दुर्घटनाका मृतकको नगद र गरगहना बेपत्ता

५ वैशाख, काठमाडौं । दिक्तेलबाट काठमाडौँ हिँडेको बा२ख ६३७६ नंको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् । दुर्घटनाका मृतक र घाइतेले लगाएको गहना तथा बोकेको नगद फेला नपरेको मृतकका आफन्तले बताएका छन् । खोटाङको बर्खेटारमा भएको बस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेका आफन्तले मृतकको साथमा रहेको नगद, गहना र सामान नपाएको भन्दै आक्रोश पोखेका छन् । महादेवस्थान-१ स्थित बर्खेटारमा २४ जनाको ज्यान जाने गरी मङ्गलबार भएको बस दुर्घटनाका मृतकले लगाएको सुनको औँठी, सिक्रीलगायत यात्राका क्रममा बोकिएको नगद नपाएको भन्दै मृतकका आफन्तले आक्रोश पोखेका छन् । आजको अन्नपूर्णमा समाचार छ । घाइतेले बोकेको झोलासमेत आफन्तले पाएका छेनन् । तनवटा झोलासहित सरसामान बोकेर यात्रा गरेका घाइते तथा मृतकका परिवारले एउटा पनि झोला नपाएको दुखेसो पोखेका छन् ।

Spread the love