देशभर १०,५३३ को उम्मेदवारी

देशभर १०,५३३ को उम्मेदवारी

काठमाडौँ :  स्थानीय तह निर्वाचनका लागि आइतबार साँझ ८ बजेसम्म देशभर १०,५३३ को  जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडैलका अनुसार पालिका अध्यक्ष र प्रमुखमा ९८७, उपाध्यक्ष र उपप्रमुखमा ५०८ जनाको उम्मेदवारी परेको छ ।

वडाध्यक्षमा २९२१, वडा सदस्यमा ३३३८, महिला सदस्यमा १५७६, दलित महिला सदस्यमा १२०३ जनाको उम्मेदवारी  परेको छ ।  उम्मेदवारी दिनेमध्ये ३५०६ जना महिला छन् । आयोगले मनोनयन दर्ताका लागि सोमबार साँझ ५ बजे अन्तिम समय निर्धारण गरेको छ । निर्वाचन आयोगले यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउने भएको छ ।

क्यान इन्फोटेकको पांचौं दिनः पूर्वराजदूतदेखि राष्ट्रि कलाकारको भ्रमण 

~~ प्रेस विज्ञप्ति ~~

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको पांचौ दिन सुचना प्रविधि सम्बन्धि कलेज तथा स्टार्टअप एवं इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको ‘आईएमई–पे क्यान इन्फोटेक, २०२२ इन एसोसिएसन विथ स्मार्ट क्युआर’ भोलि सोमबार सम्पन्न हुँदैछ । इन्फोटेकको अन्तिम दिन आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएको छ ।

६ दिनसम्म चल्ने इन्फोटेकको दोश्रो अन्तिम दिन आइतवार अन्य दिनको तुलनामा विद्यार्थीहरुको अत्यधिक भिड रहेका कारण सन वे कलेज, सफ्टवारिका कलेज, कान्तिपुर सिटी कलेज, एन.सि.आई.टी कलेज, एल.बि.इ.एफ. कलेज लगायतका सुचना तथा संचार प्रविधि सम्बन्धि अध्ययन हुने कलेजहरुमा विद्यार्थीहरुको भिड देखिन्थ्यो ।

इन्फोटेकको इन्नोभेसन पार्टनर (Innovation Partner) सफ्टवेरिका कलेज र एकाडेमिक पार्टनर (Academic Partner) सनवे कलेजले आफ्नो स्टल रहेका स्थानहरुमा विद्यार्थीहरुद्वारा निर्मित सेन्सरमा आधारित उपकरणहरु, थ्री डी प्रिन्टीङ्ग, मान्छेको क्रियाकलापमा आधारित इलेक्ट्रोनिक्स चार्जिङ्ग, तिन पाङ्ग्रे गाडी, ड्रोन, साइकल रहेका कारण सोहि विधामा अध्ययनरत विद्यार्थीहरु तथा अवलोकनकर्ताहरुमा आकर्षण देखिन्थ्यो । इन्फोटेकको सिल्भर प्रायोजक टेक्मिन्ट इन्नोभेसन्सको ए.आईमा आधारित च्याटबोट, भिडियो के.वाई.सि (Video KYC), कन्ट्राक्ट म्यानेजमेन्टमा पनि अवलोकनकर्ताको रुचि तथा आकर्षण देखिएको थियो ।

सूचना तथा सञ्चार प्रविधिसम्बन्धी चासो राख्ने सर्वसाधारणदेखि पूर्वराजदूत, पूर्वसचिव र राष्ट्रियस्तरका कलाकाहरूले इन्फोटेक भ्रमण गरिसकेको आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)ले जनाएको छ । सो क्रममा आइतबार पूर्वराजदूत भागीरथ बस्नेत, पूर्वसचिव इन्जिनियर हरी राम कोइराला, नायिका सुष्मा कार्की, चर्चित हास्य कलाकारहरु दीपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’ र  सागर लम्साल ‘बले’ तथा र्याप गायक राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ लगायत अन्य विशिष्ट व्यक्तिहरूले पनि क्यान अवलोकन गरेका छन् ।

हरेक दिन कुनै न कुनै स्टलले नयाँ–नयाँ वस्तु तथा सेवा सार्वजनिक गरिरहेको प्रदर्शनी सोमबार अझ विशेष रहने महासंघका महासचिव नारायण थापाले बताए । उनका अनुसार फिन्टेक कम्पनि, इन्टरनेट सेवा प्रदायक तथा अन्य कम्प्युटर, ल्यापटप, मोबाइल र आईसीटी एक्सेसेरिजहरूको स्टलहरूमा उल्लेख्य सहभागिता छ । इन्फोटेकमा युवा पुस्ता तथा सुचना तथा संचार प्रविधिमा रुचि राख्नेहरुले स्टार्टअप तथा इन्नोभेसनमा रुचि पुर्वक अवलोकन गरेको उनको भनाइ छ ।

