आमाको मुख हेर्ने पर्व मातातिर्थ औषी

आमाको मुख हेर्ने पर्व मातातिर्थ औषी

आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व शास्त्रमा उपाध्याय , आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ।

आज आमाको मुख हेर्ने दिन – मातातीर्थ मेला सामान्य चहलपहल

दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता छ।

गभर्नरलाई निरन्तर काम गर्ने सर्वाेच्चले दियाे आदेश

गभर्नरलाई निरन्तर काम गर्ने सर्वाेच्चले आदेश गरेको छ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि पर्याप्त कारण बिना जाँचबुझ गर्ने निर्णय गरेको भन्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । यो आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने भएका छन् ।  सर्वोच्च अदालतले नियमित रुपमा मूल मुद्दामाथि सुनुवाइ गर्नेछ । त्यतिञ्जेलसम्म गभर्नर अधिकारीले नियमित काम गर्न पाउनेछन् । २४ चैत २०७८ को मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न समिति गठन गरेपछि उनी निलम्बनमा परेका थिए ।

७५३ वटै मतगणनास्थलमा सीसी क्यामरा

१६ वैशाख, काठमाडौं : मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको छ । सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको हो । निर्वाचनका लागि कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

मतदाताले हेर्न चाहेमा आयोगका वेबसाइटमा नामावलीको सूची मात्रै हेर्न सक्नेछन् । निर्वाचनका लागि कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् ।  निर्वाचनका लागि पठाइएका सामग्री र मतपत्रको सुरक्षा, पालिका तहमा वितरण, आयोगका परिपत्रको कार्यान्वयन, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसँगको समन्वय आदिबारे सो बैठकमा छलफल भएको छ । यही वैशाख ११ र १२ गते प्राप्त उम्मेदवारको मनोनयनपत्र दर्ता भएकामा आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र वैशाख १७ गते निर्वाचन चिह्न वितरण गर्ने कार्यसूची छ ।

अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपको एजेन्ट मिट सम्पन्न

१६ वैशाख: अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपले प्रदान गरिरहेको सेवा नर्थ अमेरिकामा अबस्थित स्यान फ्रान्सीस्को स्टेट युनिभर्सिटीका बारेमा जानकारी गराउने उ्देश्यले आफ्ना पाट्नरहरुलाई एक वर्कशप को आयोजना गरेको छ। अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपका एसोसीएट्स् डाइरेक्टर मोहिद राजाले लामो समय देखि अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपले आफ्नै इङ्लिस कोर्स र UK, Europe, North America, Canada, लगायतका स्थानहरूमा University Pathway सञ्चालन गरीरहेको विषयमा जानकारी गराउनु भएको थियो।   “हामी अहिले, U.K र North America मा Academic Partnership मा छौं। UK मा हामी De-Montfort University, University of Greenwich, Dundee University, Bangor University, Bradford University सँग सहकार्य गरी पाथवे प्रोग्राम सञ्चालन गरीरहेका छौ”। उक्त कार्यक्रममा North America को San Francisco States University लाई आँफुले अब प्रवर्दन गर्ने विषयका बारेमा जानकारी गराउनु भयो। अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपका नेपाल र श्रीलङ्काका लागि कन्ट्री मेनेजर राजु पौडेलले नर्थ अमेरिकामा अबस्थित San Fransisco State University लाई आँफुले प्रवर्द्धन गर्न पाउँदा आफ्ना एजेन्टहरु पनि खुशी रहेको जानकारी गराउनु भयो।

उक्त कार्यक्रम उपस्थित एजेन्टहरुले अक्स्फोर्ड इन्टरनेशनल एजुकेशन ग्रुप संगको कार्य अनुभवका बिषयमा विभिन्न प्रतिक्रिया दिनु भएको थियो।

