टीपीएस नविकरण नहुँदा १५ सय नेपाली  देशनिकाला हुने

टीपीएस नविकरण नहुँदा १५ सय नेपाली  देशनिकाला हुने

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको देशनिकाला गर्नुपर्ने नेपालीहरुको सुचीमा झण्डै १५ सय नेपालीहरु रहेको विभिन्न तथ्यांकले देखाएको छ ।  नेपालमा गएको महाभूकम्पपछि झण्डै ९ हजार  अमेरिकामा बस्दै आएका नेपालीहरुलाई अमेरिकी सरकारले दिदै आएको टीपीएस सुविधा नथपिंदा वास्तविक रुपमा देशनिकालाको सामना गर्ने नेपालीहरु झण्डै १५ सयको हाराहारीमा रहेका छन् । सन् २०१९ को जुन २४ पछि उनीहरुले देशनिकालाको सामना गर्नेछन् । १५ सय नेपालीहरु भने देशनिकालाका लागि वास्तविक रुपमा योग्य हुनेछन् ।  यस अगाडि नै अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेका तर टीपीएसबाट संरक्षितहरु हुन् । देशनिकालाको आदेश पाइसकेका उनीहरुबाहेक विभिन्न भिसामा अमेरिकामा आएर कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिएकाहरुसमेत ठूलो संख्यामा रहेका छन् । यद्यपी उनीहरुले अमेरिकामा अध्यागमन सुविधाका लागि आवेदन दिनसक्ने कैयन विकल्पहरु समेत रहेका छन् ।

टीपीएस सकिनासाथ उनीहरुका ठेगानामा कुनै पनि बेला आइसका एजेण्टहरु पुग्न सक्छन् । उनीहरु पक्राउ पर्न सक्छन् । र देशनिकालामा पर्न सक्छन् । नेपालीलाई टीपीएस प्रदान गरेकै बर्ष अर्थात् सन् २०१५ मा अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीहरु १२८ जना थिए १५२० जना नेपालीहरु इमिग्रेशन अदालतबाट डिपोर्टको आदेश पाइसकेका तर विभिन्न कारणले अमेरिकाभित्रै बसेकाले टीपीएस सकिएपछि उनीहरु आइसको पहिलो निशानामा पर्नेछन् । उनीहरुले अदालतबाट देशनिकालाको आदेश पाइसकेपछि कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिई त्यत्तिकै अमेरिकामा बसिरहेको सन्दर्भमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नियन्त्रणमा लिएको खण्डमा विना कुनै अवरोध डिपोर्ट हुनसक्ने जोखिममा छन् ।

 

नुवाकोटको पुर्वी भेगमा भीषण असिना पानी

भरतसन्तोषी, नुवाकोट : किसानले लगाएको नगदे तथा हिउदे बाली पुर्ण रुपमा नष्ट भएको शिवपुरी गाउँ पालिका  भीषण असिना पानी वर्षा भएको छ। हावाहुरी ले भुकम्प पीडितको दैनिकी गुजारामा पनि समस्या उत्पन्न भएको छ। जिल्लाको शिवपुरी आसपासका क्षेत्रमा अहिले ठुलो हावाहुरीका साथ असिना परेको छ। स्थानीय स्तरमा लगाईएको गहुँ खेती तथा तरकारी खेती खेत मै नस्ट भएको छ। असिनाले जिल्लाको पुर्वी थानाभन्ज्याङ,समुन्द्रादेवी,अर्खौले लगायतका क्षेत्रमा व्यापक क्षति पुराएको छ भने क्षतिको थप विवरण आउन बाकी छ।