खासगरी कोभिड–१९ महामारीका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा मानिसहरू रहेको र आईसीटी एक्सेसेरिजमा भन्दा ब्राण्डिङ, फिन्टेक र स्टार्टअपमा दर्शकको भीड लागेको क्यान महासंघका उपाध्यक्ष खुशल रेग्मीको भनाई छ ।

इन्फोटेकलाई सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित विभिन्न संघसंस्था तथा कम्पनीहरूले प्रायोजन गरेका छन् । महासंघका अनुसार क्यान इन्फोटेक, २०२२ को टाइटल स्पोन्सर आईएमई–पे, एसोसिएट स्पोन्सर एससीटी, स्मार्ट क्यूआर र युनियन–पे तथा प्लाटिनम स्पोन्सर वल्र्डलिंक कम्युनिकेसन छन् । त्यस्तै डायमण्ड स्पोन्सर डिशहोम फाइबरनेट, गोल्ड स्पोन्सरमा जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड रहेका छन् । त्यसैगरी सिल्भर स्पोन्सरमा नमस्ते–पे, डिजिकम, एस पावर, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजीज र टेकमिन्ट रहेका छन् ।

त्यसैगरी इन्नोभेसन पार्टनरमा सफ्टवेरिका कलेज, एकेडेमिक पार्टनरको रूपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्स–ल्याब, ई–कमर्श पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रूपमा अल्ट्रा एलईडी रहेका छन् । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रूपमा ग्लोबल आईएमई बैंक र अफिसियल इन्स्योरेन्सको रूपमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् ।

इन्फोटेकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएसन अफ नेपाललगायत अन्तर्राष्ट्रिय संस्था विट्सालगायतको सहयोग रहेको छ ।

इन्फोटकमा बिभिन्न खण्डमा गरी कुल १७० वटा स्टल रहेका छन् ।

आईएमई–पेमार्फत दैनिक हजारौँ मानिसले टिकट खरीद गरेर इन्फोटेक भ्रमण गरिरहेका छन् । त्यस्तै प्रविधिको प्रयोग गर्न नचाहानेहरूले रू. १०० तिरेर इन्फोटेक भ्रमण गर्न सक्ने छन् । सूचना तथा सञ्चार प्रविधि व्यवसायी र सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने उद्देश्यसहित गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको मेला प्रदर्शनी सोमबार सम्पन्न हुँदै छ ।

धन्यवाद ।

मितिः २०७९ साल बैसाख ११ गते

आज लोकतन्त्र दिवस

नेपालमा लोकतन्त्र दिवस जनआन्दोलन २०६२-६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनर्स्थापना भएको सम्झनामा हरेक बैशाख ११ गते मनाइन्छ। सबैजनाको महान बलिदान र तपस्याको कारण नै आज संघीय लोकतान्त्रीक नेपाल १५ औँ लोकतान्त्रीक दिवसको संघारमा आईपुगेको छ ।

२०६२/०६३ सालको आन्दोलनपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा नेपालले वैशाख ११ गते १५औँ लोकतन्त्र दिवस मनाइरहँदा राजनीतिशास्त्रीहरूले यस्ता महत्त्वपूर्ण दिवसले नागरिकलाई स्वतःस्फुर्त उत्साहित बनाउन नसकेको बताएका छन्।

झण्डै एक महिनापछि संविधानसभाको पहिलो बैठकले २०६५ सालमा नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको अवसरमा हरेक जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ।

जहानियाँ राणा शासन अन्त्य भएको दिनको रूपमा २००७ सालयता नेपालमा फागुन ७ गतेलाई प्रजातन्त्र दिवसको रूपमा मनाइन्छ।

सर्लाहीमा “प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम” सम्पन्न

काठमाडौं : हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा सर्लाहीको मलङ्गवामा “प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुलीले जनतालाई झुक्याएर षड्यन्त्र पुर्वक लेखिएको धर्म निरपेक्षता लाई संविधान संशोधन गरेर हिन्दू राष्ट्र लेखिनुपर्ने माग गर्नु भएको छ। जनगणना मार्फत हिन्दूलाई ११ ठाउमा विभक्त गरेर ५०% भन्दा कम देखाउन सकेमा हिन्दू राष्ट्रको मुद्दालाई समाप्त पार्नका लागि ठूलो षड्यन्त्र भैरहेको आरोप लगाउदै पूर्व प्रधानन्यायाधीशले विश्वको उत्कृष्ट धर्म र राष्ट्रको संरक्षण गर्न आह्वान समेत गर्नु भएको थियो।