४८ खर्ब पुग्यो अर्थतन्त्रको आकार

काठमाडौँ, १५ वैशाख : एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ। कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो ।  उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ । सो आयोजनाले हालसम्म झण्डै रु पाँच अर्ब बराबरको बिजुली बिक्री गरेको छ । अर्थतन्त्रका जानकारहरूले एक युनिट बिजुली बराबर रु १०० बराबरको बहुपक्षीय प्रभाव पर्ने बताउँदै आएका छन् । यही आधारमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत माथिल्लो तामाकोसीले महत्वपूर्ण योगदान पु¥याएको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको आव २०७८/७९ को राष्ट्रिय लेखा तथ्याङ्कानुसार आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने देखिएको छ । विश्व बैंक, एसियाली विकास र आइएफएफजस्ता संस्थाले नेपालको कूल आर्थिक वृद्धिदर न्यून हुने प्रक्षेपण गरिरहेको बेला सरकारको एक निकायले भने आशातित तस्वीर सार्वजनिक गरेको हो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो परियोजनाले कूल छ महिना नेपालको ऊर्जा क्षेत्रलाई पूर्णरूपमा आत्मनिर्भरसमेत बनाएको छ ।  वस्तु तथा सेवा आयात रु १८ खर्ब २० अर्ब ८२ करोड, चालु मूल्यमा कूल राष्ट्रिय बचत कूल गार्हस्थ्य उतपादनको ३१.९५ प्रतिशत बराबर छ । कूल ग्रर्हस्थ्य उत्पादनको १९.८१ प्रतिशत बराबरको विप्रेषण आय भएको विभागको ठहर छ । रु नौ खर्ब ६१ अर्ब सात करोड बराबरको विप्रेषण चालु आवको अन्त्यसम्म आप्रवाह हुने यसबाट देखिन्छ । प्रतिव्यक्ति कूल गार्हस्थ्य उतपादन रु एक लाख ६४ हजार ५९८ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा एक हजार ३७२ बराबर हो । त्यस्तै प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन रु एक लाख ६५ हजार ६४९ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा एक हजार ३८१ बराबर हो ।

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले चालु आवमा कूल आयात कूल २० खर्ब बराबर पुग्ने अवस्था देखिएको जानकारी दिनुभयो । – रासस

NMB Bank Rating upgraded by ICRA Nepal to “A”

ICRA Nepal has upgraded the issuer rating of NMB Bank Limited (NMB) from [ICRANP-IR] A- to [ICRANP-IR] A indicating an adequate degree of safety regarding the timely servicing of financial obligations. Such issuers carry low credit risk. ICRA Nepal Limited, the first credit rating agency of Nepal and licensed by the Securities Board of Nepal (SEBON), is a subsidiary of ICRA Limited (ICRA) of India.

The rating upgradation factors in the bank’s ability to successfully consolidate its business following a series of mergers/acquisitions, as reflected in the recent improvement in asset quality and delinquencies. In the past few years, the bank has improved its market positioning through a strong branch network, adequate market share and large customer base across the country while improving the portfolio granularity in the process. The bank continues to maintain a comfortable capitalization and liquidity position that makes it better positioned to handle credit/liquidity shocks. The upgradation has also derived comfort from the Bank’s adequate track record, good ownership profile, experienced management team, established underwriting and risk management practices.

The upgrade is a testament to the Bank’s exemplary track record and improvement in overall performance even when the economy is reeling under the impact ofCovid 19 pandemic. ‘The Banker Magazine’ of The Financial Times, London, has awarded NMB Bank with the prestigious Bank of the Year Asia 2021. The bank has also been awarded with Bank of the Year in 2017, 2018, 2020 & 2021. NMB Bank is currently providing its services through 201 branches, 138 ATMs and 11 extension counters.

क्यान इन्फोटेक सम्पन्न – अवलोकनकर्ताको उत्साहजनक सहभागिता

यहि बैसाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म आयोजना भएको आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आर सफलता पुर्वक सम्पन्न भएको छ ।

सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनी (Exhibition) को यो २७ औं संस्करण यसअघि कोविद १९ तथा सोहि सम्बन्धि नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै विगतमा २ पटकसम्म स्थगित भएको थियो । शुरुदेखि नै पुष/माघ/फाल्गुनको जाडो महिनामा हुने प्रदर्शनी यस पटक पहिलो पटक बैशाख महिनामा सम्पन्न भएको हो ।

