४८ खर्ब पुग्यो अर्थतन्त्रको आकार

काठमाडौँ, १५ वैशाख : एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ। कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो ।  उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ । सो आयोजनाले हालसम्म झण्डै रु पाँच अर्ब बराबरको बिजुली बिक्री गरेको छ । अर्थतन्त्रका जानकारहरूले एक युनिट बिजुली बराबर रु १०० बराबरको बहुपक्षीय प्रभाव पर्ने बताउँदै आएका छन् । यही आधारमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत माथिल्लो तामाकोसीले महत्वपूर्ण योगदान पु¥याएको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको आव २०७८/७९ को राष्ट्रिय लेखा तथ्याङ्कानुसार आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने देखिएको छ । विश्व बैंक, एसियाली विकास र आइएफएफजस्ता संस्थाले नेपालको कूल आर्थिक वृद्धिदर न्यून हुने प्रक्षेपण गरिरहेको बेला सरकारको एक निकायले भने आशातित तस्वीर सार्वजनिक गरेको हो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो परियोजनाले कूल छ महिना नेपालको ऊर्जा क्षेत्रलाई पूर्णरूपमा आत्मनिर्भरसमेत बनाएको छ ।  वस्तु तथा सेवा आयात रु १८ खर्ब २० अर्ब ८२ करोड, चालु मूल्यमा कूल राष्ट्रिय बचत कूल गार्हस्थ्य उतपादनको ३१.९५ प्रतिशत बराबर छ । कूल ग्रर्हस्थ्य उत्पादनको १९.८१ प्रतिशत बराबरको विप्रेषण आय भएको विभागको ठहर छ । रु नौ खर्ब ६१ अर्ब सात करोड बराबरको विप्रेषण चालु आवको अन्त्यसम्म आप्रवाह हुने यसबाट देखिन्छ । प्रतिव्यक्ति कूल गार्हस्थ्य उतपादन रु एक लाख ६४ हजार ५९८ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा एक हजार ३७२ बराबर हो । त्यस्तै प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन रु एक लाख ६५ हजार ६४९ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा एक हजार ३८१ बराबर हो ।

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले चालु आवमा कूल आयात कूल २० खर्ब बराबर पुग्ने अवस्था देखिएको जानकारी दिनुभयो । – रासस

Spread the love