२०७२ को विनाशकारी भूकम्प बिर्सियौँ

Nepal Earthquake And its Impact

२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा आएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पलाई नेपालमा भूकम्पीय मापन सुरु भएदेखि  १९९० सालपछिको सबैभन्दा ठुलो भूकम्प थियो । ७ वर्षको अवधिमा भूकम्पले क्षति अधिकांश संरचनाहरू पुनर्निर्माण भइसकेका छन् । धरहरा नयाँ रूपमा उभ्याइयो । ध्वस्त भएका र टेको लगाएर अड्याइएका थुप्रै संरचनाले नयाँ रूप पाए । ष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार ८ हजार ९ सय ९९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए । ८ लाख १७ हजार घर, भवन, भौतिक संरचनामा क्षति पुगेको थियो । भूकम्पले ७०६ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । बि.स. १९९० सालमा गएको महाभूकम्प (८ रेक्टर स्केलभन्दा बढी) पछि गएको अर्को ठुलो भूकम्पले करिब ९ हजार जनाको ज्यान लियो ।

Spread the love