शौचालयमा बेहोस अवस्थामा भेटिएका सुवास नेम्वाङको मृत्यु

शौचालयमा बेहोस अवस्थामा भेटिएका सुवास नेम्वाङको मृत्यु

२६ भदौ, काठमाडौं : संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका अध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो । परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।  त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ । ‘मेडिकल प्वाइन्टबाट हेर्दा हामीले नाडी चले नचलेको, सास फेरे नफेरेको, मुटु चले नचलेको हेर्छौं । नेम्वाङमा ती केही पनि थिएनन् । हस्पिटल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भएको भन्ने हुन्छ । बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो । नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष सुवास नेम्वाङ लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए । अहिले पनि अस्पतालमा नेता–कार्यकर्ताहरुको भिडभाड छ । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने छ ।

डेङ्गीका कारण प्लेट्लेट्स कम हुँदा के गर्छन् डाक्टर

अन्तर्राष्ट्रिय  तथ्याङ्कलाई आधार मान्दा प्रत्येक दुईदेखि तीन वर्षको अन्तरालमा लामखुट्टेबाट सर्ने डेङ्गी रोग प्रकोप बनेर फैलिन्छ। गत वर्ष यो रोगले नेपालमा ठूलो क्षति पुर्‍यायो। डेङ्गीले यो वर्ष पनि उल्लेख्य सङ्ख्यामा मानिसहरूलाई सङ्क्रमित बनाइसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सन् २०२३ को ज्यानुअरीदेखि अहिलेसम्म देशभरि १३,००० जनालाई डेङ्गीको सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ। यो रोग हालसम्म ७४ वटा जिल्लामा फैलिसकेको छ। “पानी पर्ने मौसम भएकाले जोखिम बढ्दो छ। अझै तीनदेखि चार महिना ढुक्क हुने अवस्था छैन। सबैले सावधानी अपनाउनुपर्छ,” ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले बीबीसीसँग भने। सर्वसाधारण मानिसले यो रोगले पार्ने असरबारे बुझ्नु र सावधानी अपनाउनु नै डेङ्गी नियन्त्रणका लागि प्रभावकारी हुने डा दाहालको ठहर छ। प्रकोपको रूप लिन सक्ने डेङ्गी रोगबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च यूनिटका संयोजक डा शेरबहादुर पुनले डेङ्गी रोगसँग सम्बन्धित केही प्रश्नको उत्तर दिएका छन्।

डडेल्धुरामा पहिरो लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु

डडेल्धुरामा पहिरो लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । केआईसिंह राजमार्गअन्तरगत गन्यापधुरा गाउँपालिका-२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुंगा लागेर अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ । डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकले शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सवार ऐरलाई माथिबाट खसेको ढुंगा लागेको थियो । गम्भीर घाइते ऐनलाई थप उपचारका लागि धनगढी रेफर गरिएकोमा राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जी–२० सम्मेलनमा विश्व नेताहरू संयुक्त घोषणापत्रका लागि ‘सहमत’

जी-२० देशका नेताहरू संयुक्त घोषणापत्रप्रति सहमत भएको उक्त शिखर सम्मेलनको आयोजक राष्ट्र भारतले जनाएको छ। त्यसको जानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँले दिएका हुन्। मोदीले भने, “हाम्रो टोलीको कडा परिश्रम र तपाईँहरू सबैको साथ सहयोगले ‘नयाँ दिल्ली-जी-२० लिडर्स घोषणापत्र’मा सहमति जुटेको छ।”

