म्यानपावर कम्पनीका कर्मचारी घुस लिँदालिँदै पक्राउ

म्यानपावर कम्पनीका कर्मचारी घुस लिँदालिँदै पक्राउ

काठमाडौँ:  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको सचिवालयमा कामदारले उजुरी गरेपछि मन्त्रीको निर्देशनमा विभागको टोलीले  कतार जाने कामदारबाट बढी शुल्क लिँदै गर्दा म्यानपावर कम्पनीका एक कर्मचारीलाई आज पक्राउ गरेको छ ।उक्त ओमरसिज कार्यालयबाट कर्मचारीलाईघुस लिँदालिँदै गरेको अवस्थामा दिउँसो ४ः३० बजेतिर पक्राउ गरेको हो । फ्री भिसा फ्री टिकट भएको मुलुकमा कामदार पठाउँदा रु १० हजारभन्दा बढी रकम लिन नपाइने व्यवस्था छ ।  पक्राउ पर्नेमा वसुन्धरास्थित डी सेन्टर ओभरसिज कन्सर्नका कर्मचारी बालकुमारी राई रहेका छन् । कतार जाने कामदारबाट रु ९५ हजार लिँदालिँदै एक कर्मचारीलाई  पक्राउ गरेको छ ।

शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख ऋण दिइने

काठमाडौँ — सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर  ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण दिने अर्थमन्त्री डा युवराज खतिवडाले उल्लेख गरे । सरकारले ३ अर्व १० करोड रुपैया बजेट छुट्टाएको छ । सरकारले रोजगार सुचना केन्द्र स्थापना, समान कामको लागि सामान ज्याला, आन्तरीक श्रम निरिक्षण गर्ने भएको छ । ७ वटै प्रदेशमा श्रम स्वीकृतिको लागि कार्यालय स्थापना गर्ने भएको छ ।

नुवाकोटका राष्ट्रिय खेलाडी रेस्लर नुवाकोटे टाईगर सम्मानित

भरतसन्तोषी,काठमाडौ ,नुवाकोटका राष्ट्रिय खेलाडी रेस्लर कमल लामा उर्फ नुवाकोटे टाईगर सम्मानित हुनुभएको छ। हिमालय आर्ट तथा स्पोर्ट्स एकेडेमी काठमाडौको आयोजनामा राजधानीमा बिभिन्न खेलका राष्ट्रिय खेलाडीहरुलाई सम्मानको क्रममा उहाँ सम्मानित हुनुभएको हो। त्यस्तै एकेडेमीद्वारा सम्मानितहुनेहरुमा पर्बतारोही श्री गेसमान तामाङ पनि हुनुहुन्छ। उहाले बालबालिका तथा महिला हिम्सा मुक्त समाज निर्माण गर्ने सन्देशका साथ सन २०१८को मे मा बिस्वको सर्बोच्च शिखर सगरमाथामा आरोहण गरेका गर्नुभएको थियो। सोही अबसरमा कराते खेलाडी एस्तर राई ,पेन्कक सिलात खेलबाटका सन २०१६ विश्व च्याम्पियनसिप कास्य पदक बिजेता श्री बिमल राई,MMA च्याम्पियन श्री सन्तोष साउद क्षेत्री साथै खेलाडी एलिसा खड्कि हुनुहुन्छ।  त्यस्तै खेलाडी एस्तर राईलाई नगद सहित सम्मान गरिएको छ।  जापानको ओकिनावा शहरमा आयोजित १७औ जुनियर एसियाली कराते च्याम्पियनसिपमा काश्य पदक बिजेता खेलाडी एस्तर राईलाई आज एक समारोहका बिच राजधानीमा नगद रु १०,०००। सहित प्रमाणपत्र द्वारा अरोमा फेसन प्रा लि का अध्यक्ष तथा थाई नेपाली सघ थाइल्यान्डका पुर्ब महासचिव एन.आर.एन. श्री अरुण भट्टराईले सम्मान गरेका हुन। आगामी सन २०२० मा जापानमा आयोजना हुने गृष्मकालिन ओलम्पिक खेलको लागि समेत नेपाली खेलपदाधिकारिहरुले नजिकबाट हेरिरहेको बताईएको छ।

