विराटनगर नाकासम्म रेलमार्गबाट सामान ढुवानी

विराटनगर : विराटनगर नाकासम्म रेलमार्गबाट सामान ढुवानी मालवाहक रेलबाट विराटनगर नाकासम्म आइपुग्नु व्यवसायीका लागि खुशीको खबर छ । विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीबाट बथनाहा स्टेसन ७ किलोमिटर दक्षिणमा अवस्थित छ । बथनाहामा कार्गो सञ्चालनका लागि ठूलो यार्ड भएको हुँदा रेल यहीँसम्म आएको भारतीय पक्षले जनाएको छ ।  आइतबार बिहान आइपुगेको मालवाहक रेलमा समुद्रपारको मुलुकका ५८ कन्टेनर मालसामान छन् । विराटनगर नाकासम्म रेलमार्गबाट तेस्रो मुलुकका सामान आउन थालेको छ। भारतको कोलकाताबाट बुधबार छुटेको रेल आइतबार बिहान बथनाहा स्टेसन आइपुगेको छ ।  रेलमार्फत हुँदै सामान आउँदा ढुवानी भाडा झण्डै चालिस प्रतिशत सस्तो हुने अनुमान गरिएको छ।  सबै कन्टेनरमा पेप्सीको कम्पनीले पाकिस्तानबाट पैठारी गरेको चिनी रहेको बुझिएको छ । ’बथनाहादेखि कटहरीसम्मको कुल १८ किलोमिटर रेलमार्गमध्ये भारतीय भूभाग ५ किलोमिटर पर्दछ । नेपाल र भारत सरकारले सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरे पछि नेपालमा रेल आउने सहमति बनेको हो ।

Spread the love