साउनबाट आई पि यो भर्न अब औठाछाप अनिबार्य

साउनबाट आई पि यो भर्न अब औठाछाप अनिबार्य भएको छ । नयाँ वर्षदेखि कार्यान्वयनमा लैजाने भनिएको बायोमेट्रिक सेन्ट्रलाइज केवासीको लागि चाहिने निर्देशिका समेत बोर्डले स्वीकृत गरिसकेको छ।  अर्काका नाममा शेयर भर्नेहरूलाई केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले नयाँ आर्थिक वर्षबाट लगाम लगाउने भएको छ। आउने नयाँ आर्थिक वर्षबाट कार्यान्वयनमा लैजान जोडतोडले काम गरिरहेका छौ। बायोमेट्रिकसहितको सेन्ट्रलाईज केवाइसी आएपछि वास्तविक लगानीकर्ताको अझै राम्रो गरी पहिचान हुनेछ। हामीले बायोमेट्रिक सेन्ट्रलाइज केवाइसी सफ्टवेयर निर्माण छ। केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७७ स्वीकृत बोर्डले स्वीकृत गरेको हो।

सीडिएससीले बायोमेट्रिकसहितको सेन्ट्रलाइज केवाइसीको काम करिब करिब अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। बीचमा कुनै अवरोध नआए नयाँ सेन्ट्रलाइज केवाइसी आउने नयाँ आर्थिक वर्षबाट कार्यान्वयनमा जाने बताइएको छ। सर्वसाधारण उक्त केवाइसी अधिकार प्राप्त केवाइसी प्रतिनिधिको सहयोगमा घरैबाट समेत भर्न सक्नेछन्। ग्राहकले विद्युतीय केवाइसीका लागि आवेदन दिए पश्चात् प्रणालीबाट पृथक् केवाइसी आइडी प्राप्त गर्नेछन्।    सेन्ट्रलाइज केवाइसीकाे बिशेषतामा “प्रणालीमा ग्राहकको विद्युतीय व्यक्तिगत परिचय विवरण, फोटो, औँठा छापको छाया चित्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि लगायतका ग्राहकको परिचय खुल्ने प्रमाणपत्रसहितको केवाइसी विवरण विद्युतीय रुपमा प्रविष्ट हुने छ” ।सर्वसाधारणले केही निश्चित शुल्क भने तिर्नुपर्ने छ।

 

 

 

Spread the love