इन्फोटेकमा आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएकोमा प्रायजसो स्टलहरुले छूट तथा अफरहरूलाई आगामी १-२ महिनासम्म कायम राख्ने क्यान महासंघलाई जानकारी गराएका छन ।

बैसाख ७ गते एक समारोहका विच सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीज्यू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलज्यू, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठज्यू, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष श्री शेखर गोल्छाज्यू, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लज्यु,नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष श्री पुरुषोत्तम खनालज्यू, सम्माननिय प्रधानमन्त्रीज्यूको सूचना प्रविधि बिज्ञ श्री  दिपेश बिष्टज्यू, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव श्री अनिल दत्तज्यु, नेपाल उद्योग परिसंघका उपाध्यक्ष श्री विरेन्द्रराज पाण्डेज्यू एवं क्यान महासंघका संस्थापक, निवर्तमान तथा पुर्व अध्यक्षज्युहरु लगायत मुख्य प्रायोजक आइएमइ  पेका अध्यक्ष  श्री हेमराज ढकालज्यु र सह-प्रायोजक एससिटीका प्रमुख कार्यकारी अधिकृत  श्री नारायण भुजुज्यु लगायत सुचना तथा संचार प्रविधिको क्षेत्रका अग्रजहरुको सहभागितामा प्रदर्शनीको शुभारम्भ गरिएको थियो ।

२ वर्ष अगाडि सम्पन्न क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाख जनाले अवलोकन गरेकोमा यो संस्करणमा करिव सवा २ लाखजना अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरेका छन । एस.इ.इ.को परिक्षा, त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न संकायमा भैरहेको परिक्षा, कजेलहरुको पूर्वबोर्ड परीक्षा (Peboard Exam), स्थानिय चुनाव तथा यस सम्बन्धि निर्वाचन आयोगको आचार संहिता, पछिल्लो दुई दिन स्थानीय तह निर्वाचनको लागि राष्ट्रिय सभागृहमा मनोनयन दर्ता गर्ने कार्यक्रम, अघिल्लो २ दिन वर्षाको अवरोधका कारण अवलोकनकर्ताको संख्यामा कमि देखिए पनि यसलाई स्वाभाविक लिनुपर्ने क्यान महासंघको धारणा रहेको छ ।

प्रदर्शनीको ६ दिनको अवधिमा नेपालका लोकप्रिय कलाकार स्वस्तिमा खड्का, निस्चल बस्नेत, सुष्मा कार्की, दीपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’, सागर लम्साल ‘बले’ तथा लोकप्रिय गायक सुशान्त केसी, स्वप्न सुमन, र्याप गायक राजेन्द्र भट्ट ‘मिस्टर आरजे’, गिरीस खतिवडा, पब्जी खेलाडी इन्दु मल्ल लगायत समाजमा चर्चित ब्यक्तित्वहरुले प्रदर्शनीमा उपलब्ध सुचना तथा संचार प्रविधिको अवलोकन गरेका छन । यसैगरी लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली तथा आयोगका सदस्यहरु, माननियहरु, पूर्वराजदूत भागीरथ बस्नेत, पूर्वसचिव इन्जिनियर हरी राम कोइराला लगाएत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, विभिन्न नियोगमा कार्यरत कर्मचारीहरुले पनि प्रदर्शनीको अवलोकन गरेका छन ।

क्यान इन्फोटेकको स्टार्टअप र इन्नोभेशन खण्डमा रहेका २६ वटा स्टलहरुमा सबै दिननै अवलोकनकर्ताको आकर्षण देखिएको थियो । अवलोकनकर्ताहरुले स्टार्टअप र इन्नोभेशनलाई प्राथमिकता दिने क्यान महासंघको निर्णयको स्वागत गरेका छन । इन्नोभेशनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानसंग सहकार्य गरेको थियो भने स्टार्टअपका निम्ति सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरुबाट छनौट गरिएको थियो ।

