेको छ । कार्यक्रममा उपस्थितहरुले स्वदेशमै रोजगार न्युनतम मासिक तलब ३० हजारको ग्यारेन्टी गर, रोजगार नभए बेरोजगार भत्ताको ग्यारेन्टी गर , युवा बेच्न बन्द गर, माटो सुहाउँदो शिक्षा प्रणाली लागू गर, बन्द उद्योग संचालन गर जस्ता दबाबमुलक नाराहरु लगाएका थिए ।  सहभागीहरुले देशका लागि आवश्यक युवाहरुलाई बैदेशिक रोजगारीको नाममा विदेश पठाएर सरकारले युवाहरु बेचेको र अब यस्तो कार्य बन्द गर्न सरकारसँग आक्रोस पोखेका थिए ।

फोटो फिचर

तस्विर स्वागत नेपालको फेसवुक बाट
तस्विर स्वागत नेपालको फेसवुक बाट
तस्विर स्वागत नेपालको फेसवुक बाट
तस्विर स्वागत नेपालको फेसवुक बाट
तस्विर स्वागत नेपालको फेसवुक बाट
तस्विर स्वागत नेपालको फेसवुक बाट
तस्विर स्वागत नेपालको फेसवुक बाट
तस्विर स्वागत नेपालको फेसवुक बाट

 

 

 

केकी अधिकारीको कोहलपुर एक्सप्रेसःहिन्दी फिल्मको हुबहु नक्कल

केकीजस्तै बुझक्कड भनिएका अन्य दुई अभिनेत्री ऋचा शर्मा र प्रियंका कार्कीले आधा सताव्दीसम्म बलिउडको दबदबाबाट प्रताडित भयो  नेपाली फिल्म  उताका फिल्म कपी गर्दै यताका बनाइन्थ्यो, थोरै तलमाथि थपथाप गरेर केकी अधिकारीको कोहलपुर एक्सप्रेसःहिन्दी फिल्मको हुबहु नक्कल भएको छ । पछिल्लो केही वर्षयताचाहिँ हिन्दी फिल्मको ‘ह्याङ’ भन्दा माथि उठ्ने प्रयत्न जारी छ। आफ्नै परिवेशको कथा र पात्र रोज्न थालिएको छ। तर कहिलेकाहीँ यस्ता फिल्म पनि प्रदर्शन हुन्छन्, जुन विदेशी फिल्मबाट पूरापूर चोरिएको हुन्छ। कोहलपुर एक्सप्रेस यस्तै ज्वलन्त उदाहरण हो।  बिनाअनुमति हुबहु उतार्नु अपराध हो।  यो सन् २००५ मा प्रदर्शित तमिल फिल्म मुम्बई एक्सप्रेस (यही नाममा हिन्दी भाषामा पनि बनाइएको छ)  स्रोत : नेपाल म्यागेजिन

टीपीएस नविकरण नहुँदा ९ हजार नै नेपाली डिपोर्ट नहुने

टीपीएसको अवधि नथपिदा वास्तविक रुपमा देशनिकालाको सामना गर्ने नेपालीहरु झण्डै १५ सयको हाराहारीमा मात्र रहेका छन् । सन् २०१९ को जुन २४ पछि उनीहरुले देशनिकालाको सामना गर्नेछन् । नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा बस्दै आएका नेपालीहरुलाई अमेरिकी सरकारले दिदै आएको टीपीएस सुविधा सन् २०१९ को जुन २४ मा सकिने भएपछि त्यसलगत्तै झण्डै ९ हजार नेपालीहरु देशनिकाला हुने समाचारहरु आएपनि त्यो सत्य होइन । टीपीएसको अवधि नथपिदैमा टीपीएसप्राप्त सबै नेपालीहरु देशनिकालामा पर्ने होइनन् ।  देशनिकालाको आदेश पाइसकेका उनीहरुबाहेक विभिन्न भिसामा अमेरिकामा आएर कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिएकाहरुसमेत ठूलो संख्यामा रहेका छन् । यद्यपी उनीहरुले अमेरिकामा अध्यागमन सुविधाका लागि आवेदन दिनसक्ने कैयन विकल्पहरु समेत रहेका छन् ।  हाल अमेरिकामा टीपीएएसमा रहेका नेपालीहरुको संख्या झण्डै ९ हजार रहेपनि ती मध्ये कैयन पुरानै स्टेटसमा फर्कनेछन् भने कैयनका इमिग्रेशन केसहरु पेन्डिङ अवस्थामा रहेका छन् । टीपीएस सुविधा लिएका कैयन विद्यार्थीहरु पनि पुरानो विद्यार्थी भिसामा नै फर्कनेछन् ।   झण्डै १५ सय नेपालीहरु भने देशनिकालाका लागि वास्तविक रुपमा योग्य हुनेछन् ।  उनीहरु यस अगाडि नै अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेका तर टीपीएसबाट संरक्षितहरु हुन् ।

