बस र माइक्रो बस ठक्कर खाँदा २ जनाको मृत्यु


कृष्णभीरमा लु १ ख ९०७९ नम्बरको बस र बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रो बस आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । ७ जनाको गजुरी अस्पतालमा २ जनाको चरौंदीमा उपचार भइरहेको छ भने ३ जना सामान्य उपचारपछि घर फर्किएका छन् । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मृत्यु हुनेमा धादिङ साबिक महादेवस्थान ८ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी २० वर्षकी एक युवती रहेको जनाएको छ । माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसका चालकलाई जोगिमारा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

Spread the love