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको उत्कृष्ट स्टलको पुरस्कार वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेड तथा उत्कृष्ट स्टार्टअपको पुरस्कार बि.आइ.सि. टेक्नोलोजी प्रा.लि. (BIC Technology Pvt. Ltd.) ले जितेका छन । उत्कृष्ट स्टलको पुरस्कार मूल्य ने.रु. पचास हजार रहेको छ भने उत्कृष्ट स्टार्टअपलाई राष्ट्रिय सुचना प्रविधि दिवसको अवसरमा पुरस्कृत गर्ने क्यान महासंघको योजना रहेको छ ।

क्यान इन्फोटेकको २७ औं संस्करण सफलतापुर्वक आयोजना गर्न सहयोग पुरयाउनुहुने प्रायोजक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरु, प्रदर्शक एवं अवलोकनकर्ता, सरकारी निकायहरु, संचार माध्यम एवं पत्रकार मित्रहरुमा क्यान महासंघ हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दछ ।

क्यान इन्फोटेक २०२२ मा १७० स्टलहरु विभिन्न खण्डमा रहेका थिए जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ मुख्य खण्ड रहेका थिए ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन (Title Sponsor) आइएमइ पेले गरेको थियो भने सह-प्रायोजक (Associate Sponsor) एससिटी स्मार्ट क्युआर युनियन पे रहेको थियो ।

इन्फोटकको प्लाटिनम प्रायोजक  – वर्ल्डलिङ्क कम्युनिकेसन, डायमण्ड प्रायोजक –  डिस होम फाइवरनेट, गोल्ड प्रायोजकमा – जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, सिल्भर प्रायोजकमा – नमस्ते पे, डिजिकम, एस-पावर बिपिइ, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजी र टेकमिन्ट रहेका थिए । त्यसैगरी इन्नोभेसन पार्टनर (Innovation Partner) सफ्टवेरिका कलेज, एकाडेमिक पार्टनर (Academic Partner) को रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब (x-Lab), इकमर्स पार्टनर (eCommerce Partner ) सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनर (Digital Display Partner ) को रुपमा अल्ट्रा एल.इ.डि. (Ultra LED) रहेका थिए । क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि भर्चुअल प्रदर्शनी (Virtual Exhibition) समेतको ब्यबस्था गरिएको थियो । उक्त  भर्चुअल प्रदर्शनी (Virtual Exhibition)को निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनर (Virtual Exibition Partner) को रुपमा  क्यान महासंघसंग सहकार्य गरेको थियो । त्यसैगरी प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रवन्ध गर्न रेबान (REBAN) सँग सहकार्य गरिएको थियो भने प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आइएमई बैंक, अफिसियल इन्स्युरेन्सको रुपमा आइएमई जनरल ईन्स्युरेन्स रहेका थिए ।

ईन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय, सुचना प्रविधी विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसियसन अफ नेपाल लगायत अन्तराष्ट्रिय संस्था विट्सा (World Innovation Technology Services Alliances), असोसियो (Asian Ocean Computing Industry Organisation) को  प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग एवं समर्थन रहेको थियो ।

साउनबाट आई पि यो भर्न अब औठाछाप अनिबार्य

साउनबाट आई पि यो भर्न अब औठाछाप अनिबार्य भएको छ । नयाँ वर्षदेखि कार्यान्वयनमा लैजाने भनिएको बायोमेट्रिक सेन्ट्रलाइज केवासीको लागि चाहिने निर्देशिका समेत बोर्डले स्वीकृत गरिसकेको छ।  अर्काका नाममा शेयर भर्नेहरूलाई केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले नयाँ आर्थिक वर्षबाट लगाम लगाउने भएको छ। आउने नयाँ आर्थिक वर्षबाट कार्यान्वयनमा लैजान जोडतोडले काम गरिरहेका छौ। बायोमेट्रिकसहितको सेन्ट्रलाईज केवाइसी आएपछि वास्तविक लगानीकर्ताको अझै राम्रो गरी पहिचान हुनेछ। हामीले बायोमेट्रिक सेन्ट्रलाइज केवाइसी सफ्टवेयर निर्माण छ। केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७७ स्वीकृत बोर्डले स्वीकृत गरेको हो।

