एकताबारे एमाओवादीमा छलफल

UPCNN-Maoist-meeting-px_804375166

एकताबारे एमाओवादीमा छलफल

काठमाडौँः बिहिबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकमा पार्टी एकताका विषयमा छलफल भएको छ । एकीकृत माओवादी स्थायी समिति बैठकमा माओवादी पार्टीबीच एकताको विषयमा छलफल भएको हो । पछिल्ला दिनमा एमाओवादीले पार्टी एकताका विषयमा छलफल चलाइरहेको छ । बैठकमा बोल्ने नेताहरुले सरकारमा सहभागी पार्टीका मन्त्रीले सन्तोषजनक काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । एमाओवादीले मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मातृका यादव नेतृत्वको नेकपा (माओवादी) र मणि थापा नेतृत्वको क्रान्तिकारी माओवादीसँग एकताका लागि एमाओवादीले छलफल सुरु गरेको हो ।

nepal polic

एकैघरका चार जनाको हत्या गरेको अभियोगमा प्रहरीले संजय भारतीलाई पक्राउ

वैशाख १६, २०७३- सल्यानको छायाक्षेत्र गाविस-९ मा एकैघरका चार जनाको हत्या गरेको अभियोगमा प्रहरीले २० वर्षिय संजय भारतीलाई पक्राउ गरेको छ । सीताकी बहिनी १७ वर्षिया गिता गिरीको गाइवस्तु बाँध्ने किलोले प्रहार गरि हत्या गरिएको थियो । वैशाख १४ गते राति आफ्नै घरमा सुतिरहेको अवस्थामा २३ वर्षकी सीता खाँड, उनका छोरीहरु साढे २ वर्षकी पवित्रा खाँड र ११ महिनाकी सविता खाँडको हत्या गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाट अपराधी भागेको बाटो ट्रयाक गर्दै अनुसन्धान गर्दा संजयले हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

Barpak-earthquake-center-of-nepal-बारपाक-28

विनाशकारी भूकम्प गएको एक वर्ष पुग्यो नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टरको पराकम्प

विनाशकारी भूकम्प गएको एक वर्ष पुग्यो राति २ बजेर १६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाउँदै ४ दशमलब २ रेक्टर स्केलकको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शक्तिशाली भूकम्प गएको वर्षदिन पुगेकै दिन नुवाकोटलाई केन्द्रबिन्दु बनाएर पराकम्प गएको छ ।

Nepal_Rastra_Bank

नाकाबन्दी पछि मूल्यवृद्धिदर घट्यो : राष्ट्र बैंक

वैशाख ८, २०७३- नेपाल राष्ट्र बैंकका अनुसार गत फागुनमा वार्षिक ‘विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर’ १० दशमलव २ प्रतिशत रहेको छ । भारतीय नाकाबन्दी खुले यता मूल्यवृद्धि दर (मुद्रास्फीति) मा उल्लेख्य सुधार भएको छ । नाकाबन्दी खुलेपछि आपूर्ति व्यवस्था सहज भएकाले मुल्यवृद्धिदर पनि घटेको हो । यो उपभोक्ताले खरिद गर्ने वस्तु तथा सेवाको मुल्यको औसत वृद्धिदर हो । गत फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १० दशलमव ३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर १० दशलमव २ प्रतिशत बढेको छ । उक्त अवधिमा दलहन तथा गेडागुडीको मूल्य सबैभन्दा धेरै ३१ दशमलव ६ प्रतिशत र घ्यू तथा तेलको मूल्य १८ दशलमव ८ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ ।

दुई महिना अघि गत पुसको तुलनामा यो करिब २ प्रतिशत विन्दुले कम हो । नाकाबन्दीका कारण आपुर्ति व्यवस्थामा अवरोध भएपछि गत पुसमा मुल्यवृद्धिदर १२ दशमलव १ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको फागुन महिनामा मुलुकको आर्थिक तथा वित्तीय विवरणमा सो कुरा उल्लेख छ । गत आर्थिक वर्षको फागुनमा काठमाडौं उपत्यका र पहाड दुवैमा मुल्यवृद्धिदर ७ दशमलव १ प्रतिशत र तराईमा ६ दशमलव ९ प्रतिशत रहेको थियो ।