अभियानको केन्द्रीय सदस्य तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दू राष्ट्रको माग राजनीतिक नभई सास्कृतिक रहेको बताउनु भएको छ। नेपालको धर्म, संस्कृति, परम्परा, जनसङ्ख्या, भाषा र भेषभुषा इत्यादि सबै सिध्याउनका लागि षड्यन्त्र भइरहेको चर्चा गर्दै उन्ले धर्म निरपेक्षताको विषयमा जनमत सङ्ग्रह स्वीकार्य नहुने बताए र जसरी हिन्दू राष्ट्र हटाइयो त्यसैगरी पुनर्स्थापित हुनुपर्ने माग गर्नु भयो। कार्यक्रम संयोजक तथा पूर्व मन्त्री रामचन्द्ररायले हिन्दू राष्ट्रको पहिचान बेच्नेहरूलाई गद्दारको संज्ञा दिदै अहिले देश तिनकै हातमा रहेको भनेर आक्रोश व्यक्त गर्नु भएको थियो। धर्मान्तरणनै राष्ट्रान्तरण हुने तर्फ सचेत हुन आग्रह गर्दै उन्ले सो कार्यक्रमबाट देश र धर्म रक्षाको लागि जागृत हुनुको विकल्प नरहेको जिकिर गरेका थिए।

राष्ट्रिय मधेसी आयोग की सदस्य आभा सेतु सिंहले मन्तव्य दिने क्रममा संविधानबाट धर्म निरपेक्षता हटाउन सफल हुने शुभकामना व्यक्त गर्नु भएको थियो। सह-संयोजक राम स्वरूप राय यादव रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य डा पुरुषोत्तम झा द्वारा प्रस्तुत गरिएको थियो।

उम्मेदवारको वैशाख १२ गते मनोनयनपत्र दर्ता

                            प्रेस विज्ञप्ति                                                                                                                              

१. यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्यको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढंगले भै रहेको छ । ७५३ वटै स्थानीय तहहरुमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना भई कार्य संचालन भै रहेको र मतदानकेन्द्रमा प्रयोग हुने सामग्रीहरु पठाउने कार्य निरन्तर भै रहेको छ । आयोगले मिति २०७८।१२।४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मिति २०७९ साल वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् ।
२. स्थानीय तह निर्वाचन, २०७४ मा काठमाडौं महानगरपालिकामा जम्मा ८६०, बिराटनगर महानगरपालिकामा ७०३ र वीरगंज महानगरपालिकामा ११२५ जनाको मनोनयनपत्र दर्ता गर्नु परेको र अन्य निर्वाचन अधिकृतको कार्यालयमा समेत मनोनयनपत्र दर्ता गर्ने कार्यचाप अत्यधीक रहेकोले उक्त दिन मनोनयनपत्र दर्ता कार्य सम्पन्न नभई भोलिपल्टसम्म गर्नुपरेको साथै उक्त दिन उम्मेदवारको सूची प्रकाशन गर्ने कार्य अवरुद्ध हुन पुगेको अनुभव र राजनीतिक दल तथा सरोकारवालाहरुको सुझाव समेतलाई दृष्टिगत गरी आयोगले यस निर्वाचनमा मनोनयनपत्र दर्ताको समय दुई दिनका लागि तोकेको छ । यस अनुसार वैशाख ११ र १२ गते तोकिएको समय १०.०० बजदेखि १७.०० बजेभित्र प्रचलित कानून बमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेको कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिए बमोजिमको प्रकृया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने भएकोले यसबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सहज, सरल र शान्तिपूर्ण रुपमा समयमा नै सम्पन्न हुने विश्वास आयोगले लिएको छ ।
३. निर्वाचनमा चुन्ने र चुनिन पाउने नागरिक अधिकारलाई उच्च सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा आ–आप्mनो मनोनयनपत्र दर्ता गर्ने आम नागरिकको नैसर्गिक अधिकार सुनिश्चित गर्न आयोग सँधै प्रतिवद्ध रहेको छ । कानूनले तोकेको योग्यता पूरा गर्ने सबै मतदाताले आपूmले चाहेको पदमा उम्मेदवारी दिनसक्ने वातावरणको सृजना गरिदिन आयोग सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आम संचार क्षेत्र लगायत सम्बन्धित सबै सरोकारवालाहरुमा हार्दिक अपिल गर्दछ ।
४. नेपालको संविधानले निर्वाचनमा लैङ्गिक तथा समावेशी सिद्धान्तलाई आत्मसाथ गरी निर्वाचनका सबै पदहरुमा समावेशी प्रतिनिधित्व हुनुपर्ने व्यवस्था अनुरुप आयोगले यस अघि नै निर्वाचनमा भाग लिने सबै राजनीतिक दलहरुलाई १७ बुँदै निर्देशन समेत जारी गरिसकेको छ । निर्वाचनमा मुलुकको सामाजिक विविधता प्रतिविम्बित हुनेगरी सहभागिता र प्रतिनिधित्वका लागि वैशाख ११ र १२ गते हुने उम्मेदवारको मनोनयनदर्ता गर्दा नेपालको संविधानको धारा ३८ को उपधारा (४) मा भएको राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने तथा धारा ४२ को सामाजिक न्यायको हक कार्यान्वयनमा विशेष संवेदनशील हुन आग्रह गर्दै यो निर्वाचन महिला एवम् समावेशी सहभागिता र प्रतिनिधित्वको दृष्टिले उल्लेखनीय हुनेछ भन्ने कुरामा आयोग विश्वस्त रहेको छ ।
५. स्थानीय तहका सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने विशेष जिम्मेवारी निर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको हुन्छ भन्ने कुरा निर्विवाद छ । आयोगले जारी गरेको निर्वाचन आचार संहिता, २०७८ र ६० बुँदे निर्देशन प्रति पूर्ण प्रतिवद्धता जनाएका राजनीतिक दलका उम्मेदवारले यसको अक्षरशः पालना गर्नेमा आयोग विश्वस्त रहेको छ । राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनका बेला गर्न पाउने र नपाउने कार्यहरु स्पष्टरुपमा उल्लेख गरिएका छन् । अतः आचार संहिता विपरित हुनेगरी कुनै स्थानमा कुनै दलको झण्डा वा चिन्ह राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, राजनीतिक दल वा उम्मेदवारबाट हुने कुनै पनि आमसभा, जुलुस, ¥याली भेला, वैठक, घरदैलो, उम्मेदवारी दर्ता कार्यक्रम आदिमा र निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवारले प्रयोग गर्ने सवारी साधनमा ३ ह ३ फिट साइजको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह तथा उम्मेदवारको पहिचान खुलेको एफोर साइजको एक रङ्गमा छापिएको विवरण बाहेक अन्य कुनै सामग्री प्रयोग नगर्न नगराउन स्मरण गराउँदै उम्मेदवारी दर्ता भएपछि यस्ता चिन्ह भेटिएमा उम्मेदवारले राखेको ठानी आचार संहिताको उल्लघंन भएको कसूरमा दलको उम्मेदवारलाई कारवाही हुने भएकोले सचेत रहन आयोग सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउँदछ । साथै जुलुश, आमसभा, ¥याली, वैठक आदिमा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले आचार संहिताले तोकेको भन्दा विपरित हुनगरी सम्बन्धित दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लागो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारवाहीको भागीदार हुने भएको हुँदा यस्तो कार्यबाट सजग रहन आयोग सबै मतदाताहरुमा अनुरोध गर्दछ ।
६. वैशाख ११ र १२ गते उम्मेदवारहरुले आ–आप्mनो उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिताले तोके बमोजिमको आचरण पालना गरिदिन आयोग सबैमा हार्दिक अपिल गर्दछ । यदि आचार संहिता विपरीत कार्यहरु भए गरेको पाइएमा आयोगले कानून बमोजिम कारवाही हुने र यसबाट उम्मेदवारको उम्मेदवारी प्रक्रियामा नै गम्भीर असर पर्न सक्ने हुँदा समयमा नै सचेत रहन उम्मेदवार हुन चाहने सबै मतदाताहरुमा जानकारी गराइएको छ ।

