ट्रकको ठक्करबाट एकको मृत्यु

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपरासीको गैंडाकोटमा ना ७ ख ७७१ नम्बरको ट्रकले ना २४ प ५३६ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा एकजनाकाे मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइतेको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जानकारी दिएको छ ।थप अनुसन्धान भैइरहेको छ ।

जिप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु

पोखरामा  ग२च ७१२८ नम्बरको जिप दुर्घटना हुँदा २ यात्रुको मृत्यु भएको छ भने
४ जना घाइते भएका छन । प्रहरीका अनुसार सदरमुकाम कुश्माबाट बालाकोटतर्फ जाँदै गरेको को जिप देउराली भीरमा सडकदेखि एक सय मिटर तल खस्दा २ यात्रुको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।  जिपमा ७ जना सवार थिए । घाइते मध्ये दुईलाई पोखरा रिफर गरिएको र दुई जनाको लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको  छ । 

जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

धादिङको गल्छीमा तरकारी बोकेको बा १८ च ९४०८ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएको छ । जिल्ला प्रहरीका अनुसार गजुरी ४ कार्कीडाॅडाबाट तरकारी बोकेर गल्छी बैरेनी बजार आउँदै गरेको जीप सडकबाट करिब ५० मिटर तल खसेको जानकारी दिएको छ । घाईतेमध्ये गम्भिर अवस्थाका ४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ भने अन्यको स्थानीय गजुरी अस्पताल र गल्छी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

टाटासुमो दुर्घटना हँदा तीन जनाको मृत्यु

मैलुङ-स्याँफ्रुबेँशी सडकखण्डमा टाटासुमो दुर्घटना हँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेका तीन जना अझै बेपत्ता रहेको जानकारी दिएको छ । दुईजनाको घटनास्थलमा मृत्यु भएको छ भने एकजनाको त्रिशुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। टाटासुमोमा सवार सवै उत्तरी रसुवाको गोल्जुङका बासिन्दा थिए । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको त्रिशुली अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थल गएको प्रहरी टोलीले बेपत्ताको खोजी गरिरहेको जानकारी दिएको छ ।

दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिरहाको प्रयागपुर चोकमा ना ८ ख ९८२ नम्बरको प्राइम बस र ख ४२६४ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका  अनुसार एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको जानकारी दिएको छ । घाइतेमध्ये १० जना गम्भीर रहेको छ। सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ।

मिनी ट्रक र मोटरसाइकल ठोकीदा एक जनाको मृत्यु

पोखराको आदर्शचोकमा ग१ख ३४१६ नम्बरको मिनी ट्रक र ग१३प २६६० नम्बरको मोटरसाइकल एकापसमा जुध्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिएको छ। सो मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बैतडीमा जीप दुर्घटना

बैतडीमा ग १ ज ४९२१ नं को जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको छ ।  प्रहरीका अनुसार जीप सडकबाट १५० मिटर तल खसेको जानकारी दिएको छ।  मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका अन्दाजी ४५ वर्षका हीराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट रहेका छन् । मृत्यु हुनेमध्ये एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ  ।

जीप दुर्घटना हुँदा ७ जना घाइते

गोरखामा बा २० च ५४५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएको छ ।   घ्याल्चोक प्रहरी चौकीका अनुसार तान्लिचोकबाट गाउँपालिका कार्यालय जाने क्रममा सडकबाट करीब ४३ मिटर तल खसेर जीप दुर्घटना भएको जानकारी दिएको छ । घाइतेमध्ये ६ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ भने चालक मिलन श्रेष्ठको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीको टीकापुरमा से१त १११६ नंको ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुरबाट इँटा बोकेर नारायणपुर जाँदै गरेको ट्र्याक्टरको चक्का फुत्किँदा ४० वर्षीया धनबहादुर चौधरीको मृत्यु भएको जानकारी दिएको छ । थप अनुसन्धान हुँदैछ ।

बस दुर्घटनाहुँदा १२ घाइते

बेनीमा ना ५ ख ५७२४ नम्बरको बस दुर्घटना भएको छ। सदरमुकाम बेनीबाट तोरीपानीतर्फ गइरहेको बस दुर्घटना हुँदा १२ जना घाइते भएको छ। बसमा १२ जना सवार थिए भने सबै यात्रु घाइते भएको छ। स्थानीयका अनुसार बस सडकदेखि ७ मिटर तल खसेको जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि बेनी अस्पतालतर्फ लगिएको छ ।