Ecuador earthquake of 7.8 magnitude kills dozens

Ecuador earthquake of 7.8 magnitude -Deaths rise to 235

A powerful 7.8-magnitude earthquake in Ecuador has killed at least 77 people and injured more than 500, Vice-President Jorge Glas says. The quake, Ecuador’s largest since 1979, hit at 18:58 on Saturday (23:58 GMT) near the northern town of Muisne. President Rafael Correa, who is flying back from a trip to Italy, has decreed a state of emergency. He said: “This is a very painful test. I ask the country to be calm and united… Let’s be strong; we will overcome this.”
Mr Glas said that at least 77 people had died and 588 had been injured, adding that the figures could rise as a number of affected areas had not yet been reached. He called for calm, particularly in the city of Portoviejo, amid reports of a “lack of public order”.
Gabriel Alcivar, mayor of the town of Pedernale, which is close to the epicentre, said: “We’re trying to do the most we can but there’s almost nothing we can do.” He said dozens of buildings had been flattened and looting had broken out. “This wasn’t just a house that collapsed, it was an entire town,” Mr Alcivar said. Carla Peralto, a resident of Boyaca, one of the worst-affected areas, told the BBC: “I never felt something like that in my life. It was so strong. I was feeling very, very scared… I was thinking ‘God, please stop that because maybe I die today’.”
Serious damage was also reported in the city of Manta, with an airport tower among the buildings destroyed.
Manta resident Ramon Solorzano told Reuters: “Most people are out in the streets with backpacks on, heading for higher ground. The streets are cracked. The power is out and phones are down.” source – bbc

KONICA MINOLTA DIGITAL CAMERA

tourists constructed at Thorang pass

MUSTANG: Good news for tourists on trekking expedition in the Round-Annapurna Trekking Route. A temporary shelter has been constructed at the Thorang pass that lies on the route. The shelter has been constructed at a cost of four million rupees contributed by the District Development Committee (DDC), Mustang and Nepal Tourism Board. DDC, Mustang programme officer Kedar Singh Thapa said that two shelters have been constructed for the convenience of the trekkers at Thorang area which straddles the border between Manang and Mustang districts.
Shelters were badly needed at Thorang-la pass where the trekkers could stay in at times of inclement weather conditions. A majority of the visitors coming on this trekking route would like to get to the Thorang-la pass at 5,400 metres from the sea level. The Round-Annapurna Trekking is 21 days.
It may be recalled here that more than 25 people including foreign tourists and their Nepali guides and porters were killed during a snowstorm that lashed the region during this time two years back for lack of shelter.
– RSS