( शालिग्राम शर्मा पौडेल )
सहसचिव एवम् प्रवक्ता

युवा-पुस्तामा इन्फोटेकको आकर्षण

क्यान इन्फोटेक चौथो दिनः युवा-पुस्तामा इन्फोटेकको आकर्षण, विदाको कारण अत्यधिक भिड 

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको चौथो दिन अन्य दिनको तुलनमा अत्यधिक भिड रहेको छ । वुधवार देखि शुरु भएको क्यान इन्फोटेकको २७ औं संस्करणमा शनिवार सार्वजनिक विदा रहेका कारण र मौसम सफा रहेका कारण पनि अन्य दिनको तुलनमा सरकारी तथा गैर-सरकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा विद्यार्थीहरुको भिड रहेको थियो ।

शनिबार मेलामा आएकाहरु आफुहरुले माघमा स्थगित भएको क्यान इन्फोटेक अहिले शुरु भएको ढिलो गरी थाहा पाएको तथा अवलोकन गर्न पाउंदा निकै उत्साहित भएको बताएका थिए । कोरोना महामारीका कारण प्रदर्शनी यस अघि २ पटक स्थगित भएको थियो । कोरोना महामारी पछि शुरु भएको प्रदर्शनीमा आफुलाई उपयोगी हुने धेरै स्टलहरु रहेको र सुचना प्रविधिको बारेमा नेपालमा उपलब्ध पछिल्लो प्रविधिहरुमा जानकारी लिएको अवलोकनकर्ताहरुको भनाइ छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवरका अनुसार यो वर्षको इन्फोटेक विगतको भन्दा धेरै फरक रहेको छ । आयोजकको उद्देश्यअनुसार इन्फोटेकमा प्रदर्शनीकर्ताको सहभागिता र अवलोकनकर्ताको चाहना अनुसारका प्रविधि प्रदर्शनमा राखिएको छ । कोभिड–१९ महामारीका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा मानिसहरू रहेको र आईसीटी एक्सेसेरिजमा भन्दा ब्राण्डिङ, फिन्टेक र स्टार्टअपमा दर्शकको भीड लागेको अध्यक्ष कुँवरको भनाइ छ । उनका अनुसार रोबोटिक, इमर्जिङ टेक्नोलोजी, वाईफाई तथा इन्टरनेटलगायत प्रडक्टहरूमा पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता छ । त्यसैगरी सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुशन, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, सेक्युरेटी सोलुशन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, एन्टिभाइरस र बैंकिङ लोलुशनसम्बन्धी सफ्टवयरलगायतका स्टलमा पनि अवलोककर्ताहरूको उल्लेख्य भीड लागेको छ ।