उद्योग क्षेत्रमा बढ्यो लगानी

उद्योग क्षेत्रमा यो वर्ष स्वदेश तथा विदेशी लगानीकर्ताको आकर्षण बढेको छ ।चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा कुल २ खर्ब ५६ अर्ब ४५ करोड बराबरको उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षको तुलनामा संख्यात्मक रुपमा उद्योग दर्ताको संख्या घटेको देखिए पनि लगानीका हिसाबले भने उद्योग क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।उद्योग विभागका प्रवक्ता दुर्गालाल भुषालका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ३ सय ३५ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ४३ वटा साना, ६१ वटा मझौला र २ सुय २१ वटा साना उद्योग दर्ता भएका छन् ।गत आर्थिक वर्षमा ३ सय ५३ वटा उद्योग दर्ता भएका थिए । जसको कुल पुँजी भने १ खर्ब २४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा लगानी दोब्बरले बढेको देखिन्छ ।गत वर्षको तुलनामा यसपालि वैदेशिक लगानी पनि बढेको छ । गत वर्षको चैत मसान्तसम्ममा १२ अर्ब ३१ करोड बराबरको विदेशी लगानी स्वीकृति भएकोमा यो वर्षको सोही अवधिमा ३८ अर्ब ७२ करोडको लगानी स्वीकृत भएको छ ।वैदेशिक लगानी महाशाखाका प्रमुख बस्नेतका अनुसार अहिले विदेशी लगानीकर्ताको उत्पादनमुलक , सेवा र खानीमा आकर्षण बढेको छ । यो वर्ष उद्योग विभागमा २ सय २६ वटा विदेशी लगानीका उद्योगका लागि लगानी स्वीकृति भएको छ । गत वर्ष २ सय ४२ वटा यस्ता उद्योगको लगानी स्वीकृति भएको थियो । विदेशी लगानी स्वीकृत गरेका चिनीयाँ उद्योगहरुको खानीमा बढि चासो देखिन्छ ।

 

डिएसपी सञ्जय राउत गृहको सम्पर्कमा

काठमाडौँः प्रहरीकै मिलेमतोमा ३३ किलो सुन लुटपाट भएपछि त्यो प्रकरण लुकाउन व्यक्ति हत्यासम्म गराएको विषयमा उनी छानबिनमा परेका  डिएसपी सञ्जय राउत गृहको सम्पर्कमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ३३ किलो अवैध सुन बरामदपछि भएको सनम शाक्यको हत्या प्रकरणमा मुछिएका डिएसपी सञ्जय राउत गृहमन्त्रालयको सम्पर्कमा आएका छन् ।  उनी अचानक गायब भएपछि सर्कुलर जारी गरिएको थियो ।  विमानस्थलबाट अवैध रूपमा बाहिरिएको ३३ किलो सुन प्रकरणमा अनुसन्धानका लागि बुधबारमात्रै डिएसपी राउतलाई खोज्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेश र ७७ जिल्लाका प्रहरी कार्यालयमा सर्कुलर पठाएको थियो । सनम हत्याकाण्ड अनुसन्धान गर्न पुगेका एसएसपी दिवेश लोहनी र राउतबीच सम्पर्क देखिएपछि अनुसन्धानमा तानिएको थियो ।

सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरिएकै भोलिपल्ट राउत गृहमन्त्रालयको छानबिन समिति र प्रहरीको सम्पर्कमा आएका हुन् ।   ३३ किलो सुन तस्करी प्रकरणमा समितिले २० जनालार्इ पक्राउ गरिसकेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ। पक्राउ परेकामध्ये प्रहरीका दुई बहालवाला अधिकृत छन् भने एकजना पूर्वडिआर्इजी पनि परेका छन् ।

 