सीडिएससीले बायोमेट्रिकसहितको सेन्ट्रलाइज केवाइसीको काम करिब करिब अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। बीचमा कुनै अवरोध नआए नयाँ सेन्ट्रलाइज केवाइसी आउने नयाँ आर्थिक वर्षबाट कार्यान्वयनमा जाने बताइएको छ। सर्वसाधारण उक्त केवाइसी अधिकार प्राप्त केवाइसी प्रतिनिधिको सहयोगमा घरैबाट समेत भर्न सक्नेछन्। ग्राहकले विद्युतीय केवाइसीका लागि आवेदन दिए पश्चात् प्रणालीबाट पृथक् केवाइसी आइडी प्राप्त गर्नेछन्।    सेन्ट्रलाइज केवाइसीकाे बिशेषतामा “प्रणालीमा ग्राहकको विद्युतीय व्यक्तिगत परिचय विवरण, फोटो, औँठा छापको छाया चित्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि लगायतका ग्राहकको परिचय खुल्ने प्रमाणपत्रसहितको केवाइसी विवरण विद्युतीय रुपमा प्रविष्ट हुने छ” ।सर्वसाधारणले केही निश्चित शुल्क भने तिर्नुपर्ने छ।

 

 

 

Nepal Earthquake And its Impact

२०७२ को विनाशकारी भूकम्प बिर्सियौँ

२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा आएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पलाई नेपालमा भूकम्पीय मापन सुरु भएदेखि  १९९० सालपछिको सबैभन्दा ठुलो भूकम्प थियो । ७ वर्षको अवधिमा भूकम्पले क्षति अधिकांश संरचनाहरू पुनर्निर्माण भइसकेका छन् । धरहरा नयाँ रूपमा उभ्याइयो । ध्वस्त भएका र टेको लगाएर अड्याइएका थुप्रै संरचनाले नयाँ रूप पाए । ष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार ८ हजार ९ सय ९९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए । ८ लाख १७ हजार घर, भवन, भौतिक संरचनामा क्षति पुगेको थियो । भूकम्पले ७०६ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । बि.स. १९९० सालमा गएको महाभूकम्प (८ रेक्टर स्केलभन्दा बढी) पछि गएको अर्को ठुलो भूकम्पले करिब ९ हजार जनाको ज्यान लियो ।

‘पानीको बोतलले प्रहार गरिएपछि’ विमानमा माइक टाइसनको मुक्का

पूर्व हेभिवेट बक्सर माइक टाइसनले सँगै विमानमा यात्रा गरिरहेका नजिकैका यात्रुले ‘पानीको बोतलले हानेपछि’ उनलाई मुक्का प्रहार गरेको टाइसनका प्रवक्ताले बताएका छन्। हल अफ फेममा सम्मानित बक्सरका एक जना प्रवक्ताले ‘आफूलाई दुर्व्यवहार गरिरहेका एक जना आक्रामक यात्रु’ माथि टाइसनले त्यस्तो प्रतिक्रिया जनाएको उल्लेख गरेका छन्।

विमानमा लिइएको भिडिओमा टाइसन आफ्नो सिटमा अडेस लागेर बसिरहेका एक जना पहिचान नखुलेका व्यक्तिलाई निरन्तर मुक्का हानिरहेको देखाइएको छ। त्यसपछि प्रहरीलाई खटाइएको थियो र अस्थायी रूपमा दुई जनालाई पक्राउ गरिएको थियो।

एक जना व्यक्तिलाई सान फ्रान्सिस्को विमानस्थलमा नै उपचार गरिएको थियो। “ती व्यक्तिले घटनाबारे एकदमै कम कुरा बताए र प्रहरी अनुसन्धानमा सहयोग गर्न अस्वीकार गरेका थिए।थप अनुसन्धान जारी रहँदा दुवैलाई रिहा गरिएको छ। प्रहरीले त्यसमा संलग्न व्यक्तिहरूको परिचय खुलाएका छैनन्। जेटब्ल्यूको बुधवार रातिको उडान सुरु हुन लाग्दा विमानभित्र उक्त घटना भएको थियो। सो विमान सान फ्रान्सिस्कोबाट फ्लोरिडातर्फ जान लागेको थियो।