घोषणापत्रमा युक्रेनमा जारी युद्धको सन्दर्भमा गत वर्ष बालीमा भएको छलफललाई दोहोर्‍याइएको छ।   “युक्रेनको युद्धका सम्बन्धमा बालीमा भएको छलफललाई दोहोर्‍याउँदै हामीले संयुक्त राष्ट्रसङ्घ सङ्घीय सुरक्षा परिषद् र संयुक्त राष्ट्रसङ्घको महासभाका प्रस्तावहरूमा हाम्रो राष्ट्रिय अडानलाई दोहोर्‍यायौँ र सबै देशहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्र, उद्देश्य र सिद्धान्त अनुरूप सहयोग गर्नुपर्छ भनेर जोड दिएका छौँ।” “संयुक्त राष्ट्रसङ्घको बडापत्र अनुसार सबै देशले क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता वा अन्य कुनै पनि राज्यको राजनीतिक स्वतन्त्रता विरुद्ध क्षेत्रीय अधिग्रहण वा बल प्रयोगको खतराबाट टाढा रहनुपर्छ। आणविक हतियारको प्रयोग वा प्रयोगको धम्की अस्वीकार्य छ।” भारतमा जी-२० सम्मेलनका लागि भेला भएका विश्वका नेताहरूबीच सबैभन्दा ठूलो मतभेद युक्रेनमाथिको रुसी आक्रमणलाई लिएर थियो। शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले सम्मेलनको आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए र दुई नेताले कैयौँ क्षेत्रमा सहकार्य गर्ने वाचा गरेका थिए। तर उक्त शिखर सम्मेलनमा विश्वका दुई सर्वाधिक शक्तिशाली राष्ट्रहरू रुस र चीनका सरकार प्रमुख अनुपस्थित छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङले बैठकमा भाग लिन आफ्ना प्रतिनिधि पठाएका छन्।

ड्रीम नेक्स्ट एजुकेशन फाउन्डेसनको इन-हाउस एजुकेशन फेयर सफलतापूर्वक सम्पन

ड्रीम नेक्स्ट एजुकेशन फाउन्डेसनले सेप्टेम्बर ३ मा ग्लोबल स्टडी पार्टनर्स (GSP) सँगको सहकार्यमा ड्रीम नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले इन-हाउस एजुकेशन फेयर सफलतापूर्वक सम्पन गरेको छ। शैक्षिक पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल र GSP का नेपाल डाइरेक्टर अनिल श्रेष्ठले संयुक्त रुपमा रिवन काटी उक्त शैक्षिक मेलाको समुद्घाटन उक्त शैक्षिक मेला तीन प्रमुख अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यहरू अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका र क्यानडाका कोर्स, स्कलरसीप फि स्टक्चर साथै शैक्षिक अवसरहरूको बारेमा विद्यार्थीहरुलाई वन टु वन काउन्सिलीङ गरी शैक्षिक परामर्श प्रदान गरीएको थियो कार्यक्रममा तीनसय पचास भन्दा वढी विद्यार्थीहरूले एजुकेशन फेयर भिजीट गरी एब्रोड स्टडीको बारेमा जानकारी प्राप्त ड्रीम नेक्स्ट एजुकेसनका सि ई ओ सन्तोष मण्डल र GSP का नेपाल डाइरेक्टर अनिल श्रेष्ठले कार्यक्रमलाई उत्कृष्ट र सफल बनाउन अमूल्य योगदान दिने विद्यार्थी अभिभावक साथै युनिभर्सिटीहरू, र बैंकिङ पार्टनर्सहरुमा धन्यवाद गरेकाथिए ।

प्रगतिशील शैक्षिक परामर्श संघको प्रथम साधरण सभा सम्पन्न

नेपालको शैक्षिक परामर्श क्षेत्रमा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा गहन र अद्वितीय भूमिका निर्वाह गर्ने उद्देश्यसाथ नेपाल प्रगतिशील शैक्षिक परामर्श संघ (पेकान) ले भदौ १६ गते आफ्नो उद्घाटन राष्ट्रिय अधिवेशन सफलतापूर्वक सम्पन्न गर्‍यो। महाधिवेशनले सम्माननीय वासुदेव नेपालको अध्यक्षतामा नयाँ केन्द्रीय समितिको निर्वाचन गरेको थियो। ।