लज्जित कार्यले शिक्षा र शिक्षण पेशा नै धराशायी बन्दै

भरतसन्तोषी : आजभोलि शिक्षक नियुक्तिको सवालमा झन बुझिनसक्नु छ। कस्ले कतिखेर नियुक्ति पाउने हो ठेगान छैन।पढेलेखेका रडिग्रीवाला पनि एसएलसी पढेका स्थानीय सग खुब डराउने गर्दा रहेछन्। अहिले जिल्लामा प्रायः सरकारी विद्यालयको शैक्षिक अवस्था अस्तब्यस्त छ। कतिपय प्रस्तावित विद्यालयमा सरकारी दरबन्दी बिना नै दुखमा विद्यालय संचालन गरिएका छन भने पहुँचवाला र राम्रा राजनीतिकवाला प्रधानाध्यापक भएको विद्यालयमा भने शिक्षकको कुनै कमी नै छैन चाहे विद्यार्थी नै किन हुनुपर्यो र?शिक्षकको खचाखच छ। शिक्षक नियुक्तिको क्रममा जिल्ला शिक्षा कार्यलय बाट शिक्षक नियुक्तिको लागि आवेदन अनुमती दिनुभन्दा पहिल्यै भोजभतेर र मोटो रकम आदानप्रदान चलिसकेको हुदोरहेछ। भोज भत्तेर खायो,आफ्नालाई जागिर दिलायो।यस्तो परिपाटी गाउँघरको विद्यालयमा ब्याप्त छ। शिक्षक नियुक्तिमा चल्ने यसप्रकारको लज्जित कार्यले शिक्षा र शिक्षण पेशा नै धराशायी बन्दै गइरहेको छ।बिस्तारै त्यस्ता शिक्षकले आफ्नो अपनत्व र हैकम चलाउछ।

यस लेखका पंक्तिकार आफै केहि कार्यक्रमका बिच नुवाकोट जिल्लाको पुर्वी भेगका एक गाऊपालिका पुगेका थिए । गाउँकै विद्यालयमा निम्न माध्यमिक शिक्षक नियुक्तिको प्रक्रिया चलिरहेको रहेछ। प्रक्रिया चल्यो गाउँकै जेनतेन प्लस टु वालाले नाम निकाल्यो। स्नातकोत्तर प्रथम श्रेणीका प्रतियोगी राजनैतिक प्रतिशोधमा फालियो,प्रश्न गरियो, प्रधानाध्यापक लाई सोधियो´ सर, यस्तो बेइमानीले त शैक्षिक गुणस्तर के अपेक्षा गर्ने खोइ? पाप लाग्दैन ? प्रधानाध्यापकले सवालको जवाफ तत्काल दिईहाले पाप लाग्छ रे! पापको बाऊ को हो? म अमुक बने। सोचे सुदुर ग्रामीण क्षेत्रका विद्यालयहरु दयनीय बन्नुको कारण धेरै रहेछन् । विद्यार्थीले उसको वास्तविकता र शैक्षिक दर्जा थाहा पाउछ। अनि शिक्षक विद्यार्थी बिचमा नै वैमनस्यता प्रकट हुन्छ।विद्यार्थीले शिक्षक मान्दैन।शिक्षकले विद्यार्थीलाई पढाउन सक्दैन।अनि विद्यालयमा छाडातन्त्र सुरु हुन्छ । ग्रामीण भेगका अधिकास विद्यालयमा पढाई नहुने,भएपनी पूरा नहुने,शिक्षकलाई विद्यार्थीले कुट्न जाने,शिक्षकले विद्यार्थी कुट्ने घटना त्यसै घटेको होईन।

