ओखलढुंगामा टाटासुमो दुर्घटना

ओखलढुंगामा टाटासुमो दुर्घटना

ओखलढुंगाको मोलुङ गाउँपालिका २ मा टाटासुमो दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर एक बालकसहित ८ जना घाइते भएका छन् । दुर्घटनामा परि घाईते भएकाहरुलाई उपचारका लागी सामुदायिक अस्पताल मिसनमा ल्याउने क्रममा एकजनाको मृत्यु भएको छ ।

शिवपुरीको समुन्द्रादेविमा कृषकहरु सामुहिक तरकारी खेती सुरु गर्दै

 हरि भेटवाल- नुवाकोट जिल्ला को पुर्वी भेगमा अबस्थित शिवपुरी गाउँपालिका को वडा न ६ समुन्द्रा देवीमा कृषकहरु मिलि अहिले ६ रोपनी जग्गामा पलाष्टिक घर टनेल निर्माण गरि सामुहिक तरकारी खेती गर्न थालिएको छ। उक्त टनेलहरुमा गोलभेडा रोपिएको छ। उक्त सामुहिक खेती को लागि बिष्णु श्रेष्ठ को सयोजकत्वमा निर्मला थापा रत्नमान तामाङ रत्न तामाङ चन्दर ब तामाङ असोक बुढाथोकी ज्ञान ब तामाङ मुकुन्द राज थापा हरिराम भेटुवाल जनक राज थापा राजन बस्नेत गरि ११ सदस्यीय समुन्द्रादेवी तरकारी तथा खाधन बिकास केन्द्र नाममा समुह बनाई तरकारी खेती थालिएको सहयोजक बिष्णु श्रेष्ठले बताउनु भयो उहाँले अब गाउँमा तरकारी खेतीको माध्यम बाट रोजगारी सिर्जना गरि अहिले को समयमा युवाहरु बैदेशिक रोजगारीमा जाने र गाउँमा रहेको खेतीपाति बाजो रहेको अबस्थामा अब आधुनिक तरिकाले ब्याबसायिक खेती बाट आयआर्जन गर्नुपर्ने बेला आएको र तरकारी खेति लाई अहिले ६ रोपनीमा सुरु भएको लाई बिस्तार गरि १०० रोपनीमा तरकारी खेती गर्न उक्त समुहको लक्ष्य रहेको र यो समुहमा आबद्ध हुने कृषकले हप्ताको एक दिन उक्त तरकारी खेतीमा सामुहिक श्रम गनुपने अनिवार्य नियम रहेको बताउनु भयो ।

 

चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीको अवधारणा

दिपक न्यौपाने, काठमाडौ : उपत्यकामा बढ्दो सवारी साधनको चापका कारण पछिल्लो समय मनोरेल तथा मेट्रोरेलको अवधारणा आईरहँदा सम्भाब्यता अध्ययन शुरु गर्ने भएको छ । उपत्यकाको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन शुरु गर्ने भएको छ । शुक्रबार चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन र काठमाडौं महानगरपालिकाकाबीच सम्भाब्यता अध्ययन शुरु गर्ने समझदारी भएको छ । सम्भाब्यता अध्ययन सम्बन्धी समझदारीपत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कर्पोरेशनका महाप्रवन्धक लि होङ्गकीले हस्ताक्षर गरेका हुन् ।

चिनियाँ सरकाको मताहतमा रहेको चिनियाँ रेलवे कम्पनी सीआरसीसीले राजधानीको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गरी सञ्चालन गर्ने प्रस्ताव गरेको छ । सीआरसीसीले सम्भाब्यता अध्ययन गरी ७ महिनाभित्र प्रतिबेदन बुझाउने छ ।  सीआरसीसीले ‘पीपीपी’ र ‘बीओओटी’ मध्ये जुनसुकै मोडेलमा निर्माण गर्ने प्रस्ताव गरेको बताईएको छ ।