प्रविधिको प्रयोगबाटै टिकट काटेर अवलोककर्तालाई इन्फोटेक भ्रमण गराउने क्यानको योजनाअनुसार नै दर्शकहरूले इन्फोटेक भ्रमण गरिरहेको इन्फोटेकका सह–संयोजक समेत रहेका महासंघका उपाध्यक्ष रञ्जित कुमार पोद्दारले जानकारी दिए । उनका अनुसार आईएमई–पेमार्फत दैनिक हजारौँ मानिसले टिकट खरीद गरेर इन्फोटेक भ्रमणमा आएका छन् । त्यस्तै प्रविधिको प्रयोग गर्न नचाहनेहरूले सय रुपैयाँ तिरेर इन्फोटेक भ्रमण गरिरहेको उपाध्यक्ष पोद्दारको भनाइ छ । १ सयको टिकट काटेर भिजिट गर्नेको संख्या भने तुलनात्मक रूमा कम रहेको उनको भनाइ छ । ‘प्रविधिको प्रयोगबाट १ रुपैयाँ मै क्यान इन्फोटेक भिजिट गर्ने अवसर रहेको छ’ उपाध्यक्ष पोद्दारले भने, ‘यो मौकाको फाइदा उठाइ सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा पोख्त बन्ने र अथाह ज्ञान लिने अवसरलाई खेर नफाल्न सम्पूर्णमा आग्रह गर्दछु ।’

शनिबार इन्फोटेकमा लोकप्रिय गायक सुशान्त केसी, र्यापर गिरीस खतिवडा, गायक स्वप्न सुमन, पब्जी खेलाडी इन्दु मल्ल लगायत समाजमा चर्चित ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । इन्फोटेकमा आएका अवलोकनकर्ताहरु आफुसंगै चर्चित ब्यक्तित्वहरु पाउंदा झनै उत्साहित देखिन्थे ।

शनिबार नै डिस होमले नयाँ प्रडक्ट ‘क्याम्पस वाईफाई’ सार्वजनिक गरेको छ साथै शनिबार नै रमाइलो गेमले ‘ब्रान्ड च्यालेन्ज’ प्रतियोगिता आयोजना गरेका कारण यी स्टलहरुमा अवलोकनकर्ताको अत्यधिक आकर्षण देखिन्थ्यो  ।

प्रदर्शनीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान(नास्ट)को प्रविधि संकाय अन्तर्गत दक्षिण कोरियाली सरकारको औपचारिक विकास सहयोग मार्फत मुलुकमै उपलब्ध पहिलो घुम्ती सूचना पहुँच केन्द्र (Mobile Information Access Center)मा अवलोकनकर्ताहरुको आकर्षण देखिन्थ्यो ।

नास्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालका अनुसार सूचना प्रविधिमा पहुँच नभएका क्षेत्र र समूहलाई लक्षित गर्दै यो सूचना प्रविधिमैत्री बस तयार गरिएको हो र प्रदर्शनीमा सर्वसाधारणको जानकारीका निम्ति यसको प्रदर्शनी गरिएको हो ।

वातानुकूलित बसभित्र बिद्यार्थीका लागि आवश्यक वाईफाई, ल्यापटप, प्रोजेक्टर, स्क्रिन, इलेक्ट्रोनिक पोडियम, प्रिन्टर, भिजुअलाइजर, साउण्ड सिस्टम, स्पिकर, शौचालय लगायतका सुविधाहरु उपलब्ध छन् । यस आईसीटी मोबाइल बसमा एक पटकमा १८ जनाले तालिम लिन सक्ने गरी संरचना बनाइएको छ ।