शिक्षक, विद्यार्थी र शिक्षणको तालमेल हुन नसक्दा यस्ता घटनाहरु सामान्य बन्दै गइरहेको छ र समाज विकराल तर्फ मोडिदै गइरहेको छ।अबको नयाँ युगमा शिक्षक भनेको नमुना ब्यक्तित्वको रूपमा समाजमा भित्रिनु सक्नुपर्छ।राजनैतिक रूपमा प्रवेश गरेका र शैक्षिक योग्यता बिनाका त्यस्ता कर्मचारीले समाज परिवर्तनको अठोट र निर्णय लिनुको सट्टा समाज धराशायी बनाईदिन्छ। प्रसङ्ग गत माघ महिनाको हो। धेरै जसो पदको हैकम पनि अनुभव गरीयो। प्रधानाध्यापक, अध्यक्षले पदीय हैकममा प्रस्तुत हुँदा पनि कर्मचारी चिढिएर अध्ययन अध्यापनमा सुस्त बनिदिदा शैक्षिक प्रगतिमा शुन्य छाएको देखियो। विद्यालयमा राजनीतिक गुट उपगुटले पनि शिक्षक मनोबल सक्रिय र निष्क्रिय बनेको पाईयो। हुन त देशभर कै विद्यालयहरु राजनीति छत्रछायामा नराम्ररी रुमल्लिरहेको छ। त्यसको परिणाम शिक्षक पदपूर्ति, दरबन्दी मिलान, शिक्षक तालिम, सेमिनार विभिन्न शैक्षिक गोष्ठीहरुको क्रियाकलाप पनि नियाल्न सकिन्छ। पद कायम छ परन्तु पदको अभिभारा कुनै कर्मचारी संयन्त्रले पनि पालना गर्दैनन्।शैक्षिक कार्यक्रम,शैक्षिक क्यालेन्डर ,वर्षमा एकपटक पनि मुस्किलले चल्ने गर्दछ।चले नचलेको हेर्ने निकाय नै मौन बसिदिन्छ। कस्ले हेर्ने? कस्ले सोच्ने जबकि शिक्षा र शिक्षक दर्जा भिरेर हामी नै के गलत के सहि?पहिल्याएर चिनो लगाउन सक्दैनौं भने सोच्ने बेला ढिला भैसकेको छ।

कर्मचारी दुई/विद्यार्थी दुई – नुवाकोटको एक विद्यालयको कहानी

भरतसन्तोषी, नुवाकोट : बिक्रम सम्वत २०५२ सालमा स्थापित यस विद्यालयमा कार्यलय सहयोगी रामशरण भेटुवाल सहित दुई शिक्षक कर्मचारी कार्यरत छन्।  नुवाकोटको पुर्वी शिवपुरी गाउँ पालिका वडा नम्बर ६ स्थित समुन्द्रादेवीको फेदिगाऊमा रहेको चनभुमे प्राथमिक विद्यालयको अस्तब्यस्त संरचना र खेर गइरहेको सरकारी जनशक्ति देख्दा सबैको मन खिन्न हुन सक्छ।  यस विद्यालयमा हाल सरकारी तलबमा दुई कर्मचारी कार्यरत छ्न।कार्यरत कर्मचारी शैक्षिकसत्रको नयाँ वर्ष सुरु भएको महिना दिन बित्नै लाग्दा पनि अहिलेसम्म उपस्तिथित भएका छैनन न त विद्यार्थीको नियमित उपस्थिति नै पाउन सकिन्छ। विद्यालयको न कुनै भवन छ न त ब्यवस्थित अस्थायी कक्षाकोठा नै।विद्यालय समयमा अव्यवस्थित जस्तापाताको टहरामा पुस्तक पल्टाएर बसिरहेकी ८ वर्षीय छात्रा अस्मिता तामाङ भन्छिन्´ सर त आउनुहुन्न।उनले सगैको एक छात्रा तर्फ इन्कित गर्दै भनिन् ´हामी दुईजना मात्रै हो यहाँ पढ्ने।` भर्ना भएको विद्यार्थी ८ जना भएपनि नियमितता विद्यार्थी संख्या भने न्यून रहेको विद्यालयका शिक्षक भिमसेन पाठकले स्विकार्नु भयो।´गाउँको वेदना छुट्टै छ` उहाँ ले भन्नुभयो ´विद्यालय ,अभिभावक र विद्यार्थीको समन्वय बिना नै स्कुल मात्रै चलाउने भनेर नहुने रहेछ।`  हालै जिल्ला शिक्षा कार्यलय सगको समन्वयमा एकत्तिस लाख बराबरको भुकम्प प्रतिरोधात्मक भवन निर्माण थालनी भएको छ।

