नुवाकोटका राष्ट्रिय खेलाडी रेस्लर नुवाकोटे टाईगर सम्मानित

भरतसन्तोषी,काठमाडौ ,नुवाकोटका राष्ट्रिय खेलाडी रेस्लर कमल लामा उर्फ नुवाकोटे टाईगर सम्मानित हुनुभएको छ। हिमालय आर्ट तथा स्पोर्ट्स एकेडेमी काठमाडौको आयोजनामा राजधानीमा बिभिन्न खेलका राष्ट्रिय खेलाडीहरुलाई सम्मानको क्रममा उहाँ सम्मानित हुनुभएको हो। त्यस्तै एकेडेमीद्वारा सम्मानितहुनेहरुमा पर्बतारोही श्री गेसमान तामाङ पनि हुनुहुन्छ। उहाले बालबालिका तथा महिला हिम्सा मुक्त समाज निर्माण गर्ने सन्देशका साथ सन २०१८को मे मा बिस्वको सर्बोच्च शिखर सगरमाथामा आरोहण गरेका गर्नुभएको थियो। सोही अबसरमा कराते खेलाडी एस्तर राई ,पेन्कक सिलात खेलबाटका सन २०१६ विश्व च्याम्पियनसिप कास्य पदक बिजेता श्री बिमल राई,MMA च्याम्पियन श्री सन्तोष साउद क्षेत्री साथै खेलाडी एलिसा खड्कि हुनुहुन्छ।  त्यस्तै खेलाडी एस्तर राईलाई नगद सहित सम्मान गरिएको छ।  जापानको ओकिनावा शहरमा आयोजित १७औ जुनियर एसियाली कराते च्याम्पियनसिपमा काश्य पदक बिजेता खेलाडी एस्तर राईलाई आज एक समारोहका बिच राजधानीमा नगद रु १०,०००। सहित प्रमाणपत्र द्वारा अरोमा फेसन प्रा लि का अध्यक्ष तथा थाई नेपाली सघ थाइल्यान्डका पुर्ब महासचिव एन.आर.एन. श्री अरुण भट्टराईले सम्मान गरेका हुन। आगामी सन २०२० मा जापानमा आयोजना हुने गृष्मकालिन ओलम्पिक खेलको लागि समेत नेपाली खेलपदाधिकारिहरुले नजिकबाट हेरिरहेको बताईएको छ।
Spread the love