पूँजी बजारका समस्या समाधान गर्न अर्थमन्त्री सकारात्मक

शेयर लगाानीकर्ताका संगठन नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघले नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन्। लगानीकर्ताहरुले अर्थमन्त्री पौडेललाई भेटेर पूँजीबजारका समस्या सम्बोधन गर्न आग्रह गरेका छन्।  भेटमा लगानीकर्ताले ब्रोकर लाइसेन्सको काम अघि बढाउनुपर्ने, शेयर धितो कर्जाको जोखिम भार १०० मा झार्नुपर्ने, पूँजीगत लाभकर साढे ७ प्रतिशतबाट ५ प्रतिशतमा झार्नुपर्ने र शेयर धितो कर्जामा १२ करोडको सिमा हटाउनुपर्ने माग गरेका थिए। उक्त विषयमा अर्थमन्त्री पौडेलले पूँजीबजारमा देखिएका समस्या सामाधानको लागि सहकार्य गर्न तयार रहेको बताएका छन्। “अर्थतन्त्रका सबै क्षेत्रमा भएका समस्या सामाधान गर्दै सबल र सुदृढ अर्थतन्त्रको भएको मुलुकको रुपमा विकास हुनुपर्छ। हाम्रो प्रयास त्यहि उद्देश्यको निम्ति केन्द्रित हुनुपर्छ” अर्थमन्त्रीले  भने ” अर्थमन्त्रालयको नेतृत्वमा रहँदा आर्थिक जगतका सबैसँग सहकार्य गर्दै अर्थतन्त्रलाई बलियो बनाउनेतर्फ लाग्ने सकारात्मक रहेको बताएका छन्।” उनले पूँजीबजारका समस्याहरुलाई आगामी दिनमा छलफलको विषय बनाउने समेत बताएका छन्।

 

Spread the love