३३ किलो सुन प्रकरणका डिएसपी सञ्जय राउत गृहको सम्पर्कमा

काठमाडौँः प्रहरीकै मिलेमतोमा ३३ किलो सुन लुटपाट भएपछि त्यो प्रकरण लुकाउन व्यक्ति हत्यासम्म गराएको विषयमा उनी छानबिनमा परेका  डिएसपी सञ्जय राउत गृहको सम्पर्कमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ३३ किलो अवैध सुन बरामदपछि भएको सनम शाक्यको हत्या प्रकरणमा मुछिएका डिएसपी सञ्जय राउत गृहमन्त्रालयको सम्पर्कमा आएका छन् ।  उनी अचानक गायब भएपछि सर्कुलर जारी गरिएको थियो ।  विमानस्थलबाट अवैध रूपमा बाहिरिएको ३३ किलो सुन प्रकरणमा अनुसन्धानका लागि बुधबारमात्रै डिएसपी राउतलाई खोज्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेश र ७७ जिल्लाका प्रहरी कार्यालयमा सर्कुलर पठाएको थियो । सनम हत्याकाण्ड अनुसन्धान गर्न पुगेका एसएसपी दिवेश लोहनी र राउतबीच सम्पर्क देखिएपछि अनुसन्धानमा तानिएको थियो ।

सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरिएकै भोलिपल्ट राउत गृहमन्त्रालयको छानबिन समिति र प्रहरीको सम्पर्कमा आएका हुन् ।   ३३ किलो सुन तस्करी प्रकरणमा समितिले २० जनालार्इ पक्राउ गरिसकेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ। पक्राउ परेकामध्ये प्रहरीका दुई बहालवाला अधिकृत छन् भने एकजना पूर्वडिआर्इजी पनि परेका छन् ।

किशोर पन्थीको बहु प्रतिक्षित ऐतिहासिक पुस्तक “कम्पन” सार्वजनिक

काठमाडौं, १० वैशाख । 

संचारकर्मी किशोर पन्थीले भूकम्पको गतिविधिलाई समेटेर तयार पारिएको पुस्तक “कम्पन” विमोचन भएको छ । नया बानेश्वरमा रहेको इन्द्रेणी फुडल्याण्ड कम्पप्लेक्समा उक्त पुस्तकको आज विमोचन भएको हो । बि.स २०७२ साल वैशाख १२ गतेको भुकम्प गोरखालाइ केन्द्र विन्दु बनाएर महाकम्पन नै ल्याएर गएको थियो । त्यही कम्पन ल्याएको विषयमा लेखिएको पुस्तक हो कम्पन । महाभूकम्पका पिडित, बाँचेका सर्भाईभरहरु र आफू उद्दार कार्य र लाईभ रिपोर्टिङमा होमिए पछिको सग्लो जिउँदोजाग्दो इतिहासको संगालोलाई कोर्दे पन्थीले यो पुस्तक लेखेका हुन् ।

पूर्व प्रधानमन्त्री तथा नया शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले पुननिर्माणको काम स्थानीय तहलाई जिम्मा दिएमा छिट्टै सम्पन्न हुने बताउनुभएको छ ।

पत्रकार किशोर पन्थीले लेखेको कम्पन पुस्तकको आज राजधानीमा विमोचन गर्दै संयोजक भट्टराईले भूकम्पपछिको पुर्ननिर्माणमा स्थानीय तहलाई नै सक्रिय बनाउनुपर्ने बताउनुभयो । उहाले दान भनेको विना शर्त दिइने रकम भएको भन्दै तत्काल एकमुष्ट रुपमा राहात रकम पीडितलाई दिनुपर्ने बताउनुभयो । भूकम्पको तिन वर्षसम्म पनि पुर्ननिर्माणले गति लिन नसक्नुमा सारोकारवालाले गल्ती स्विकार गर्दै काममा लाग्नुपर्ने भट्टराईको भनाइ छ ।

