पाकिस्तानमा नेपाली सांस्कृतिक कार्यक्रम सम्पन्न

पाकिस्तानमा नेपाली सांस्कृतिक कार्यक्रम सम्पन्न

शिरोमणि दवाडी,काठमाडौ : नेपालको कला, र पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले नेपाली राजदूतावास इस्लामाबादद्वारा इस्लामाबादस्थित पाकिस्तान नेशनल काउन्सिल अफ आर्टस् (PNCA) सँगको सहकार्यमा “नेपाली साङ्गितिक साँझ २०१७” को आयोजना गरियो । नेपाल पाकिस्तान कूटनीतिक सम्बन्ध स्थापनाको ५७ वर्ष पुरा भएको उपलक्ष्यमा PNCA को अडोटोरियममा आयोजित उक्त कार्यक्रममा वरीष्ठ गायक आनन्द कार्की तथा प्राश्‍ना शाक्यले नेपाली तथा उर्दू गीतहरु गाउनु भएको थियो भने पाकिस्तानी कलाकारहरुद्वारा नेपाली नृत्य, गायन तथा सङ्गीत प्रस्तुत गरिएको थियो । पाकिस्तानी परराष्ट्र मन्त्री महामहिम सरताज अजिजको प्रमुख आतिथ्यमा सञ्‍चालित उक्त कार्यक्रममा बोल्दै पाकिस्तानका लागि नेपाली राजदूत म.म. श्री सेवा लम्साल अधिकारीले नेपाल पाकिस्तान बीचको द्विपक्षीय सम्बन्धको चर्चा गर्नुहुँदै कला र साँस्कृतिका धनी दुर्इ मुलुकहरु बीच साँस्कृतिक आदान -प्रदान हुनु महत्वपूर्ण हुने बताउनुभयो । वहाँले नेपालको कला, सँस्कृति तथा संगीत बारेमा संक्षिप्त रुपमा प्रकाश पार्नुका साथै यस प्रकारको कार्यक्रमले एक अर्का मुलुकको सँस्कृति वुझ्न र अनुभव गर्न मद्दत पुर्‍याउने भएकोले दूतावासले साङ्गितिक कार्यक्रमको आयोजना गरेको वताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि म.म. सरताज अजिजले नेपाल तथा पाकिस्तान दुई असल छिमेकी रही आएको चर्चा गर्नुभयो ।नेपाली दूतावासले गरेको प्रयास सकारात्मक र उदाहरणीय रहेको उहाँले यस्ता कार्यक्रमले दुर्इ मुलुकबीच रहेको सुमधुर सम्बन्धमा व्यापकता ल्याउने बताउनुभयो । कार्यक्रममा संसद सदस्यहरु पूर्व मन्त्रीहरु, पूर्व प्रधान न्यायधीश, व्यवसायी, इस्लामाबादस्थित विदेशी नियोगका प्रमुखहरु, पत्रकारहरु लगायत अन्य लब्ध प्रतिष्ठित व्यक्तिहरुको वाक्लो उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा इस्लामाबादस्थित संयुक्त राष्ट्र संघ लगायत विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपालीहरु तथा विभिन्न विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समेत उपस्थिति थियो । यसैबीच दूतावासकै आयोजनामा पकिस्तानको सांस्कृतिक सहर मानिने लाहोरमा पनि यस्तै सांस्कृतिक कार्यक्रम आयोजना गरिने दूतावासले जनाएको छ। प्रेषक:- नेपाली राजदूतावास इस्लामाबादको सहयोगमा शिरोमणि दवाडी,काठमाडौ

pakisthan program pakisthan program

एन्जल्स हर्ट च्याम्पियन

काठमाडौं : दोस्रो वाइवाइ अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि एन्जल्स हर्ट कलेजले जितेको छ । सोमबार भएको फाइनल खेलमा एन्जल्स हर्टले डिएभी कलेजलाई ६० रनले हरायो । डिएभीले टस जितेर सुरुआतमा फिल्डिङ गरेको थियो । एन्जल्र्स हर्टले १ सय ६२ रन जोडेर खेलमा बलियो पकड जमाएको थियो । एन्जल्स हर्टको सुमित महर्जनले ५६ रनको योगदान गरेका थिए । यसैगरी टोलीका लागी अचल चौधरीले २३ र सन्जय बस्नेतले ३३ रन बनाए । डिएभीका बिपिन आचार्यले ४ विकेट र क्षितिज पाठकले २ विकेट लिए ।