महाधिवेशनमा वर्ष भरि आफ्नो मिसनमा समर्पित रहेर लगनशील कार्य समितिले पुरा गरेको आफ्ना गतिविधि र उपलब्धिहरूको विस्तृत प्रतिवेदन प्रस्तुत भएको तत्कालिन अध्यक्ष विष्णु पोखरेलले बताए । शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व श्री बासुदेव नेपाल आफूसँग धेरै अनुभव र विज्ञता बोकेर पेकानको अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै,उपाध्यक्षहरूका रूपमा निर्वाचित बालकृष्ण विष्ट र दीपक खनालले संगठनको दृष्टिकोणमा आफ्नो समर्पण र योगदान रहने वताए। नेतृत्वको विविधतालाई थप गर्दै सुश्री सुष्मा आचार्यले महिला उपाध्यक्षको भूमिका ग्रहण गरिन् । महासचिवको निर्णायक पद रबिन केसीलाई सुम्पिएको थियो, जसले पेकानको परिचालन पक्षहरूको निरीक्षण गर्नेछन्। यस भूमिकामा उनलाई सहयोग गर्न सचिवहरू रामचन्द्र केसी, कृष्ण कँडेल, र विश्व कल्याण अधिकारी अएका छन् । यी सबै ब्यक्तीत्वहरूले संगठनलाई निरन्तर आफ्नो अद्वितीय सीप र दृष्टिकोण योगदान दिइरहने छन्। आर्थिक मामिलाको जिम्मेवारी सम्हाल्दै, पेकानको स्रोत साधनको विवेकपूर्ण व्यवस्थापनलाई सुनिश्चित गर्ने जिम्मेवारी सहित कोषाध्यक्षमा श्री राम थापालाई नियुक्त गरिएको छ । कार्यसमिति विस्तार गर्दै पेकानले पवित्र थापा मगर, मेनुका ढुंगाना, सुनिल खतिवडा, बलराम आचार्य, सूर्यमोहन आचार्य, छत्रबहादुर विष्ट, निरजन शिवाकोटी, यज्ञ बिलास पौडेल, पुष्पराज पहारई र रविन तिमिल्सिनालाई सदस्यमा निर्वाचित गरेको छ । PECAN को भविष्यका प्रयासहरूको लागि समर्थन जुटाउन यो ऐतिहासिक सम्मेलनले एउटा नयाँ सुरुवातको आरम्भ गरेकोछ, जसले नेपालमा शैक्षिक परिदृश्यलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतालाई संकेत गर्दछ। वासुदेव नेपालको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय समितिले संस्थालाई शैक्षिक परामर्श क्षेत्रमा थप उपलब्धि, नौलोपन र उत्कृष्टतातर्फ लैजाने तयारी गरेको छ ।

सेप्टेम्बर ३ मा, VED इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले ललीतपुर शाखामा वेद एक्स्पो सफलतापूर्वक सम्पन्न

सेप्टेम्बर ३ मा, VED इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले ललीतपुर शाखामा वेद एक्स्पो सफलतापूर्वक सम्पन्न गरेको छ। ECAN का निवर्तमान अध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेष राज भट्टराईद्वारा संयुक्तरुपमा रिवन काटेर सुरूवात गरिएको उक्त एक्स्पोले अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा, यूके र न्यूजील्याण्ड गरेर पाँच विशिष्ट अध्ययन गन्तव्यहरूलाई समेटेर आकर्षक प्रदर्शन गरेको थियो। एक्स्पोमा 500 भन्दा बढी विद्यार्थीहरूले सहभागी भई उनीहरूले प्रतिष्ठित युनिभर्सिटीहरूका सम्मानित प्रतिनिधिहरूसँग वन टु वन काउन्सिलीङगरेर एब्रोडस्टडीको बारेमा शैक्षिक परामर्श लिनुका साथै छलफलसमेत गरेका थिए। उक्त कार्यक्रमले सहभागीहरूलाई उनीहरूको अन्तर्राष्ट्रिय शैक्षिक कार्यहरूलाई समर्थन गर्ने सम्भावित अवसरहरूमा विस्तृत जानकारी थप प्रोत्साहनको रूपमा, सहभागीहरूले एक्स्पोको समग्र आकर्षणलाई बढाउँदै आकर्षक उपहार र विशेष अफरहरू जित्ने अवसर पनि पाएका थिए। VED इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका सि ई वो आशिक कार्कीले कार्यक्रम सफल्तापुर्वक सम्पन्न भएको जानकारी गर्दै उपस्थित विद्यार्थी ,अभिभावक रिप्रिजेनटेटीभ साथै बैंकिङ साझेदारहरुमा धन्यवाद व्यक्त गर्नु भएको थियो।