obama in new york

अमेरिकाको राष्ट्रपति निर्वाचनको प्राथमिक तहको निर्वाचन जारी

वासिङ्गटन डिसी, ५ बैशाख । अमेरिकाको राष्ट्रपति निर्वाचनको प्राथमिक तहको निर्वाचन जारी रहदा डेमोक्रयाट पार्टी र रिपव्लिकन पार्टीका प्रत्यासीहरुबीच प्रतिस्पर्धा जारी रहेको छ । डेमोक्रयाट पार्टीको तर्फवाट पूर्व विदेश मन्त्री हिलारी क्लिन्टन र भरमण्डका सिनेटर वर्नी स्याण्डर्स मैदानमा रहेका छन भने रिपव्लिकन पार्टीको तर्फवाट अझै तीन जना मैदानमा रहेका छन् । अर्वपति धनाढय डोनाल्ड ट्रम्प,टेड क्रुज र जोन कासिक रहेका छन् ।
डेमोक्रयाट पार्टीको हिलारी क्लिन्टनको अग्रता कायमै छ । उनले यो समाचार तयार पार्दा सम्म कूल ४७६५ मध्ये १७९० प्रतिनिधी मत ९डेलिगेटस० पाएकी छन् । उनको पार्टीका अर्का प्रत्यासी बर्नी स्याण्डर्सले १११३ मत पाएर पछयाईरहेका छन् ।
अव बाँकी रहेको मत मध्ये बर्नीले आफूलाई मनोनयनमा पार्नका लागि ६५ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । हिलारी भने ५९३ मत ल्याएको खण्डमा उनी मनोनयनमा पर्नेछिन् । आगामी १९ तारिखमा हुने न्यूयोर्कको प्राथमिक निर्वाचनले एउटा स्पष्ट खाका आउने संभावना रहेको छ ।
न्यूयोर्कको कूल २४६ र पेन्सलभेनियाको १८९ डेलिगेटस भोटले हिलारी अग्रस्थानमा वस्न सफल भईन भने उनको मनोनयनको लागि मार्ग प्रशस्त हुनेछ ।
न्यूयोर्क किन पनि यी दुई उम्मेदवारका लागि महत्वपूर्ण रहेको छ भने वर्नी न्यूयोर्कमा जन्मिएका हुन भने क्लिन्टनको कर्मथलो न्यूयोर्क हो । त्यसैले दुवैको मजवुत आधारशिला भएको स्थानको रुपमा न्यूयोर्कलाई लिइएको छ ।
बिहीवारको वहसमा वर्नी स्याण्डर्सले हिलारी माथि प्रश्न गर्दे उनको निर्णय माथि प्रश्न भनेका थिए, वर्नीको भनाई थियो–ईराक युद्ध, धनी वर्गका व्यक्तिहरुसँगको सम्वन्ध जस्ता विषयले उनको योग्यता माथि प्रश्न उठेको छ ।
त्यसको प्रत्युत्तरमा हिलारी क्लिन्टनले मलाई दुई पटक सिनेटमा जिताएर विदेश मन्त्रीको रुपमा जनताले अनुमोदन गरिसकेका छन् । अमेरिकामा सञ्चारमाध्यमहरुले बिहीवारको क्लिन्टनको प्रस्तुतिलाई अव्वल मानेका छन् ।

मंगलवार मात्रै मोमाउथ युनिभर्सिटीले गरेको एक सर्वेक्षणमा क्लिन्टनले ५१ प्रतिशत र वर्नी स्याण्डर्सले ३९ मत प्राप्त गरेका थिए । यसले क्लिन्टनको अग्रता कायम रहने अनुमान सञ्चारमाध्यमहरुको रहेको छ ।
बिहीवार भएको सिएनएनको सार्वजनिक वहश कार्यक्रममा दुवै प्रत्यासीले ईराक युद्ध,वाल स्ट्रेटको मुद्दा लगायतका विषयमा रक्षात्मक टिप्पणी गरेका थिए ।

उनले नीतिगत विषयमा मजवुततर्क पेश गरेकी थिईन् । यद्यपी क्लिन्टनलाई वर्नीको सुधारात्मक अवधारणाको लागि रोक्ने एउटा प्रयास आगामी अप्रिल १९ तारिख नै हुनेछ । न्यूयोर्कका डेलिगेटसहरुले सहयोग गरेर हिलारीलाई फराकिलो अन्तरले वर्नीलाई हराए भने वर्नी राष्ट्रपतिको दौडवाट घर फर्किनु पर्ने हुन्छ ।
उता रिपव्लिकन पार्टीमा पनि चुनावी दौड जारी रहेको धनाढय डोनाल्ड ट्रम्पलाई कडा प्रतिस्पर्धा दिदै टेड क्रुजले पछाएका छन् । यो समाचार तयार पार्दा सम्म ट्रम्पले ७३८ डेलिगेटस भोट पाएका छन भने क्रुजले ५३८ मतका साथ पछयाईरहेका छन् ।