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सोचेजस्तो पुर्ननिर्माण नभएको बताउनुभयो । नेता नेपालले मानविय सम्वेदनशिलतामा सुुरुका दिनमा जसरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिष्य स्तरबाट चासो भएपनि त्यो अनुरुप कामले गति नलिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री द्धय नेपाल र भट्टराईले पुस्तकले घटनामा देखे भोगेका वास्तविक भोगाईको सचित्र व्याख्या भएको बताउनुभयो । कार्यक्रममा पत्रकार पन्थीको कम्पन पुस्तक माथि समिक्षा गर्दै वास्तविक जीवनको जिवन्त अनुभूति समेटिएको वक्ताले बताएका छन् । पुस्तकको समिक्षा बरिष्ठ पत्रकार किशोर नेपाल र प्राध्यापक डाक्टर खग्रेन्द लुइ“टेलले पुस्तक सरल र सहज भाषामा लेखिएको भन्दै यसले भूकम्पको बारेमा सत्य तथ्य विषय जानकारी गराउन सक्ष्ँम भएको टिप्पणी गर्नुभयो ।

२२० पृष्ठको कम्पन पुस्तकमा महाभूकम्पपछिको आर्तनाद र आशालाई समेटिएको छ । पुस्तकमा भूकम्पपछिको उद्दार, राहात, पुर्नस्थापना तथा घाइतेहरुको वास्तविक भोगाइलाई समेटिएको छ । पुस्तकमा आफ्ना आफन्त, परिवार र आवास गुमाएर पनि बाचेकाहरुको सेवामा सहयोगी भावनाले काम गरिएका कथा व्यथालाई समेटिएको छ । अर्कोतिर राहात वितरणा भएको अनियमितता र आवास पुर्ननिर्माण गर्ने आश्वासन दिएर पनि नगरिएको विषयलाई समेत प्रष्टसग समेटिएको छ । अझै कम्पन पुस्तकमा सुरक्षाकर्मीले प्रकृतिक प्रकोपमा गरेको उद्दारलाई निकै महत्व दिइएको छ ।

कसरी बयान गरूँ त्यो क्षण…भूकम्पमा परिवारका सत्र सदस्य गुमाउँदा

म केही वर्षदेखि अमेरिकामा बस्दै आएको थिएँ । यता, नेपालमा म आफ्ना बुबा, आमा र अन्य आफन्तलाई मिस गरिरहेको थिएँ । खासगरी मेरी आमा आफ्नो नातिलाई भेट्न नपाएकोमा गुनासो गरिरहनुहुन्थ्यो र नातिलाई लिएर नेपाल आउन मलाई कर गरिरहनुहुन्थ्यो ।

एक दिन आमाले भन्नुभएको थियो, ‘म घरमा पूजा लगाउँदै छु, नातिलाई लिएर आइज ।’ काठमाडौंस्थित हाम्रो घरमा आमाले सप्ताह लगाउने निधो गर्नुभएको रहेछ, र हामीलाई पनि डाक्नुभएको थियो । तर, हामी जानसक्ने अवस्थामा थिएनौँ ।

       किशोर पन्थी

कसरी सम्झूँ म त्यो रात ? हामी अमेरिकामा एकजना साथीको घरमा पार्टीमा थियौँ । अमेरिकामा शुक्रबारको साँझ हामी पार्टीमा सहभागी भइरहँदा नेपालमा शनिबारको बिहानी भइसकेको थियो । पार्टीमा सहभागी भएर राति घर फर्कियौँ । सुत्नुअघि यसो फेसबुक खोल्नासाथ हामीले थाहा पायौँ, नेपालमा शक्तिशाली भूकम्प गएछ ।

भूकम्पबाट काठमाडांै र आसपासका सहरमा धेरै जनधनको क्षति भएको खबर आइरहेकाले मेरो मनमा पनि चिसो पस्यो । कतै काठमाडौंमा रहनुभएका मेरा परिवारजन र आफन्तलाई त केही भएन भनेर मैले घरमा फोन सम्पर्क गर्ने कोसिस गरेँ ।

मसँग बुबा र दाइको नम्बर मात्र थियो, त्यसैले उहाँहरूलाई नै कल गरें । तर, जति कोसिस गर्दा पनि उहाँहरूसँग फोन सम्पर्क हुन सकेन । मनमा विभिन्न संशय र चिन्ताका लहरहरू दौडन थाले । के भयो, कसो भयो भन्ने सुर्ता हुन थाल्यो ।