आगामी पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर हुने – अर्थमन्त्री डा युवराज खतिवडा

काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै आगामी पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर हुने बताउनुभयो । सरकारले कृषिको दिगो विकास गरी आगामी पाँच वर्षभित्र कृषि उत्पादनमा दोब्बर वृद्धि गर्ने भएकोे छ । हाल कूल गार्हस्थ्य उत्पादन (जिडिपीमा) कृषि क्षेत्रको योगदान ३२ प्रतिशत छ । पशुपालन र कृषि क्षेत्रका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषिको दिगो विकास कार्यक्रम अगाडि सारिएको छ । जसका लागि आव ०७५÷०७६ मा रु चार अर्ब ७७ करोड रकम विनियोजन गरिएको छ । परियोजना पकेट, ब्लक, जोन र सुपर जोनमा वर्गीकरण गरिएको हो ।

सरकारले वास्तविक कृषि कर्म गर्ने किसानका लागि पाँच प्रतिशत ब्याजमा कृषि कर्जा विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत उपलब्ध गराइने बताउँदै यसका लागि रु ५० अर्ब रकम विनियोजन गरिएको छ । जमिन बाँझो राख्न नहुने, उर्वर जमिनलाई खण्डीकरण हुनबाट जोगाउनुपर्ने, सिंचित जमिनमा घर निर्माण गर्न नपाइने भू–उपयोग नीति लागू गरी आगामी पाँच वर्षमा कृषिमा आत्मनिर्भर हुन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषिको परनिर्भरता हटाइने व्यवस्था बजेटले गरेको छ । दूध उत्पादन किसानलाई उत्पादनका आधारमा अनुदान, साना किसानको कर्जा मिनाहा, सहकारी खेतीलाई २५ प्रतिशत पूँजीगत अनुदान, कृषि औजार कारखानाको स्थापना, कृषि सहकारी संस्थालाई बीउबिजन उत्पादन कार्यका साना किसानलाई ऋण मिनाहाको कार्यक्रमसमेत बजेटमा उल्लेख छ । कृषिउपजको व्यवस्थित भण्डारणका लागि सातवटै प्रदेशमा सार्वजनिक निजी सहकारी क्षेत्रको सहभागितामा जैविक प्रयोगशाला र माटो परीक्षण प्रयोगशालाको स्थापनाको लागि बजेटमा व्यवस्था छ ।

 

What is it about the Solomon Islands ?

Deepak Neupane, Kathmandu :Situated in the South Pacific between Papua New Guinea and Vanuatu, the population of about 550,000 is predominantly Melanesian but includes other smaller groups. Exotic local customs and traditions remain a very important part of life for Solomon Islanders. The Solomon Islands tourism industry registered for the first Quarter 2018 a 29 percent increase of visitor arrivals over the same period in 2017. Visit the villages in the outer islands and step back in time. Experience life much as it was a hundred years ago. No electricity, no internet, no running water supply, no shops, few roads. And no noise – except for the sound of the waves!  The Solomon Islands are an archipelago of 992 tropical islands and atolls, scattered in a gentle curve. They comprise two major parallel island chains extending some 1800 kilometers from the Shortland Islands in the west to Tikopia and Anuta in the east. The islands and waters are still a little known pristine paradise. They are particularly special for their remarkable biodiversity, containing thousands of different plant and animal species, especially the marine life. Many species are known only to the Solomons.

१३ खर्ब १५ अर्बको बजेट

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका छन्् । जसमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत वजेट विनियोजन गरिएको छ ।

Budget Speech 2075

 

बजेटमा अपाङ्गता भएका विद्यार्थीलाईआवासीय सुविधासहित शिक्षा

२०७५ , जेष्ठ १५ : को बजेट अनुसार  देशभर रहेका अपाङ्गता भएका विद्यार्थीलाई आवासीय सुविधासहित अध्ययन व्यवस्था गरिने भएको छ । विपन्न वर्गका विद्यार्थीलाई विद्यालयदेखि उच्च शिक्षा नि:शुल्क हुने बताइएको छ । साथै साधारण र प्राविधिक धारको शिक्षालाई सबै वर्गअनुकुल बनाइने, दुई वर्षभित्र ‘साक्षर नेपाल’ घोषणा गरिने उल्लेख छ ।विद्यालय तथा छात्रावासको भौतिक निर्माणलाई बालमैत्री तथा अपांगतामैत्री तुल्याइने पनि उल्लेख छ ।

