कोरोना खोपका लागि रु २६ अर्ब, स्वास्थ्यलाई करिब सवा १ खर्ब रुपैयाँको बजेट

अध्यादेशमार्फत् प्रस्तुत गरिएको महामारी नियन्त्रण र रोकथामकेन्द्रित भनिएको बजेटले सवा एक खर्ब रुपैयाँ स्वास्थ्य मन्त्रालयतर्फ विनियोजन गर्ने प्रस्ताव गरेको छ।  अभूतपूर्व सङ्कट परिरहेको अनि कोरोनाभाइरस महामारीको घातक दोस्रो लहर बेहोरिरहेको समयमा प्रस्तुत बजेटमा एक खर्ब २२ अर्ब रुपैयाँ स्वास्थ्य मन्त्रालयका क्षेत्रका निम्ति छुट्ट्याइएको छ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि बजेटले साढे ३७ अर्ब रुपैयाँ छुट्ट्याएको छ। खोप सबै योग्य नागरिकलाई दिनका निम्ति बजेटले २६ अर्ब ७५ करोड रुपैयाँ छुट्ट्याएको छ।

Spread the love