Sheep down in see

भूमध्य सागरमा डुंगा डुब्दा ठूलो संख्यामा हताहती

७ वैशाख, काठमाडौं – लिवियाको तटिय सहरबाट इटली हिडेका आप्रवासीको डुंगा डुब्दा ठूलो संख्यामा हताहती भएको जनाइएको छ । भूमध्य सागमा आप्रवासीले भरिएको डुंगा डुव्दा ५ सय भन्दा बढीको मृत्यु भएको छ । दुर्घटनामा पाँच सयको मृत्यु भएको भनिएपनि यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन । यसअघि लीबियाको तटमा ६ प्रवासीको शव फेला परेको थियो । संयुक्त राष्ट्रसंघ शरणर्थी एजेन्सीले दुर्घटनाका विषयमा प्राप्त जानकारीमा प्रश्न उठाएको छ । ग्रिसमा रहेकी एक सोमालिया महिलाले सोमबार युरोपको लागि निस्किएका उनका तीन नातेदारको ज्यान गएको छ । बीबीसीका अनुसार दुर्घटनामा बाँचेकाहरुका अनुसार मानव तस्करले स्थानान्तरण गर्न लागेको समयमा डुंगा डुबेको हो । संयुक्त राष्ट्रसंघका अनुसार १ लाख ८० हजार आप्रवासी युरोप जाने कोशिश गरिरहेका छन् जसमध्ये ८ सय जनाको ज्यान गइसकेको छ ।

दुर्घटनाका मृतकको नगद र गरगहना बेपत्ता

५ वैशाख, काठमाडौं । दिक्तेलबाट काठमाडौँ हिँडेको बा२ख ६३७६ नंको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् । दुर्घटनाका मृतक र घाइतेले लगाएको गहना तथा बोकेको नगद फेला नपरेको मृतकका आफन्तले बताएका छन् । खोटाङको बर्खेटारमा भएको बस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेका आफन्तले मृतकको साथमा रहेको नगद, गहना र सामान नपाएको भन्दै आक्रोश पोखेका छन् । महादेवस्थान-१ स्थित बर्खेटारमा २४ जनाको ज्यान जाने गरी मङ्गलबार भएको बस दुर्घटनाका मृतकले लगाएको सुनको औँठी, सिक्रीलगायत यात्राका क्रममा बोकिएको नगद नपाएको भन्दै मृतकका आफन्तले आक्रोश पोखेका छन् । आजको अन्नपूर्णमा समाचार छ । घाइतेले बोकेको झोलासमेत आफन्तले पाएका छेनन् । तनवटा झोलासहित सरसामान बोकेर यात्रा गरेका घाइते तथा मृतकका परिवारले एउटा पनि झोला नपाएको दुखेसो पोखेका छन् ।

Baburam-bhattrai

चन्दा उठाउन घरदैलो गर्ने – बाबुराम भट्टराई

२ वैशाख, काठमाडौं – डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आर्थिक सहयोग संकलनका लागि घरदैलो कार्यक्रम नै गर्ने भएको छ ।
जेठ अन्तिममा राष्ट्रिय भेला गर्ने तयारीमा रहेको नयाँ शक्तिले आर्थिक सहयोग माग्दै सार्वजनिक अपील नै जारी गरेको छ । पार्टीको नियमित कामका लागि आवश्यक रकम सदस्यहरुबाटै जुटाउने भएपनि संक्रमणकालीन व्यवस्थापन र राजनीतिक अभियान सञ्चालनका लागि आर्थिक सहयोग आवश्यक परेको भट्टराईद्धारा जारी अपीलमा उल्लेख छ । ‘यो रकम कुनै व्यक्तिगत प्रयोजन र स्वार्थमा खर्च गरिने छैन ।’ भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आर्थिक सहयोग संकलन (चन्दा उठाउन)का लागि कम्तिमा ५ जनाको समूह बनाएर घरदैलो कार्यक्रम नै गरिने बताएको छ ।