कर्मचारी दुई/विद्यार्थी दुई – नुवाकोटको एक विद्यालयको कहानी

भरतसन्तोषी, नुवाकोट : बिक्रम सम्वत २०५२ सालमा स्थापित यस विद्यालयमा कार्यलय सहयोगी रामशरण भेटुवाल सहित दुई शिक्षक कर्मचारी कार्यरत छन्  नुवाकोटको पुर्वी शिवपुरी गाउँ पालिका वडा नम्बर ६ स्थित समुन्द्रादेवीको फेदिगाऊमा रहेको चनभुमे प्राथमिक विद्यालयको अस्तब्यस्त संरचना र खेर गइरहेको सरकारी जनशक्ति देख्दा सबैको मन खिन्न हुन सक्छ।  यस विद्यालयमा हाल सरकारी तलबमा दुई कर्मचारी कार्यरत छ्न।कार्यरत कर्मचारी शैक्षिकसत्रको नयाँ वर्ष सुरु भएको महिना दिन बित्नै लाग्दा पनि अहिलेसम्म उपस्तिथित भएका छैनन न त विद्यार्थीको नियमित उपस्थिति नै पाउन सकिन्छ। विद्यालयको न कुनै भवन छ न त ब्यवस्थित अस्थायी कक्षाकोठा नै।विद्यालय समयमा अव्यवस्थित जस्तापाताको टहरामा पुस्तक पल्टाएर बसिरहेकी ८ वर्षीय छात्रा अस्मिता तामाङ भन्छिन्´ सर त आउनुहुन्न।उनले सगैको एक छात्रा तर्फ इन्कित गर्दै भनिन् ´हामी दुईजना मात्रै हो यहाँ पढ्ने।` भर्ना भएको विद्यार्थी ८ जना भएपनि नियमितता विद्यार्थी संख्या भने न्यून रहेको विद्यालयका शिक्षक भिमसेन पाठकले स्विकार्नु भयो।´गाउँको वेदना छुट्टै छ` उहाँ ले भन्नुभयो ´विद्यालय ,अभिभावक र विद्यार्थीको समन्वय बिना नै स्कुल मात्रै चलाउने भनेर नहुने रहेछ।`  हालै जिल्ला शिक्षा कार्यलय सगको समन्वयमा एकत्तिस लाख बराबरको भुकम्प प्रतिरोधात्मक भवन निर्माण थालनी भएको छ।

Spread the love