भूकम्पको असर त्यति गम्भीर होला भन्ने मलाई कुनै अनुमान थिएन । त्यसैले त्यो रात म सुत्न भनी ओछ्यानमा पल्टिएँ ।

एक घन्टा पनि सुत्न पाएको थिइनँ, न्युजिल्यान्डबाट एकजना बहिनीले फोन गरिन् । ‘दाइ, नेपालमा कन्ट्याक्ट गर्न धेरै ट्राई गरिसकेँ, कल नै लाग्दैन, मेरी ममीको हालखबर के छ, थाहा पाउनै सकिनँ, प्लिज तपाईं कन्ट्याक्ट गर्नुस् न,’ बहिनीले भनिन् ।

न्युजिल्यान्डबाट पनि फोन आएपछि भने नेपालमा भूकम्पले ठूलै अनिष्ट निम्त्याएको हुन सक्ने आशंकाले मन भतभती पोल्न थाल्यो । नेपालमा कन्ट्याक्ट गर्ने कोसिस गरिरहेँ, तर हुनै सकेन । सही खबर नपाउँदा मन झन् आत्तिँदो रहेछ । म सुत्नै सकिनँ ।

बिहानपख नेपालबाटै कल आयो । कल रिसिभ गर्नासाथ एउटा अप्रिय खबर सुन्नुप-यो । भक्तपुरको हाम्रो घर पनि भत्किएछ । परिवारका सदस्य घाइते भएको र अस्पताल भर्ना गरिएको भन्ने खबर मात्र मैले पाएँ । त्यसवेलासम्म कोही हताहत भएको खबर केही आएको थिएन । अब भने मेरो छटपटी र चिन्ता बढ्दै गयो ।

दिउँसोतिर खबर आयो, घर भत्किँदा हाम्रो परिवारका सदस्यहरूको पनि निधन भएछ । तर, कतिजनाको निधन भयो र ती को–को थिए भन्ने स्पष्ट खबर मैले पाएको थिइनँ । यस्तो संवेदनशील घडीमा परिवारजनले कतिपय कुरा लुकाइरहेका हुन्छन् भन्ने अनुमान गर्न मलाई कुनै कठिन भएन ।

हाम्रो परिवार ठूलै शोकमा परेको हुन सक्ने ठानेँ । ससुरासँग सम्पर्क भएपछि बल्ल मैले घर भत्किएर मेरी आमा ६२ वर्षीया चन्द्रवदन प्रधानलगायत परिवारका थुप्रै सदस्यको निधन भएको खबर पाएँ ।
मेरा लागि त्यो स्तब्ध पार्ने क्षण थियो । अब मैले एक क्षण पनि अमेरिकामा बस्नु हुँदैनथ्यो, त्यसैले श्रीमती श्रुति र छोरा विस्लेक्सलाई लिएर तत्काल नेपाल प्रस्थान गरेँ ।

वैशाख १६ गते काठमाडांै अवतरण गरेर सोझै शोभाभगवती– १५ स्थित आफ्नो घरमा गएँ । घर भग्नावशेषमा परिणत भएको देख्दा मन विचलित भयो । त्यो कहालीलाग्दो क्षणले मेरो मनमा तिखो सुइरोले झैँ घोच्यो । आँखाभरि आँसु रसाए ।

एक झट्कामै हाम्रो परिवारका १७ जना सदस्यको निधन भएको रहेछ । कस्तो विडम्बना ! जुन दिन भूकम्प गयो, त्यसै दिन घरमा सप्ताहको भव्य तयारी भइरहेको थियो । पण्डितले साइत पनि २०७२ साल वैशाख १२ गते ११ ः ५७ बजेकै निकालेका थिए ।

सोहीकारण हाम्रा परिवारका सदस्य, इष्टमित्र, महिला र बालबालिकाले घर भरिएको थियो । चारतले घरको भुइँतलाको ग्यारेजमा हुन गइरहेको सप्ताहका लागि साइतमै देउता स्थापना गर्ने तयारी हुँदै थियो । ठीक त्यसै वेला आएको अनिष्टकारी भूकम्पले हाम्रो घर गल्र्यामगुर्लुम ढालेछ ।