इलाममा पनि प्याराग्लाइडिङ उडान

पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको इलाममा प्याराग्लाइडिङको पनि सफल परीक्षण उडान गरिएको छ ।सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्म बुधबार सफल परीक्षण उडान गरिएको हो। पाइलट विवेक शम्शेर राणाले प्याराग्लाइडिङ उडाएका थिए। प्रशस्तै पर्यटकीय क्षेत्र भएको इलाममा प्याराग्लाइडिङले थप पर्यटक भित्र्याउने यहाँका पर्यटन व्यवसायीले आशा लिएका छन् । यहाँ रहेका पर्यटकीय क्षेत्रलाई प्याराग्लाइडिङका माध्यमबाट नियाल्न सहज हुने छ ।इलाममा अब यसैसम्बन्धी कम्पनी खोलेर काम अघि बढाइने  छ । यहाँ प्याराग्लाइडिङ उडेपछि पर्यटकीय नगर पोखरा र इलामबीचको सम्बन्ध अझ नजिक हुने विश्वास छ ।

 

सगरमाथा शिखरमा पाइला टेक्दा ३६ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी संकलन

काठमाडौं : अघिल्ला वर्ष भन्दा यस वर्षको सगरमाथा आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार ३२१ रूपैयाँ रोयल्टी संकलन भएको छ । अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन गरेको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो ।  ४०० भन्दा बढीले वर्षको सगरमाथा आरोहण सम्पन्न गरेका छन् ।

त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको हो । यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागको भनाइ छ । विभागका निर्देशक रामप्रसाद सापकोटाका अनुसार सगरमाथाबाट र ३६ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी संकलन भएको छ । सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट एक करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ । यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका सगरमाथाको शिखर चुम्ने अभियानमा केन्द्रीत भएका थिए । सगरमाथा आरोहणको रोयल्टी समेत फरक ऋतुमा फरक–फरक नै छ । सन् २०१४ मा हिमपहिरोका कारण १६ नेपालीसहित १९ जनाको निधन भएको थियो । यस्तै सन् २०१२ मा हिमपहिरोमा परेर ११ जनाको निधन भएको थियो ।

यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको लेक लागेर मृत्यु

यार्सागुम्बा संकलनका लागि डोल्पाको ठूलीभेरी नगरपालिका १० मा पर्ने ग्यालवारा पाटन पुगेका पहाडी लेक लागेर विरामी भई दुनैतर्फ ल्याउदै गर्दा माझवनमा मृत्यु भएको छ।  विश्व कै उच्च मानववस्ती मानिने धो ताक्सी ४ हजार २ सयको उचाईमा छ। धो ताक्सी बस्ती भन्दामाथि उचाई भएका पाटनमा यार्सागुम्बा पाइन्छ।डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको लेक लागेर शनिबार मृत्यु भएको हो।  लेक लागेर गम्भीर बिरामी भएका एक जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका १० लिकुका ३० वर्षीय नारायणप्रसाद पहाडी, जाजरकोट नलगाड नगरपालिका ८ खगेनकोट का १५ वर्षीय भद्रबहादुर चनारा र काइके गाउँपालिकाको सुन्दरे शेर्पा आधारभूत विद्यालय टुप्पाताराका शिक्षक शेरबहादुर रानाको लेक लागेर शनिबार मृत्यु भएको छ।  डोल्पोबुद्ध गाउँपालिकाको धो ताक्सी पुगेका जाजरकोटका चनारा लेक लागेर विरामी भएपछि उपचारका लागि दुनैतर्फ ल्याउँदै गरेको बेला शनिबार राति डोल्पोबुद्ध गाउँपालिका २ मा पर्ने तोलतोल भन्ने ठाउँमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।