“डबली द स्पेस बुक क्याफे” संचालनमा

भरतसन्तोषी जेष्ठ ११,चितवन । सार्वजनिक विषयमा छलफल बढाउने र पठन संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्यका साथ यहाँ ‘डबली द स्पेस बुक क्याफे’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१० स्थित भरतपुर विमानस्थल नजिकै पत्रकार इन्द्रध्वज क्षेत्री र डाक्टर जीवन क्षेत्रीले उक्त क्याफे सञ्चालनमा ल्याउनुभएको हो ।
साहित्य, संस्कृति, संगीत, कला, समसामयिक राजनीति लगायतका विषयमा छलफल चलाउने, नेपाली र विदेशी लेखकका पुस्तक उपलब्ध गराउने र पठन र बहस संस्कृतिको विकास गर्ने लक्ष्यका साथ डबली बुक क्याफे शुरु गरिएको क्याफेकी व्यवस्थापक शारदा क्षेत्रीले बताउनुभयो । डबली बुक क्याफेमा कफी, फास्ट फुड, पढ्नका लागि वातानुकूलित कक्ष र विभिन्न कार्यक्रम गर्नका लागि मञ्च र हल पनि उपलब्ध गराइने उहाँले बताउनुभयो । समसामयिक विषय, कला, साहित्य, खेलकुद, चलचित्र, भाषा, संस्कृति आदिबारे नियमित छलफल र बहस चलाइने उहाँले बताउनुभयो । राजधानीको विभिन्न आधा दर्जन कलेजमा अध्यापकको काम गर्दै आउनुभएका ब्यवस्थापक क्षेत्री हाल आएर ब्यवसाय परिवर्तन अनि बुक क्याफे संचालन सगै थप हर्षित भएको बताउनुहुन्छ।

नक्कली लाईर्सन्स फेला पारेपछि समलिङ्गगीहरुले प्रहरी माथी गरेको दुव्र्यवहार

द पावर न्युज डट कम संवाद दाता, काठमार्डौ, टोखा न.पा. को काजीको डिल चोकमा ट्रफिक प्रहरीले सवारी साधन चेक जाँच गर्दा नक्कली लाईर्सन्स फेला पारेपछि एक मोटरसाईक्ल प्रहरीले नियन्त्रणमा लिएको थियो ।  समलिङ्गगीहरुको एक समुहले प्रहरी माथी दुव्यवहार गर्ने प्रयास गरेका थिए ।

उक्त मोटरसाईकल चालक तथा स्कारपीयो चालक संग प्रहरीले सक्कली लाईसन माग्दा उक्त समलिङ्गगीहरुको एक समहले प्रहरी माथी दुव्यवहार शव्द बोलेको थियो ।
द पावर न्युज डट कमका पत्रकार दिपक न्यौपाने माथि भिडियो किनखिचेका भन्दै दुव्यवहार गर्न खोज्दा प्रहरीले सो समुहलाई तितर वितर  पारी लखेटेर सो भिड नियन्त्रणमा लिएको थियो ।

भिडियो सहित

 

https://www.youtube.com/watch?v=t3AuqEqEuSg&feature=youtu.be

 