नाष्टले घुम्ती सूचना पहुँच केन्द्र नामक मोबाइल बस मार्फत मुलुकका ग्रामीण भेगमा पुगी सूचना तथा संचार प्रविधि क्षेत्रमा शिक्षित र अशिक्षितबीचको खाडल भर्न सहयोग गर्ने उदेश्य लिएको छ र सोका निम्ति क्यान महासंघसंग सहकार्य गरेको छ । घुम्ती सूचना पहुँच केन्द्रमार्फत विद्यार्थीलाई अभिमुखीकरण गर्ने, कम्प्युटरका कक्षा सञ्चालन गर्ने र साक्षरता बढाउने लगायतका कामहरु भइरहेको नास्टले जनाएको छ ।

उपत्यका बाहिर ७४ जिल्लामा रहेको आफ्नो नेटवर्क मार्फत यातायात पहुँच भएका ७ वटै प्रदेशका स्थानीय तहसम्म प्रशिक्षकसहितको घुम्ती सूचना पहुँच केन्द्र मार्फत शहरी सुविधाबाट बञ्चित विद्यार्थी र अन्य जिज्ञासुलाई नास्टको बसभित्रै अनुशिक्षण कार्यक्रम बढाउने गरी क्यान र नास्टको सहकार्य हुने क्यान महासंघका महासचिव नारायण थापाको भनाई छ ।

बैशाख ७ गतेदेखि १२ गतेसम्म हुने क्यान इन्फोटेकको २७ औं संस्करणमा सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शनीमा घुम्ती सूचना पहुँच केन्द्र  (Mobile Information Access Center) पनि राखिएको छ । प्रदर्शनीमा अवलोकनकर्ताले सुचना तथा संचार प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरुसँगै “सूचना प्रविधिमैत्री बस” को बारेमा जानकारीका साथ कम्प्युटर सम्बन्धी आधारभूत तालिम अथवा कम्प्युटरका ‘टिप्स एबं ट्रीक्स’ पनि सिक्न सकिने ब्यबस्था नास्टले गरेको छ ।

सूचना तथा सञ्चार प्रविधि सम्बन्धि व्यवसायी र सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने उद्देश्यसहित गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको प्रदर्शनी आगामी सोमबारसम्म जारी रहने छ ।

मितिः २०७९ साल बैसाख १० गते

China to hold over 200 popular-science space activities

BEIJING :  More than 200 space activities will be held as the Space Day of China approaches, said an official with the China National Space Administration (CNSA) Thursday. Relevant space exhibitions will be open to the public, and academicians and experts will hold popular-science lectures online and offline for young people, said Lyu Bo, deputy director of the Department of System Engineering of CNSA at a press conference about the Space Day of China, which will fall on April 24.

He noted that the 2022 Space Day of China aims to inspire the public to learn scientific knowledge, generate innovative ideas and carry forward the scientific spirit. Starting in 2016, China has set April 24 as the country’s Space Day to mark the launch of its first satellite “Dongfanghong 1” into space on April 24, 1970.

जुम्लामा आगलागी चारको मृत्यु

जुम्लाको तिला गाउँपालिकाका–३  कुडारी सार्की वाडामा राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको छ । आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानएको छ ।  आगलागीका कारण बेहोस भएका मानसिंह र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।  घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Photographer who captured high society at play

lim Aarons built a career documenting the lives of the rich and beautiful. Working for publications like Town & Country, Harper’s Bazaar and Life magazine, the late photographer spent five decades taking unapologetically glamorous pictures of aristocrats and socialites. Whether lounging in Italian villas, boating off the coast of Monaco or foxhunting in the English countryside, his globetrotting subjects epitomized high society — and old money.
But according to the author of a new book on Aarons’ work, the photographer’s motive was neither to celebrate nor critique the opulence he encountered. He was driven by a journalistic curiosity about how the world’s most privileged people lived, said Shawn Waldron, who co-wrote “Slim Aarons: Style.”

“He was a reporter,” Waldron said over the phone from New York. “You have to think that so many of these pictures are created on assignment. He was sent somewhere to record what was happening at that particular place.”

The photo agency Getty Images acquired Aarons’ entire archive in 1997, several years after his retirement. Waldron, who also works as a Getty curator, said that only 6,000 of the approximately 750,000 images have been digitized so far.
At the time of the purchase, Aarons was “sort of forgotten about” and “a little bit out of favor,” Waldron added. But now, some 15 years after his death, experts and audiences are revisiting and reinterpreting the photographer’s vast body of work. With social media giving today’s jet-setters close control over how their private lives are depicted, his oeuvre offers a refreshingly candid glimpse into a past era.
And while Aarons moved with ease through the society’s most exclusive circles, he retained his objectivity and remained “very grounded,” Waldron said.
“He obviously became close to some of these people,” he added. “He photographed subjects as they came up through society and then photographed their children decades later. These are long-term relationships… but he was also very (much) of a fly on the wall and always kept that professional distance. “He was constantly going from place to place, but he always came home to his little farmhouse in Westchester County, New York.”

Olivier Coquelin, who opened the first American discotheque, and his wife, the Hawaiian singer and actress Lahaina Kameha.