तीमध्ये कैयन टीपीएस सुविधा लिएर बसे । टीपीएस सकिएपछि उनीहरु आइसको निशानामा हुनेछन् । विगत १८ बर्षको रेकर्ड हेर्दा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको निशानामा रहेका नेपालीहरुको संख्या १५२० रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, एक्ज्युकेटिभ अफिस फर इमिग्र्रेशन रिभ्यु, इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस र युएससीआईएसबाट प्राप्त तथ्यांकले देखाएको छ । उनीहरुमध्ये अधिकांशले टीपीएस लिएका छन् । ती १५२० जना नेपालीहरु इमिग्रेशन अदालतबाट डिपोर्टको आदेश पाइसकेका तर विभिन्न कारणले अमेरिकाभित्रै बसेकाले टीपीएस सकिएपछि उनीहरु आइसको पहिलो निशानामा पर्नेछन् । उनीहरुमध्ये अधिकांशको ठेगाना इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइससँग भएकाले टीपीएस सकिनासाथ उनीहरुका घरमा कुनैपनि बेला आइसका एजेण्टहरु छापामार्न आउन सक्छन् । उनीहरुले अदालतबाट देशनिकालाको आदेश पाइसकेपछि कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिई त्यत्तिकै अमेरिकामा बसिरहेको सन्दर्भमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नियन्त्रणमा लिएको खण्डमा विना कुनै अवरोध डिपोर्ट हुनसक्ने जोखिममा छन् ।

७०० बर्षसम्म हिन्दुमाथि अत्याचार भएपछि तिब्बती राजाले हिन्दु धर्मको रक्षा

 एकजना अरबी महान यात्री हुन् विद्धान् तथा लेखक पनि, उत्तर अफ्रीकाको मोरक्को बाट हजारौं माइल यात्रा गर्दै भारत आएर तत्कालीन भारतको बादशाहा मुहम्मद वीन तुगलकले उनलाई काजी पदवी दिएर दिल्लीमा राख्यो सात बर्ष दिल्लीमा बसेर फ़ेरि बादशाहले दुत बनाएर उनलाई १३४२ चीन तर्फ पठायो उनले ७५०० मील हिंडेको थियो। पश्चिम अफगानिस्तान देखि पुर्व इन्डोनेशिया सम्म दक्षिण श्रीलंका देखि उत्तर कैलाश पर्वत सम्म बौद्ध सैव, वैष्णो, गाणपत्य, शाक्त, जैन, बोन, किराँत, आदि विभिन्न वैदिक सनातन भित्रको मत सम्प्रदाय फैलिएको थियो। फेरि भोटबासी कै शरणमा जाने कि हामीले पनि आफ्नो मौलिक धर्म संस्कृतिको जगेर्ना गर्ने पटि लाग्ने   भएको छ।  मन्दिर पुनर्निर्माण गर्न अनुमति पाउँ भन्दै पत्र लेख्यो, तर त्यसको जवाफमा मुहम्मद वीन तुगलक बादशाहले “इस्लाम धर्मको नियम अनुसार पहिला जजिया “कर” तिर्नेलाई मात्रै मन्दिर पुनर्निर्माणको आज्ञा दिने चलन छ 