उपसभामुख राधिका तामाङद्वारा शैक्षिक सामग्री हस्तान्तरण

जेष्ठ११ ,नुवाकोट :प्रदेश नंम्बर ३ का उपसभामुख तथा पूर्व राज्यमन्त्री राधिका तामाङले विद्यालयका छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ।आफ्नै आमाबुवाको नाममा स्थापना भएको शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान मार्फत शिवपुरी गाउँपालिका वडा नं १ र ३ का तीनवटा विद्यालयका ११० जना विद्यार्थीका लागि पोशाक वितरण गर्नुभएको हो । हिजो विहिवार प्रतिष्ठानले आयोजना गरेको एक बृहत कार्यक्रममा शिवपुरी–३ का माङचेभूमे प्रावि, शिलाका प्रावि र वडा नम्बर १ स्थित खोलेखर्क आधारभूत विद्यायलका विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरिएको हो। माङचेभूमे प्राविका कक्षा ३ सम्म जम्मा विद्यार्थी १८ जना, शिलाका प्रावि कक्षा २ सम्मका जम्मा विद्यार्थी १५ जना ,त्यस्तै खोलेखर्क आधारभूत विद्यायलका कक्षा ८ सम्म जम्मा विद्यार्थी ७७ जनाका लागि विद्यालयका प्रधानाध्यापक विन्देश्वर शाह, व्यवस्थापन समितिका अध्यक्ष कविराज गुरुङ र शिक्षक बिरबहादुर तामाङलाई संयुक्त रुपमा एकमुष्ठ हस्तान्तरण गरिएको थियो। हस्तान्तरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राधिका तामाङले जिल्लाका विकट भूमिलाई अहिलेको अवस्थासम्म ल्याउन र आफुलाई राज्यको महत्वपूर्ण निकायमा उपसभामुख बन्ने अवस्था सम्म आइपुग्नका लागि स्वर्गीय आमा राम्री तामाङको मुख्य भूमिका रहेको चर्चा गर्दै वहाँको अधुरा सपना र यस गाउँका बासिन्दाहरुको चाहनालाई पुरा गरी समृद्ध गाउँ बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रमलाई वडा नं. १ का सदस्य रेशम गुरुङ, समाजसेवी मिनबहादुर तामाङ, विद्यालय शिक्षक महेन्द्र केसीले सम्बोधन गरेका थिए । पञ्चायत काल देखि राजनीतिमा सक्रिय स्वर्गीय राम्री तामाङ माङचेभूमे प्रावि र शिलाका प्रावि का संस्थापक साथै खोलेखर्क आधारभूत विद्यायलका व्यवस्थापन समितिका सदस्य हुनुहुन्थ्यो । महिला स्वयंसेविका समेत रहनुभएका राम्री तामाङ र नेपाली सेनाका निबृत्त स्वर्गीय शेरबहादुर तामाङले यस गाउँमा गर्नुभएको समाज सेवा र योगदानको सम्मान तथा निरन्तरसंगै स्वास्थ्य, शिक्षा त्यस्तै प्राङगारिक कृषि सेवा प्रवाह गरी स्वस्थ मानव समाज निर्माणमा सहयोग पुराउने प्रतिष्ठानको उद्देश्य रहेको संस्थाका कोषाध्यक्ष डिबि तामाङले बताए । खोलेखर्क आधारभूत विद्यायलको उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण पनि संयुक्त रुपमा भएको उक्त कार्यक्रमको अध्यक्षता सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कविराज गुरुङले गर्नुभएको थियो भने कार्यक्रम संचालन प्रतिष्ठानका सचिव सम्झना तामाङ त्यस्तै अतिथिहरुलाई प्रतिष्ठानका अध्यक्ष राजकुमार तामाङले खादा ओडाई स्वागत गर्नुभएको थियो ।

किन ढिला भयो प्रचारप्रसार सुनकेसरीको?

द पावर न्युज संवाद दाता, काठकाडौ  :भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म सुनकेसरीले फिल्मको प्रचार प्रसार ढिलो सुरु गरेको छ । प्रदर्शनको लागि २ दिन अगाडि मात्रै सुनकेसरी टिम प्रचार प्रसारको लागि चितवन पुगेका छन् । पत्रकार सम्मेलनमा बोल्दै फिल्म निर्मात्री समेत रहेकी नायिका ऋचा शर्माले निर्माता संघले घोषणा गरेको आन्दोलनको कारण फिल्मको प्रचार प्रसारमा ढिलाई भएको बताएकी छिन् । हरर जनरामा बनेको फिल्म सुनकेसरीलाई दर्शकहरुले मन पराउनेमा ढुक्क रहेको बताएकी छिन् । जेष्ठ ११ गते ठुलो ब्यानरको कुनै पनि फिल्म नरहेको कारण सुनकेसरीलाई सोलो रिलिज जस्तै हुने पक्का छ । फिल्ममा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । शर्मिला सापकोटा र धर्मराज अधिकारी फिल्मको सह– निर्माता हुन भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी रहेका छन् ।

