६ हजार ८५५ मा कोरोना संक्रमण – ९ हजार ८४१ जना निको

६ हजार ८५५ मा कोरोना संक्रमण – ९ हजार ८४१ जना निको

२४ घण्टामा देशभर ६ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।   निको हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ पुगेको छ । क्वारेन्टाइनमा ८०९ जना रहेका छन् । मृतकको सङ्ख्या अघिल्लो दिनको दाँजोमा घट्योको छ ।  सङ्क्रमितभन्दा निको हुने धेरै  छन् ।

तामाङ समाज अमेरिकाले अध्यक्ष र उपाध्यक्षलाई बर्खास्त गर्यो नयाँ संयोजकमा सन्त बहादुर तामाङ चयन

न्यूयोर्क- तामाङ समाज अमेरिकाको कार्यसमितिको बैठकले संस्था नीति तथा कार्यक्रम बिपरित कार्य गरेकोले साधारण समेत नरहने गरि संस्थाको अध्यक्ष सानुमाया तामाङ र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ बर्खास्त गरेको छ। महासचिव बिनिता तामाङ ले एक विज्ञप्ति जारी गरि कार्रवाही गरेको बताएकी छन । समाजको बिधान १० को धारा ४१ अनुसार निष्कासन गरिएको विज्ञप्तिमा जनाईएको छ ।

तामाङ समाज अमेरिकाको कार्यसमिति समेत पुनर्गठन गरि नयाँ कार्यसमिति गठन गरिएको छ। सन्त बहादुर तामाङ को संयोजक र सदस्य सचिब बिनिता तामाङ रहेको समिति निर्माण गरिएको छ । बोर्ड सदस्यहरु राजु तामाङ, विष्णु तामाङ,अरुण लामा, दिलमाया तामाङ, बुद्धिमान घिसिंग, भोज तामाङ, चली तामाङ,धूतराज तामाङ र अमित लामालाई चयन गरिएको संयोजक सन्त बहादुर तामाङले बताए। नयाँ कार्यसमितिले संस्थाको दोस्रो अधिवेशन आगामी जून २१, २०२१ दिन भव्यतापूर्वक गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

 

२४ घण्टामा ६ हजार ७१६ जना निको – ६ हजार ६७७ कोरोना संक्रमित

काठमाडौँ  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा  २४ घण्टामा ६ हजार ७१६ जना निको भएका छन् ।  देशभर ६ हजार ६७७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १९ हजार ३० नमुनाहरुको पीसीआर परीक्षणमा ६ हजार ६७७ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो । ३ सय २२ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा पोजिटिभ देखिएको छ । नेपालमा सक्रिय संक्रिमतको संख्या भने १ लाख १७ हजार ७७ पुगेको छ ।  १४५ जनाको निधन भएको छ ।

 

१० लाख डोज खोप नेपाललाई दिने चिनियाँ राष्ट्रपतिको घोषणा

१२ जेठ, काठमाडौं :  चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । कूटनीतिक माध्यममार्फत भारतका राष्ट्रपति कोविन्दलाई नेपालमा खोप उपलब्ध गराउनको लागि पहल गर्न आग्रह गरेको छ ।  बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

भारतमा यास चक्रवातका कारण दुईको मृत्यु

काठमाडौं : भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा यास चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीले दुईजनाको मृत्यु भएको छ ।भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको छ । चक्रवातका कारण १५ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । ओडिसाका मुख्यमन्त्रीले सर्वसाधारणलाई नआत्तिन आग्रह गर्दै तटीय क्षेत्रबाट टाढा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।

सरकारी र इन्टरनेट सेवाप्रदायकका गाडी दिउँसो चलाउन नपाइने

काठाडौं उपत्यकामा अब दिउसो सरकारी गाडी समेत चलाउन नपाइने भएको छ ।  काठमाडौं,भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारी साधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको छ ।  काठमाडौंका तीन जिल्ला प्रशासन कार्यालयले भीडभाड बढेको भन्दै यस्तो निर्णय गरेको हो ।  अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारी साधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने भएका छन् ।  निमार्ण कार्यका सवारी सञ्चालनमा समेत रोक लगाइएको छ ।

मे २९ ‘नेपाली अमेरिकन हेरिटेज डे’, सांसद जेनिफरको प्रस्ताव संसदबाट स्वीकृत

न्युयोर्क राज्यभर मे २९ लाई अब नेपाली अमेरिकन हेरिटेज डे का रुपमा मनाइने भएको छ ।  राज्य संसदमा सांसद जेनिफर राजकुमारले स्पोन्सर गरेको रिज्योलुशन नम्बर ३३०  न्युयोर्कको राज्य संसदबाट आज मंगलबार स्वीकृत भएको हो । यो रिज्योलुशन हिजो सोमबार संसदको क्यालेण्डरमा चढाइएको थियो । उनले न्युयोर्क राज्य संसदमा डिस्ट्रिक्ट ३८ बाट प्रतिनिधित्व गर्छिन् । जुन क्षेत्र क्वीन्सको ग्लेनडेल, ओजन पार्क, रिचमण्ड हिल, रिजउड, उडह्याभन लगायत पर्छन् ।

न्युयोर्क राज्य संसदको वेवसाइटमा प्रकाशित 

राज्य संसदमा यो प्रस्तावको को स्पोन्सर राज्य सांसद जेफ्रियन ओब्रीले गरेका थिए । उनले न्युयोर्क राज्य संसदमा नेपालीहरुको समेत बाक्लो बसोबास रहेको क्षेत्र डिस्ट्रिक्ट ३५ को एल्महस्र्ट, ज्याक्सनहाइट, कोरोना, लेफ्राकसिटी, उडसाइडको लगायतको क्षेत्रको प्रतिनिधित्व गर्छन् ।