Olivier Coquelin, who opened the first American discotheque, and his wife, the Hawaiian singer and actress Lahaina Kameha. Credit: Slim Aarons/Getty Images

Style, not fashion

Aarons may have spent half a century surrounded by affluence, but his fixation on glamour may have been rooted in experiences of poverty and war.  Though the photographer always claimed to be an orphan from New Hampshire, a documentary produced after his death revealed that he hailed from an immigrant Jewish family in New York City’s Lower East Side. With an absent father and his mother in a psychiatric hospital, Aarons was “passed between family members,” Waldron said.

खराब मौसमका बाबजुद अवलोकनकर्ताको आकर्षण बढ्दो

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको तेश्रो दिन खराब मौसमका वाबजुद अहिल्लो २ दिनको तुलनामा अवलोकनकर्ताको आकर्षण बढ्दो रहेको छ ।  विगतका इन्फोटेकहरूमा कम्प्युटर, ल्यापटप, मोबाइल र अन्य आईसीटी एक्सेसेरिजहरूको स्टलहरूमा उल्लेख्य भीड देखिने गरेको भए पनि यो इन्फोटेकमा आईसीटी एक्सेसेरिजका स्टलभन्दा ब्राण्डिङ, फिनटेक, स्टार्टअप, इन्नोभेसन तथा प्रडक्ट लञ्चिङमा अवलोकनकर्ताहरूको आकर्षण देखिएको छ । विशेषगरी शुक्रबार आईएमई–पे, सनवे कलेज, भायानेट, वर्लर्डलिंक, नमस्ते–पे, एससीटी स्मार्ट क्यूआर, डिशहोम फाइबर नेट, नेपाल क्लियरिङ हाउस (एनसीएलएल) र सफ्टवेरिका कलेजका स्टलहरूमा अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति थियो। त्यस्तै सनराइज बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकका स्टलमा पनि अवलोकनकर्ताको भीड लागेको छ ।

क्यान इन्फोटेकको २७ औं संस्करणको प्रमुख प्रायोजक आईएमई–पेले आफ्नो स्टलमा निशुल्क भिसा कार्ड उपलब्ध गराउनुका साथै आईएमई–पे वालेटमा भएको ब्यालेन्समा वार्षिक ६ प्रतिशत ब्याज पनि दिने ब्यबस्था गरेका कारण अवलोकनकर्ताको आकर्षण देखिएको हो । यसैगरी क्यान इन्फोटेकको इन्नोभेसन पार्टनर (Innovation Partner) सफ्टवेरिका कलेजले आफ्नो स्टलमा आफ्ना विद्यार्थीहरुद्वारा निर्मित सेन्सेरमा आधारित इन्नोभेसनहरु राखेका कारण अवलोकनकर्ताको भिड देखिन्थ्यो ।

क्यान इन्फोटेक शुरु भएका दिन देखिनै वर्षाका कारण प्रदर्शनीमा अवरोध भए पनि नेपाल सरकार एवं निजि क्षेत्रका उच्च पदस्थ कर्मचारी, कलाकार एवं सर्बसाधारणको प्रदर्शनीमा चासो देखिएको छ । शुक्रवार कलाकार स्वस्तिमा खड्का र निश्चल बस्नेतले भृकुटीमण्डपमा क्यान इन्फोटेक अवलोकन गर्दै विगत २७ वर्षदेखि क्यान महासंघले नेपालका सुचना तथा संचार प्रविधि सम्बन्धि ब्यबसायीहरुलाई प्लाटफर्म उपलब्ध गराउंदै देशको सुचना तथा संचार प्रविधिको विकाशमा पुर्याएको योगदानको प्रसंशा गरे ।

‘विगतमा धेरै मानिसहरू सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोडिनुभएको थिएन । त्यतिबेला सामान्यतः आईसीटी एक्सेसेरिज कस्तो आकार वा प्रकारमा आयो र कति सस्तो वा महङ्गो भयो भन्नेमा मात्रै उहाँहरूको चासो हुने गर्दथ्यो,’ आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवरले भने, ‘यो वर्षको इन्फोटेक विगतको भन्दा धेरै फरक छ । आयोजकको उद्देश्यअनुसार इन्फोटेकमा प्रदर्शनीकर्ताको सहभागिता र अवलोकनकर्ताको चाहना अनुसारका प्रविधि प्रदर्शन गरिएका छन् । यसले एक्सेसेरिज खरीदमा भन्दा प्रविधिको प्रयोगले कसरी जीवन सहज हुन्छ भन्ने ज्ञान लिन मानिसहरू उत्सुक भएको मैले पाएको छु ।’ खासगरी कोभिड–१९ महामारीका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा मानिसहरू रहेको र आईसीटी एक्सेसेरिजमा भन्दा ब्राण्डिङ, फिन्टेक र स्टार्टअपमा दर्शकको भीड लागेको अध्यक्ष कुँवरको भनाइ छ ।

