त्रिकोणात्मक क्रिकेट श्रृङ्खला – नेपाललाई क्रिकेटको उपाधि

त्रिकोणात्मक क्रिकेट श्रृङ्खला – नेपाललाई क्रिकेटको उपाधि

दीपेन्द्रसिंह ऐरीको शानदार प्रदर्शनमा नेपालले टी-२० त्रिकोणात्मक शृङ्खलाको फाइनलमा पपुवा न्युगिनीलाई हराएको छ। ऐरीले बलिङमा पनि चार विकेट लिएपछि प्रतिद्वन्द्वी टोली १६.१ ओभरमा ११८ रनमा समेटियो र ५० रनले पराजित भयो। कीर्तिपुर क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले १६८ रन जोडेको थियो। ऐरीले सर्वाधिक ५४ रन बनाए।

नेपालको सुरुआत सोमवार पनि राम्रो हुन सकेन। नेपालले लीग चरणमा पपुवा न्युगिनी र मलेशियालाई दुई-दुई पटक पराजित गरेको थियो। यसअघि काठमाण्डूमा नै भएको एकदिवसीय शृङ्खलामा भने नेपाललाई दुवै खेलमा हराएर पपुवा न्युगिनीले शृङ्खला जितेको थियो। ऐरीले सोमवार २१ रन पूरा गर्दा १,००० टी-२० अन्तर्राष्ट्रिय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने।

सो ओभरमा पपुवा न्यूगिनीका बायाँ हाते तेज गतिका बलर सेमो कामियाले नेपालका तीन खेलाडीहरूलाई आउट गरेर नेपाली ब्याटरहरुलाई ठूलो दबाव दिएका थिए।  उक्त ओभरको पहिलो बलमा आशिक आउट हुन पुगे। उनी २९ रनमा रहँदा साइकाबाट समातिएका थिए भने तेस्रो बलमा उनका दाजु आरिफले कप्तान भालालाई सामान्य क्याच थमाउन पुगे।

उपकार लघुवित्तको आईपीओ चैत २५ गतेदेखि निष्काशन

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि चैत २५ गतेदेखि आईपीओ निष्काशन  गर्ने भएको छ। लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ को ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सानेको ‘सिटामोल’मा सौगात

सौगात र बेनिशाले एक नयाँ फिल्ममा भने एकसाथ काम गर्ने भएका छन् । फिल्म ‘झ्यानाकुटी’मा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालले पहिलो पटक एकसाथ काम गरेका थिए ।  सौगातले पहिलो लकडाउनमै यो फिल्म साइन गरेका थिए । फिल्ममा बेनिशा भित्रिएको भने दुई महिना भएको छ । सौगात र बेनिशाले एक नयाँ फिल्ममा भने एकसाथ काम गर्ने भएका छन् । अब ‘झ्यानाकुटी २’ निर्माण हुने वा नहुनेमै अन्योल देखिएको छ ।  सौगात मल्लको समय मिलेको खण्डमा जेठ अन्तिमबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्देशक साने छन् ।

  ‘वृन्दावन’, ‘वीरंगना’, ‘डोली’, ‘गूड फ्रेन्ड’ जस्ता फिल्मको निर्देशन गरिसकेका राजबहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्म ‘सिटामोल’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।  फिल्ममा झगडिया श्रीमान्-श्रीमतीको भूमिकामा अभिनय गरेका उनीहरुको केमेस्ट्रीलाई दर्शकहरुले रुचाएका थिए । यो फिल्मको सिक्वेलमा फेरि उनीहरु दोहोरिन लागेको चर्चा पनि चलेको थियो ।
कोरोनाका कारण दुई वर्ष छायांकनमा जान नसकेको फिल्म यतिबेला सौगातको व्यस्तताले छायांकनमा ढिलाई भएको छ । चैत अन्तिमबाट उनी फिल्म ‘दुई नम्बरी’को छायांकनमा व्यस्त हुँदैछन् । यसपछिको समय भने निर्देशक सानेले ‘सिटामोल’का लागि मागेका छन् ।

श्रीलङ्कामा कर्फ्यूको अवज्ञा २६ मन्त्रीको सामूहिक राजीनामा

श्रीलङ्का : दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन्। मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन्।

यो आंशिक रूपमा विदेशी मुद्राको अभावले गर्दा भएको हो, जुन इन्धन आयातको भुक्तान गर्नका लागि प्रयोग गरिन्छ। लगभग आधा दिन लोडसेडिङ, खाद्यान्न, औषधि अनि इन्धनको अभावका कारण सर्वसाधारणहरू क्रुद्ध भएका छन्। श्रीलङ्काका शिक्षामन्त्रीले आइतवार मन्त्रीपरिषद् सदस्यहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन्। खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन चर्किएपछि श्रीलङ्कामा सरकारले ३६ घण्टाका लागि कर्फ्यु घोषणा गरेको थियो।

काठमाडौंका पेट्रोलपम्पहरुमा लामो लाइन

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएसँगै शनिबार बिहान काठमाडौंका पेट्रोलपम्पहरुमा लामो लाइन देखिएको छ। निगमले आगामी दिनमा पेट्रोलियम आपूर्ति व्यवस्था सहज बनाइराख्न अत्यन्त कठिन हुने जनाएको छ ।

आगामी दिनमा पेट्रोल अभाव हुन सक्ने भन्दै मोटरसाइकल तथा साना सवारी चालकहरू पेट्रोल पम्पमा लाइन लाग्न थालेका हुन्।

नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि थप अभाव भएको हो।अहिले नेपाली सेना, पुलिस र सशस्त्रको पम्पहरूमा सवारीको बाक्लो लाइन छ।

padma-hospital

बिरामीको मृत्युपछिअस्पतालमा तोडफोड

कैलालीको पद्मा अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेको छ।चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ।शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका-३ का  ३८ वर्षीय विनोद बोहराको उपचारका क्रममा शनिबार मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् ।स्थानीयले चिकित्सकको लापरबाहीले होहराको मृत्यु भएको भन्दै अत्तरिया चोकमा टायर बालेर प्रदर्शनसमेत गरेका छन् । यातायात सेवा पनि अवद्ध भएको छ ।स्थानीयले भने चिकित्सकले लापरबाहीका कारण मृत्यु भएको भन्दै कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।तोडफोडबाट अस्पतालको भ्यान, एम्बुलेन्स र भवनको सिसामा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रहार गर्नुपरेकोबताए। थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको प्रहरीले बताए।

 

रुस-युक्रेन युद्धको असर नेपालको पर्वतारोहणमा

काठमाडौं : कोभिड महामारीपछि तङ्ग्रने प्रयास गरिरहेको नेपालको पर्वतारोहण क्षेत्र रुस-युक्रेन युद्धको छायामा पर्न सक्ने भय अधिकारीहरूले व्यक्त गरेका छन्। यसपालि अघिल्लो वर्षहरूको तुलनामा कम पर्वतारोहीहरूले आरोहणका लागि अनुमति लिएका छन्।

अनुमति दिने क्रम वर्षभरि नै चलिरहने भन्दै पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाका निर्देशकले हिमाल आरोहीहरूको सङ्ख्या थप बढ्न सक्ने  छन्।  गएको वर्षको वसन्तयाममा ९३ वटा आरोहण दल अन्तर्गत ६३५ जना विदेशी आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएका थिए। त्यसमा विश्वको सर्वोच्च शिखर सगरमाथाको लागि अनुमति लिने ४६ वटा समूहमा ४०८ जना विदेशी आरोही थिए। नेपाली शेर्पासहित ४५९ जनाले सगरमाथाको सफल आरोहण गरे भने नेपालले ७१ करोड रुपैयाँभन्दा बढी रोयल्टी पर्वतारोहण क्षेत्रबाट भित्र्यायो।

हालसम्म विभिन्न ११ वटा हिमाल चढ्नका लागि १९ वटा आरोहण दलले अनुमति लिएका छन्। सगरमाथा चढ्नका लागि चार समूहले स्वीकृति पाएका छन्। युरोपेली हिमाल आरोहीहरूले नेपालको पर्वतारोहण क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने जानकारहरूको  छ।

सगरमाथा

रुस-युक्रेन तनाव चर्किँदै जाँदा दिल्लीस्थित युक्रेन राजदूतावासले रुसी आक्रमण नरोकिएसम्म त्यहाँका पर्वतारोहीहरूलाई हिमाल चढ्न अनुमति नदिन नेपालसँग अनुरोध गरेको विवरणहरू छन्।  सन् २०१५ को विनाशकारी भूकम्पले थिलथिलो भएको नेपालको अर्थतन्त्रलाई पर्वतारोहण र पदयात्रा जस्ता साहसिक पर्यटनको विस्तारबाट टेवा पुग्ने भएको छन्।  हिमपहिरोजस्ता प्रकोप, आरोहीहरू बीचको विवाद हुँदै पछिल्लो समय कोरोनाभाइरसको महाव्याधिसम्म आइपुग्दा कतिपय सरकारी अपेक्षाहरू प्रभावित भएको छन्। रुस र युक्रेनबाट एकदमै ठूलो आरोहण दलहरू नआउने भएपनि दुई देशबीचको जारी तनावले नेपालको पर्वतारोहण क्षेत्रमा केही असर पुर्‍याउने नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा बताउँछन्।

 

यातायातको भाडा १४ प्रतिशतसम्म बढ्ने

 काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सार्वजनिक यातायातको भाडा बढ्ने भएको छ।  पेट्रोलको मूल्य फिर्ता नभएपछि भाडा बढाउनुको विकल्प थिएन। ‘आइतबार हिसाब गरेर रुटगत भाडा सूची प्रकाशन हुनेछ । भौगोलिक हिसाब गर्दा १० देखि १४ प्रतिशतसम्म भाडा बढ्नेछ। सरकारले तीनवटा क्षेत्र छुट्ट्याएर भाडा समायोजन गरेको छ। लामो दूरीको बस, लामो दूरीको पहाडमा चल्ने ट्रक र लामो दूरी तराईमा चल्ने मालबाहक ट्रकको छुट्टाछुट्टै भाडादर तय गरिने भएको छ।  भाडा बढाउन यातायात व्यवसायीले दबाब दिँदै आएका थिए। उनीहरूले २० प्रतिशतसम्म भाडा बढाउन लबिङ गर्दै आएका थिए।  सरकारले भाडा बढाएपछि प्रदेश सरकारले पनि मध्यम र छोटो दूरीका सवारीको भाडादर तय गर्नेछन्। काठमाडौं उपत्यकाको बस, माइक्रोलगायतको भाडा बागमती प्रदेश सरकारले तय गर्नेछ।  अन्तर्राष्ट्रिय बजारमा भाउ बढेसँगै नेपाल आयल निगमले प्रतिलिटर पेट्रोल १५५ रुपैयाँ र डिजेल १३८ रुपैयाँमा बिक्री गरिरहेको छ। पेट्रोलियमको खपत घटाउन निगमले सरकारलाई १० बुँदे प्रस्ताव दिइसकेको छ।