ब्राजिलका राष्ट्रपतिलाई महाअभियोग लगाउनु पर्ने माग

कोरोना महामारीलाई सुरूदेखि नै हलुका ढंगले लिइरहेका बोल्सोनारोलाई महाअभियोग लगाउनु पर्ने माग राखेर शनिबार ब्राजिलभरि लाखौं मानिसहरूले प्रदर्शन गरेका छन्।  कोरोनाभाइरसको महामारी नियन्त्रणमा लापरबाहीपूर्ण तरिकाले काम गरेको भन्दै दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोविरूद्ध महाअभियोग लगाउनु पर्ने माग उठेको छ। ब्राजिलमा कोरोनाबाट अहिलेसम्म ४ लाख ६० हजार मानिसले ज्यान गुमाएका छन्।  दुई सय बढी सहरमा बोल्सोनारोविरुद्ध प्रदर्शन भएको छ ।   अमेरिकापछि महामारीको सबैभन्दा धेरै चपेटामा परेको मुलुक ब्राजिल हो।  राष्ट्रपति बोल्सोनारोले सुरूदेखि नै यो सामान्य फ्लू भएको बताउँदै आएका थिए। उनले भौतिक दूरी कायम गर्ने  र लकडाउन गर्ने कुराको सधैँ विरोध गरेका थिए। उनले आफूले कोरोनाभाइरसविरूद्धको खोप पनि नलगाउने घोषणा गरेका थिए। भाइरसभन्दा पनि यो सरकार बढी खतरनाक छ ।  ५७ प्रतिशत ब्राजिलियनहरू बोल्सोनारोलाई महाअभियोग लगाउनु पर्ने पक्षमा रहेको देखाएका छन्।

Spread the love