कसरी बयान गरूँ त्यो क्षण ? मेरी आमा, दिदी हेमलता र दाइ सुन्दरमान त्यही घरले पुरिनुभयो । मेरा मावलीतर्फका बाजे–बज्यै, चार वर्षकी भान्जी, तीनजना सानीआमा, काका, बहिनी, बहिनीकी सासू र नन्द, मेरी भाउजूकी भाउजू र उहाँको तीन वर्षको छोरा, भाउजूकी भाइबुहारी, सप्ताह लगाउन आएका पुजारीकी श्रीमती र अन्य आफन्त गरेर १७ जनालाई कालले खर्लप्पै निल्यो ।

सत्तरी टेक्दै गर्नुभएका मेरा पिता, भाउजू र दुई भतिजीहरू मात्र बाँचे । मैले दाइ र दिदीको त अनुहार नै देख्न पाइनँ । आमाको शवलाई अस्पतालको आइस बक्समा राखिएको रहेछ । म सोझै पशुपति आर्यघाट गएर आमाको दाहसंस्कार गरेँ ।

घर भत्किएकाले बाँकी बचेका आफन्त अलि पर टेन्ट राखेर बस्नुभएको रहेछ । बत्ती पनि थिएन, सबैतिर अँध्यारो । कसैलाई देख्न पनि नसकिने । एकदम अस्तव्यस्त थियो । सबै त्रासमा थिए । मलाई त सपनाजस्तै लाग्यो ।

यस्तो पनि हुन्छ र भन्ने प्रश्न मनमा बारम्बार उब्जिइरह्यो । परिवारका १७ जना आफन्तको मृत्यु र २२ जना घाइतेको वेदना सहेर केही समय म काठमाडाैंमै बसें । हामीले करिव दुई महिना लगाएर घरको भग्नावशेष पन्छायौँ । एक महिनासम्म सबै आफन्त पालमै बस्नुपरेको थियो ।

अहिले बिस्तारै त्यो घाउमा खाटा बस्दै छ । तर, हरेक वर्ष जब वैशाख १२ आउँछ, त्यसवेला मेरो त्यो खाटा बसिसकेको घाउमा चसक्क सुइरो रोपिन्छ र भक्कानिन्छु । अनि भगवान्सँग प्रार्थना गर्छु– हे ईश्वर ! परिवारमा यस्तो महाशोक कसैले पनि भोग्नु नपरोस् ।

(महाभूकम्पमा १७ जना आफन्त गुमाएका विष्णुमान प्रधानको यो बयान सोमबार काठमाडौंमा लोकार्पण हुने पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’को अंश हो । सन् २०१५ को अप्रिल २५ मा नेपालमा गएको महाभूकम्पले आठ हजारभन्दा धेरैको ज्यान लियो भने २१ हजारभन्दा धेरै घाइते भए । लगत्तै मे १२ को भूकम्पमा दुई सयभन्दा धेरैको मृत्यु भयो भने २५ सयभन्दा धेरै घाइते भए । ‘कम्पन’ त्यही भूकम्पको भोगाइका विभिन्न आयामको सम्मिश्रण हो ।

Source: http://www.enayapatrika.com/2018/04/21/42204/

घर जल्दा बालकको मृत्यु

शनिबार बिहान आगलागी हुँदा १ बालकको ज्यान गएको छ ।खाना पकाउने क्रममा घरमा आगो सल्कँदा स्थानीय कुमार गुरुङका ६ महिने छोरा सुजनको मृत्यु भएको छ ।परिवारका अन्य सदस्य मकै गोड्न गएकाले थप मानवीय क्षति भने भएको छैन ।आगलागीका कारण घरमा भएका लत्ताकपडा, खाद्यान्नसहितका सबै सामग्री नष्ट भएको छ ।