गभर्नर एन्ड्रयु कुमोबाट मे २९ लाई न्युयोर्क राज्यमा नेपाली अमेरिकन हेरिटेज दिवसका रुपमा घोषणा नामको उक्त रिज्योलुशनमा नेपाल डेको उपलक्ष्यमा न्युयोर्क राज्यको नेपाली अमेरिकन समुदायलाई खुशी र गर्वका साथ सम्मान गर्नु संसदीय निकायको प्रचलन रहेको उल्लेख गरिएको छ । त्यसैले मे २९ लाई न्युयोर्क राज्यमा नेपाली अमेरिकन हेरिटेज डे का रुपमा घोषणा गर्नु न्युयोर्क राज्यको संसदीय निकायका लागि पनि गर्वको कुरा भएको उल्लेख छ । गभर्नर एन्ड्रयु कुमोबाट मे २९ लाई न्युयोर्क राज्यमा नेपाली अमेरिकन हेरिटेज दिवसका रुपमा घोषणा नामको उक्त रिज्योलुशनमा नेपाल डेको उपलक्ष्यमा न्युयोर्क राज्यको नेपाली अमेरिकन समुदायलाई खुशी र गर्वका साथ सम्मान गर्नु संसदीय निकायको प्रचलन रहेको उल्लेख गरिएको छ । त्यसैले मे २९ लाई न्युयोर्क राज्यमा नेपाली अमेरिकन हेरिटेज डे का रुपमा घोषणा गर्नु न्युयोर्क राज्यको संसदीय निकायका लागि पनि गर्वको कुरा भएको उल्लेख छ ।

मे २९ मा नेपालमा २४० बर्ष पुरानो राजतन्त्रको अन्त्य भएर गणतन्त्र घोषणा भएको दिन भएको र नेपाली पात्रो अनुशार यो दिन जेष्ठ १५ मा पर्ने समेत रिज्योलुशनमा उल्लेख छ । सन् २००६ मा १० बर्षलामो गृहयुद्धको समाप्ती र सन् २०१५ मा विनाशकारी महाभूकम्पहुँदै नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेको विषयलाई पनि रिज्योलुशनमा समेटिएको छ ।

न्युयोर्क सिटी न्युयोर्क राज्यमा रहेका ६७ प्रतिशत नेपालीहरुको घर रहेको र त्यसमा पनि ८७ प्रतिशत न्युयोर्कबासी नेपालीहरु क्वीन्समा बस्ने रिज्योलुशनमा उल्लेख छ । मे २९ सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मा सगरमाथा आरोहण गरेको बार्षिकी समेत रहेको उल्लेख गर्दै रिज्योलुशनमा भनिएको छ – ‘नेपाल सुन्दर हिमालका लागि परिचित रहेको छ भने सगरमाथाको महान विश्वब्यापी महत्व छ ।’

न्युयोर्क राज्यको संसद

प्रतिबन्ध छल्न आकाशमै विवाह

एक भारतीय जोडीले कोभिड प्रतिबन्धहरू छल्न विमान भाडामा लिएर १५० भन्दा बढी निम्तालुहरूको बीच आकाशमा विवाह गरेका छन्।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा हवाईजहाजमा ती जोडी र निम्तालुहरूको भिड देखिन्छ। उडान सुरु भएको मानिएको तमिलनाडु राज्यले हालै कडा प्रतिबन्धहरू लगाउँदै विवाहमा ५० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम लागु गरेको छ। द टाइम्स अफ इन्डिया दैनिकका अनुसार भारतीय उड्डयन निकायले स्पाइसजेटको सो उडानका कर्मचारीहरूलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको छ।

काठमाडौं उपत्यकामा संक्रमण घट्दो

९ जेठ, काठमाडौं  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार जेठ १ गते काठमाडौं उपत्यकामा २८८२ जनामा संक्रमण देखिएको छ  । दैनिक थपिने कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकामा घट्दै गर्दा बाहिर भनेको बढेको छ । साताको अन्तिम दिन जेठ ७ गते २४४७ जनामा संक्रमण देखिएको छ । संख्यात्मक हिसाबले तुलना गर्ने हो भने जेठ ३ र ६ गतेबाहेक काठमाडौं उपत्यकामा संक्रमण घटेको देखाउँछ । तथ्यांक अनुसार जेठ ३ गते ३२१३ र ३२३२ संक्रमित थपिएका छन् ।  उपत्यका बाहिर संक्रमण बढ्नुले गाउँगाउँमा संक्रमण फैलिरहेको गत साताको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी प्रभावित काठमाडौं जिल्ला रहेको छ । यी दिनहरुमा द्रुत दरमा संक्रमण बढेको देखिन्छ  ।   

सरकारले कोरोना परीक्षणका लागि सबै प्रदेशमा कम्तीमा एकलाख एन्टिजेन पठाउने भएको छ । काठमाडौंमा थप एकला, भक्तपुर र ललितपुरमा ५०/५० हजार, लुम्बिनी प्रदेशमा दुई लाख, गण्डकी प्रदेशमा डेढ लाख, कर्णाली प्रदेशमा एकलाख ५० हजार र सुदूरपश्चिम प्रदेशमा दुई लाख एन्टिजेन पठाइने छ ।

२४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त

९ जेठ, काठमाडौं  : पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।  देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ ।    २ हजार ८२१ काठमाडौं उपत्यकाका छन् ।  काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।