ड्रिम अन कन्सल्टेन्सीको नवौ वार्षिकोत्सव अवसरमा ईनोभेसन डे सम्पन्न

काठमाडौं डिल्लीबजारमा रहेको ड्रिम अन कन्सल्टेन्सीले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा ईनोभेसन डे सम्पन्न काठमाडौं डिल्लीबजारमा रहेको ड्रिम अन कन्सल्टेन्सीले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा ईनोभेसन डे सम्पन्न गरेको छ। ऊक्त कार्यक्रमको समुद्घाटन ईक्यानका अध्यक्ष शेषराज भट्टराईले गर्दै सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको थियो । ईनोभेसम डे मा विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूले अस्ट्रेलिया न्युजल्याण्ड, यु के , यु एस ए र क्यानडाका लगायत देशहरूमा अध्ययन गर्न जानको लागी ऊपस्थीत विद्यार्थीहरुलाई अब्रोड स्टडी, डेस्टीनेसन, कोर्स, स्कलरसीपका बारेमा शैक्षिक परामर्श र छलफल गरिएको थियो। ऊक्त कार्यक्रममा विस भन्दा वढी युनिभर्सिटी ,ट्राभल एजेन्सी ,र बैङ्कहरूको समेत ऊपस्थीत रहेको थियो । बिध्यार्थीहरूको बाक्लो उपस्थिती रहेको शैक्षिक मेला बाट अभिभावक र विद्यार्थीहरुले अब्रोड स्ट्डी सम्बन्धि जानकारी पाउँदा बिध्यार्थीहरू हर्षित देखिन्थे। इनोभेसन डे नीकैनै सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकले कार्यक्रम सफल बनाउन सहयोग सम्पूर्णमा घन्यबाद ब्यक्त गर्नु भएको थीयो। इनोभेसन डेमा उपस्थित सहभागीलाई संस्थाका सिइओ भिम बहादुर थापाले मायाको चिनोसहित विषेश धन्यवाद व्यक्त गर्नु भयो।

 

चीनको नयाँ नक्साबारे नेपाल पनि बोल्यो

चीनले हालै जारी गरेको आफ्नो देशको नयाँ नक्सामा यसअघि नेपालले लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई समेटेर सार्वजनिक गरेको नक्सालाई बेवास्ता गरेको भन्दै नेपालले पनि प्रतिक्रिया जनाएको छ। भारत लगायत केही देशले विरोध जनाउने गरी उत्तरी छिमेकीले ‘प्रचलित नक्सा’ जारी गरेको चार दिन पछि नेपाली परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालको नक्सालाई सम्मान गर्न भनेको छ। “सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले पारित गरेको राजनीतिक एवं प्रशासकीय नक्साप्रति नेपाल स्पष्ट र दृढ रहेको छ,” सञ्चार माध्यमको जिज्ञासाबारे परराष्ट्र मन्त्रालयले शुक्रवार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ। “यो नक्सालाई हाम्रा छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नु पर्छ भन्नेमा नेपाल सरकारको स्पष्ट विश्वास रहेको छ। आफ्ना सीमा मामिलाहरूलाई वार्ता र कूटनीतिमार्फत समाधान गर्न नेपाल प्रतिबद्ध छ।”

बेइजिङले सोमवार जारी गरेको नयाँ नक्सामा नेपालले सन् २०२० मा संविधान संशोधन गरेर थप गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतमै देखाइएको छ। नेपालले आफ्नो दाबी गरेको यो क्षेत्र भारतको नियन्त्रणमा छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणको तयारी गरिरहँदा नेपालले पनि बेइजिङको नक्साबारे विरोध जनाउनुपर्ने पक्षमा नेपालमा आवाज उठिरहेको छ।