‘पानीको बोतलले प्रहार गरिएपछि’ विमानमा माइक टाइसनको मुक्का

पूर्व हेभिवेट बक्सर माइक टाइसनले सँगै विमानमा यात्रा गरिरहेका नजिकैका यात्रुले ‘पानीको बोतलले हानेपछि’ उनलाई मुक्का प्रहार गरेको टाइसनका प्रवक्ताले बताएका छन्। हल अफ फेममा सम्मानित बक्सरका एक जना प्रवक्ताले ‘आफूलाई दुर्व्यवहार गरिरहेका एक जना आक्रामक यात्रु’ माथि टाइसनले त्यस्तो प्रतिक्रिया जनाएको उल्लेख गरेका छन्।

विमानमा लिइएको भिडिओमा टाइसन आफ्नो सिटमा अडेस लागेर बसिरहेका एक जना पहिचान नखुलेका व्यक्तिलाई निरन्तर मुक्का हानिरहेको देखाइएको छ। त्यसपछि प्रहरीलाई खटाइएको थियो र अस्थायी रूपमा दुई जनालाई पक्राउ गरिएको थियो।

एक जना व्यक्तिलाई सान फ्रान्सिस्को विमानस्थलमा नै उपचार गरिएको थियो। “ती व्यक्तिले घटनाबारे एकदमै कम कुरा बताए र प्रहरी अनुसन्धानमा सहयोग गर्न अस्वीकार गरेका थिए।थप अनुसन्धान जारी रहँदा दुवैलाई रिहा गरिएको छ। प्रहरीले त्यसमा संलग्न व्यक्तिहरूको परिचय खुलाएका छैनन्। जेटब्ल्यूको बुधवार रातिको उडान सुरु हुन लाग्दा विमानभित्र उक्त घटना भएको थियो। सो विमान सान फ्रान्सिस्कोबाट फ्लोरिडातर्फ जान लागेको थियो।

Spread the love