विश्व प्रेस स्वतन्त्रता दिवस – प्रेस तथा अभिव्यक्ति स्वन्त्रता कार्यक्रम गरी मनाइँदै

press attact

विश्व प्रेस स्वतन्त्रता दिवस – प्रेस तथा अभिव्यक्ति स्वन्त्रता कार्यक्रम गरी मनाइँदै

२० वैशाख, काठमाडौं : सोमबार विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ ।  नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ ।  प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको  स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले   कोरोना संक्रमणका कारण सामूहिक रूपमा भौतिक सहभागिता जनाएर कार्यक्रम गर्न सम्भव नदेखिएकोले कार्यक्रमको स्वरूप परिवर्तन गरेर भर्चुअल रूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको महासं‌घले जनाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विश्वभरका पत्रकारहरुको सबैभन्दा ठूलो छाता संगठन अन्तराष्ट्रिय पत्रकार महासंघ(आईएफजे)संग आबद्ध दक्षिण एशियाका पत्रकारहरुका संगठनहरुको सञ्जाल(साउथ एशियन मिडिया नेटवर्क)ले आजै दक्षिण एशियाको प्रेस स्वतन्त्रताको अवस्थाको बारेमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ ।  प्रेस स्वतन्त्रता दिवसको अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले शुभकामना सन्देश जारी गरेका छन् । उनले कोरोना महामारीको बेलामा सञ्चारकर्मीहरुलाई आफू पनि सजक रहेर काम गर्ने र आम दर्शक, स्रोता र पाठकहरुलाई समेत सचेत गराउनु पर्ने दोहोरो जिम्मेवारी रहेको उल्लेख गरेका छन् ।

बैशाख २१ गतेदेखि मध्य भोटेकोशीको आईपीओ निष्काशन

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। निष्काशन गरिने कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ। आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

७० प्रतिशत   ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ। कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

 

साम्राज्ञीले सुरु गरिन् वैकल्पिक पेशा अनलाइन व्यवसाय

कोरोना महामारीपछि नेपाली कलाकारहरुले आम्दानीका लागि वैकल्पिक पेशा पनि रोज्न थालेका छन् । राम्रो ‘ड्रेस सेन्स’ भएकी अभिनेत्रीको रुपमा चिनिने साम्राज्ञीले अनलाइन क्लोथिङ स्टोर सञ्चालनमा ल्याएकी हुन् । ‘प्याप’   नाममा खोलिएको अनलाइन स्टोरमा नेपालमै तयार गरिएका महिलाले लगाउने पहिरन मात्र पाइन्छ ।
कोरोना महामारीपछि अनलाइनको प्रयोग गरेर खाना, औषधी लगायतका सामान अर्डर गर्नेको संख्या दिन-प्रतिदिन बढिरहेको छ ।

साम्राज्ञीले दिनहुँ जसो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् ‘प्याप’ स्टोरमा उपलब्ध पहिरनमा फोटोसुट गरेका तस्विरहरु सार्वजनिक गर्दै आएकी छन् ।   कोरोनाले फिल्म निर्माण र प्रदर्शन अन्योल भएपछि आर्थिक रुपमा बलियो रहेका कलाकारहरुले विभिन्न व्यवसायमा हात हालेका छन् । कोरोनापछि अनलाइन सपिङप्रति बढेको आकर्षणलाई मध्यनजर गर्दै अभिनेत्री साम्राज्ञी आरएल शाहले अनलाइन व्यवसाय सुरु गरेकी छन् ।  नेपालमा आफूले चाहेको जस्तो पहिरन घरमै बसेर अर्डर गर्ने अनलाइन प्लेटफर्मको खासै धेरै विकास भएका छैनन् । यही कारण साम्राज्ञीले अनलाइन क्लोथिङ स्टोर सञ्चालनमा ल्याएकी हुन् ।
nepali airlance

हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिस

१७ वैशाख, काठमाडौं : सीसीएमसी स्रोतकाअनुसार  शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान स्थगित गर्न सिफारिस गरेको छ ।  कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो । हाल संक्रमण बढी देखिएका जिल्लामा प्रशासनले निषेधाज्ञा लगाएका छन् । हवाई सेवामा चाहिँ रोक लगाइएको थिएन ।