पर्यटकलाई लक्ष्य गरी घरबास कार्यक्रम सञ्चालन

दिपक न्योपाने, काठमाडौ,  घरबास कार्यक्रमअन्तर्गत  रारा राष्ट्रिय निकुञ्जको संरक्षणमा रहेको सो तालको पूर्वमा रहेको पानीको निकास सँगैको छायानाथ रारा नगरपालिका–९ मा रारा मुर्मा घरबास कार्यक्रम सञ्चालन गरिएको छ। घरबास कार्यक्रमअन्तर्गत विद्यमान भौतिक संरचनाअनुसार घरमा ६० र त्रिपालमा २० जना राख्न सक्ने क्षमता रहेको छ । पर्यटकलाई लक्ष्य गरी  घरबासमा हालसम्म  कार्यक्रम सञ्चालन स्वीट्जरल्याण्ड, अमेरिका, अष्ट्रेलियालगायतका विभिन्न मुलुकका दुई दर्जनसहित करीब एक हजार जना बास बसिसकेका छन्।  विसं २०७४ माघ महिनादेखि सञ्चालनमा आएको यो घरबासका लागि नेपाल पर्यटन बोर्डको रु २० लाख र स्थानीय युवाको रु ३० लाखसहित कूल रु ५० लाखको लागतमा विभिन्न संरचना निर्माण गरिएको रारा मुर्मा होमस्टे सञ्चालक समितिका कोषाध्यक्ष रत्नसिंह रोकाहाले जानकारी दिए। रोकाहाका अनुसार स्वदेशीका लागि प्रतिकोठा र त्रिपाल सानोको रु एक÷एक हजार, ठूलोको एक हजार २०० र सादा खाना रु २५० निर्धारण गरिएको छ। च्याङग्रा, कुखुराको मासुसहितको खानाका लागि भने रु ४०० शुल्क कायम गरिएको छ। 

मुलुकको अर्थतन्त्र दलाल र नोकरशाहीहरुको हातमा

दिपक न्योपाने, काठमाडौ,  नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको १२ औं स्थापना दिवसको अवसरमा  पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र दलाल र नोकरशाहीहरुको हातमा रहेकोले मुलुकको अर्थतन्त्र ओरालो लागेको जिकिर गर्नुभयो ।  दाहालले पाँच बर्षको लागि निर्माण भएको नयाँ सरकारले मुलुकको आर्थिक विकासमा ध्यान दिएको मुलुकको अर्थतन्त्र माथि उठन नसकेको तर्क गर्दै बर्षेनी मुलुकमा व्यापार घाटा बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गर्नुभयो । मुलुकमा विदेशी लगानी ल्याएर निजी क्षेत्रको सहकार्यमा स्वाधीन अर्थतन्त्र निर्माण गर्नुपर्ने टिप्पणी गर्दै सरकारले छलफल गरेको भन्दै अब मुलुक स्थिरतातिर जान्छ ।  नेपाली जनताले एकपटक दिएको अवसरलाई संस्थागत गरी अघि नबढे नेपाली जनता र मुलुकको आर्थिक अवस्था ध्वस्त भएर जाने चिन्ता ब्यक्त गर्नुभयो ।

नवलपरासीमा बस पल्टियो

नवलपरासी, जेठ १० – पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यबिन्दुमा बस पल्टिँदा ३२ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट धनगढीका लागि छुटेको ना ६ ख ७४ ५६ नम्बरको बस बुधबार राति अनियन्त्रित भै सडकबाट १० मिटर तल खस्दा ३२ जना घाइते भएका हुन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको पुरानो मेडिकल कजेल भरतपुरमा उपचार भैरहेको छ ।