यो पटकको इन्फोटेकमा वर्षाले बारम्बार अवरोध पुर्याएको उल्लेख गर्दै क्यान महासंघका महासचिव नारायण थापाले देशको संघिय राजधानीमा निजि क्षेत्रले वर्षौंदेखि स्थायी संरचना सहित अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रदर्शनी हलको ब्यबस्था गर्न संघिय एवं स्थानिय सरकारलाई अनुरोध गर्दा पनि सम्बन्धित सरकारहरुवाट बेवास्ता गरिएको बताए । वर्षौं अगाडी छिमेकि राष्ट्र भारतले बनाइदिएको प्रदर्शनी हल आवश्यकता अनुरुप मर्मत नगरिएको, प्रदर्शनी हल तथा बाहिरको खुला स्थानको भाडादर महंगो रहेको तथा ती स्थानहरुमा प्रदर्शनीका निम्ति अस्थायी संरचना बनाउनु खर्चिलो तथा झन्झटिलो रहेको बताउंदै भृकुटीमण्डपमा रहेको स्थान निजि क्षेत्रलाई प्रदर्शनी र सम्मेलन केन्द्रको निम्ति निस्चित समयका लागी दिइनुपर्ने महासचिव थापाले बताए ।

आगामी सोमबारसम्म जारी रहने इन्फोटेकको शिर्ष प्रायोजन (Title Sponsor) आइएमइ-पेले गरेको छ भने सह-प्रायोजक (Associate Sponsor) एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ । प्लाटिनम प्रायोजक  – वर्ल्डलिङ्क कम्युनिकेसन, डायमण्ड प्रायोजक –  डिस होम फाइवरनेट, गोल्ड प्रायोजकमा – जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, सिल्भर प्रायोजकमा – नमस्ते पे, डिजिकम, एस-पावर बिपिइ, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजी र टेकमिन्ट रहेका छन् । त्यसैगरी इन्नोभेसन पार्टनर (Innovation Partner) सफ्टवेरिका कलेज, एकाडेमिक पार्टनर (Academic Partner) को रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब (x-Lab), इकमर्स पार्टनर (eCommerce Partner ) सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनर (Digital Display Partner ) को रुपमा अल्ट्रा एल.इ.डि. (Ultra LED) रहेका छन । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आईएमई बैंक र अफिसियल इन्स्योरेन्सको रुपमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् ।

इन्फोटेकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएशन अफ नेपाल लगायत अन्तर्राष्ट्रिय संस्था एसोसियो र विट्सा लगायतको सहयोग रहेको छ । 

फ्रान्सको उच्चस्तरीय प्राइमेसी -२ कार्ड प्रिन्टर नेपालमा 

फ्रान्सको एवोलिस कम्पनीले उत्पादन गरेको प्राइमेसी -२ कार्ड प्रिन्टर भृकुटीमण्डपमा भइरहेको क्यान इन्फोटेक २०२२ मा आयोजित कार्यक्रमवाट विक्रिको सुरुवात गरिएको छ। शुरुवाती कार्यक्रममा क्यान महासंघका प्रतिनिधि लगायत सुचना प्रविधि सम्बन्धि विभिन्न कम्पनीका प्रतिनिधीहरुको उपस्थिति थियो।

बारकोड नेपालले उक्त कम्पनीका उत्पादनहरू सन् २००८ बाटै नेपालमा बिक्री वितरण गर्दै आएको छ। हालै बिक्रीमा ल्याएको प्राइमेसी -२ कार्ड प्रिन्टरबाट मध्यम र ठुला कार्यालयहरूको आइडी कार्ड, भिजिटर कार्ड, प्रिभिलेज कार्डहरू तत्काल कार्यालयमै छाप्न सकिने बताइएको छ । यसले प्रतिघण्टा २ सय ८० वटा रङ्गिन कार्ड छाप्न सक्ने तथा यस प्रिन्टर मा युभी प्रिन्टिङ, रि-राइटेबल कार्ड प्रिन्टिङ, डबल ले, ओभरले जस्ता विशेष कार्डहरू छाप्ने प्रविधि प्रयोग गरिएको एवं यसमा एक सय वटा कार्ड राख्न मिल्ने ठुलो हुपर राखिएको बताइएको छ ।

प्राइमेसी -२ मा ल्यामिनेटर जोडेर एकै पटक ल्यामिनेटेड कार्ड उत्पादन समेत गर्न सकिने, यस सेरिजमा बैंकिंग कार्डहरू छाप्न आवश्यपर्ने इन्कोडरहरु जडान गर्न मिल्ने गरी डिजाइन गरिएको तथा नेपालमा विभिन्न बैङ्क, सरकारी आयोगहरू, सरकारी कार्यालयहरू लगायत स्कुल, कलेज, अस्पतालहरूमा प्रयोग भइरहेको बताइएको छ ।