यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको लेक लागेर मृत्यु

यार्सागुम्बा संकलनका लागि डोल्पाको ठूलीभेरी नगरपालिका १० मा पर्ने ग्यालवारा पाटन पुगेका पहाडी लेक लागेर विरामी भई दुनैतर्फ ल्याउदै गर्दा माझवनमा मृत्यु भएको छ।  विश्व कै उच्च मानववस्ती मानिने धो ताक्सी ४ हजार २ सयको उचाईमा छ। धो ताक्सी बस्ती भन्दामाथि उचाई भएका पाटनमा यार्सागुम्बा पाइन्छ।डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको लेक लागेर शनिबार मृत्यु भएको हो।  लेक लागेर गम्भीर बिरामी भएका एक जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका १० लिकुका ३० वर्षीय नारायणप्रसाद पहाडी, जाजरकोट नलगाड नगरपालिका ८ खगेनकोट का १५ वर्षीय भद्रबहादुर चनारा र काइके गाउँपालिकाको सुन्दरे शेर्पा आधारभूत विद्यालय टुप्पाताराका शिक्षक शेरबहादुर रानाको लेक लागेर शनिबार मृत्यु भएको छ।  डोल्पोबुद्ध गाउँपालिकाको धो ताक्सी पुगेका जाजरकोटका चनारा लेक लागेर विरामी भएपछि उपचारका लागि दुनैतर्फ ल्याउँदै गरेको बेला शनिबार राति डोल्पोबुद्ध गाउँपालिका २ मा पर्ने तोलतोल भन्ने ठाउँमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Spread the love