कालान्तरमा आआफैंमा तँ ठुलो की म ठूलो भन्दै एक आपसमा गाँड कोराकोर गर्न थालेपछि बिस्तारै आन्तरिक शक्ति कमजोर हुँदै गयो त्यसको फाइदा उठाउदै तुर्की बाट इस्लामको साम्राज्य फैलाउदै आएको अतिक्रमणले अन्तत एक एक गर्दै अफगानिस्तानबाट निल्न सुरु गरेर पुरै भारत वर्ष निल्यो  तर त्योभन्दा अगाडि नै भोट र चीनको सम्राटहरुले त्यहाँ भएको अमुल्य दार्शनिक ग्रन्थहरु तिब्बतदेखि चीनसम्म पुर्‍याएर गुम्बामा संरक्षण गरिसकेको थियो, भने महापण्डित विद्वान हरुलाई भोट लगेर अनुवाद गराउने कार्य पनि गरेको थियो। त्यसैले अहिले देखि नै सनातन धर्मको संरक्षणमा लागीपर्दै तिब्बतको सिचुवान प्रान्तको लारुङ गार भ्यालीमा बिश्वको सबैभन्दा ठूलो न्यिङमा (सनातन) बौद्ध धर्मको बिद्यालय जहाँ १० हजार गुरुद्वार ४० हजार विद्यार्थीको एकै स्थानमा पढाई हुन्छ, बिशाल मठ बनाएर सनातन धर्मको सोधकार्य, पाण्डुलिपि संरक्षण प्रवर्द्धन गर्दैछ अत: अहिले देखिनै हामीले पनि हाम्रो आफ्नो मौलिक धर्म संस्कृतिको जगेर्ना गर्ने पटि लाग्ने की भावी हाम्रो सन्ततिलाई पनि भोलिको दिनमा पू्र्खाको नासो खोज्दै भारतीय नागरिकले जस्तै भोटेकै शरणमा पठाउने चीनको राजालाई दिएको प्रत्युत्तर।

 

नेपालको टीपीएस नथप्ने हजारौंले देशनिकालाको सामना गर्ने – अमेरिकी सरकार

नेपालले आफ्ना देशका नागरिकलाई पूर्णतया सम्हाल्न सक्ने अवस्थामा आइसकेको उल्लेख गर्दै टीपीएसको अवधि नथप्ने घोषणा गरिएको हो । झण्डै १४ हजार नेपालीहरुले अमेरिकामा टीपीएस सुविधा लिएकोमा नविकरणका लागि झण्डै ९ हजार नेपालीहरुले योग्य थिए । अब टीपीएस नथपिएपछि त्यसमध्ये झण्डै १५ सय नेपालीहरुले एकैपटक देशनिकालाको सामना गर्नुपर्नेछ ।  २०१५ को महाभूकम्पपछि नेपालको अवस्थामा उल्लेख्य सुधार आएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गर्दै आएको टीपीएस सुविधा नथप्ने औपचारिक घोषणा गरेको छ । होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीले देशनिकालाका लागि योग्य टीपीएस प्राप्त नेपालीहरुलाई अमेरिका छाड्नका लागि एकबर्षको ग्रेस अवधि दिएकी छिन् । जस अन्तरगत सन् २०१९ को जुन २४ पछि उनीहरुले अमेरिका छाड्नुपर्नेछ । टीपीएस सुविधा नथपिएपछि अमेरिकामा टीपीएस सुविधा लिएका झण्डै ९ हजार नेपालीहरुले संकटको सामना गर्नुपर्ने भएको छ भने कैयनले देशनिकाला हुनुपर्नेछ ।  टीपीएसमा रहेका नेपालीहरुले एकबर्षको अवधिमा अमेरिकामा अन्य अध्यागमन सुविधा खोज्नसक्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । सन् २०१९ को जुन २४ सम्म अमेरिकामा टीपीएसमा रहेर काम गर्न पहिले नै टीपीएस प्राप्त गरेकाहरुले पुन वर्क परमिटका लागि आवेदन दिनुपर्नेछ भने टीपीएस पनि पुनदर्ता गर्नुपर्नेछ । त्यसका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले छुट्टै सुचना जारी गर्नेछ ।

हावाहुरीसँगै परेको असिनापानीले लाखौंँको बाली नष्ट

१५ वैशाख,  नुवाकोट  : शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  शिवपुरीका लिखु, तलाखु, सुनखानी, महाकाली र समुन्द्रादेवी तथा पञ्चकन्याको पञ्चकन्यामा परेको असिनापानीबाट मकै, गहुँ तथा धान बाली नष्ट भएको छ ।  हावाहुरीसँगै परेको असिनापानीले जिल्लामा लाखौंँको बाली नष्ट भएको छ । शिवपुरीका लिखु, तलाखु, सुनखानी, महाकाली र समुन्द्रादेवी तथा पञ्चकन्याको पञ्चकन्यामा परेको असिनापानीबाट मकै, गहुँ तथा धान बाली नष्ट भएको  जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।   खेतमा लगाइएको मकै भर्खर चमरा निस्कने बेला र गोलभेंडा, करेला, काँक्रोलगायत तरकारी भर्खर टिप्ने बेलामा परेको असिनाले किसान मारमा परेका छन् ।