जवाफमा ब्याटिङ गरेको डिएभीले १ सय २ रन मात्र बानाए पछि एन्जल्स हर्ट दोश्रो पटक च्याम्पियन बन्न सफल भयो । डिएभीका जन्मजयले ३१ र बिबेकले १३ रनको योगदान दिएका थिए । एन्जल्र्स हर्टका सन्जय बस्नेतले ४ विकेट, अदिल खान र सुमित झाले समान २–२ विकेट लिएका थिए । प्रतियोगितामा विजेता टिमका सन्जय बस्नेत प्लेयर अफ द म्याच र उत्कृष्ट बलरको उपाधि जिते । संजयनै फाईनल खेलको मेन अफ द म्याच चुनिए । एन्जल्सहर्टकै अदिल खान उत्कृष्ट ब्याटसम्यान भए । प्रतियोगितालाई आरके प्लास्टिक प्रालि र चौधरी गु्रपले सहयोग गरेका थिए ।
चैत ९ देखी १४ सम्म चलेको प्रतियोगिता किर्तिपुरको टियु मैदान र लेबरोटरी स्कुलको मैदानमा भएको थियो । प्रतियोगितामा १२ कलेजका टोलीले प्रतिस्पर्धा गरेको थिए । प्रतियोगिताको विजेता एन्जल्र्स हटले ७५ हजार, दोस्रो भएकोे डिएभीले ३५ हजार रुपैया नगद पुरस्कार पाएको छ । प्लेयर अफ द सिरिजले ५ हजार, उत्कृष्ट ब्याटसम्यान र बलरले समान २ हजार पाएको आयोजकले बताएको छ ।

एन्जल्स हर्ट च्याम्पियन टिम
एन्जल्स हर्ट च्याम्पियन टिम

अधिकारीको मिलोमतोमा मानव तस्करी

साउदी अरेबिया, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) मा नेपाली कामदारको अवस्थाबारे अध्ययन गरेर फर्किएको टोलीको नेतृत्व गरेका अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापतिले त्यहाँ महिला घरेलु कामदारको बिचल्ली देखेको सुनाए। त्यसबारे समितिमा छलफल गरिने बताइएको छ। अवैध रुपमा गएका घरेलु महिला कामदार अधिकांश बिक्री भएको देखियो। उनीहरु पीडादायी र नागरकीय जीवन बिताउन बाध्य छन्। यसमा ठूलो गिरोह संलग्न देखिन्छ र सरकारको उच्च निकायको समेत मिलोमतो रहे जस्तो लाग्छ । तर अध्यागमन अधिकारीले काठमाण्डूस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा कडा निगरानी रहेको भन्दै साहले औंल्याएको जस्तो सम्भावना नरहेको प्रतिक्रिया दिएका छन्। अवैध रुपमा गएका घरेलु महिला कामदार अधिकांश बिक्री भएको देखियो। उनीहरु पीडादायी र नागरकीय जीवन बिताउन बाध्य छन्। यसमा ठूलो गिरोह संलग्न देखिन्छ र सरकारको उच्च निकायको समेत मिलोमतो रहे जस्तो लाग्छ । प्रभु साह, सभापति, श्रम समिति  साउदी अरेबियमा मात्र ३० हजार नेपाली महिला घरेलु कामदार रहेको जानकारी पाएको बताउने उनको अनुमानमा खाडी देशमा उक्त संख्या निकै धेरै छ।तर अधिकांश महिला कामदारले काठमाण्डूस्थित अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पुगेको बताएपछि आफू नै चकित परेको सभापति साहले सुनाए। Source : BBC

बिरेन्द्र बहुमुखि क्यामपसमा १ सय २१ जना बिद्यार्थी द्घारा रक्तदान

चितवन,चैत : जिल्लामा रगतको अभाव भएको थाहापाई सो रक्तदान गरिएको नेपाल बिध्यार्थी संघ बिरेन्द्र बहुमुखि क्यामपसका ईकाइ सभापति अनमोल अधिकारिले जानकारि दिनु भयो ।  नेपाल बिध्यार्थी संघ बिरेन्द्र बहुमुखि क्यामपसका ईकाइ सभापति अनमोल अधिकारिको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङग्रेस जिल्ला सभापति जित नारायण श्रेष्ठको प्रमुखअतिथिमा समपन्न भएको थियो । क्यामपस परिसरमा आयोजित कार्यक्रममा २५ जना महिला तथा ९६ जना पुरुषले रक्तदान गरेका हुन ।  बिरेन्द्र बहुमुखि क्यामपसका पुर्ब स्वबियु सभापति तथा तत्कालिन नेपाली काङग्रेस जिल्ला कार्य समितिका सचिब स्व. सुनिल श्रेष्ठको स्मृतिमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा १ सय २१ जना बिद्यार्थीले रक्तदान गरे का छन ।  कार्यक्रममा नेपाली काङग्रेस जिल्ला सभापति जित नारायण श्रेष्ठ,नेपाल बिद्यार्थी संघ जिल्ला सभापति शुर्य ढकाल,महिला संघ साबिक भरत्तपुर उपमहानगरपनलिकाकि वडा नंः ३ सभापति रुमि श्रेष्ठ लगाएत बोलेको कार्यक्रममा नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्क्षय प्रकाश रानाको बिषेश उपस्थीत रहेको थियो ।

जसले दिन्छ छत, उसैले पाउँछ मत – घर बनाइदिनेलाई भोट

२०७३, चैत्र १७ : भूकम्पबाट अति प्रभावित गुम्दा नवघोषित धार्चे गाउँपालिकाको केन्द्र हो । नेता आएर गाउँका टाठाबाठासँग भेटघाट गर्न थालेका छन् । चलहपहल बढेको छ ।   स्थानीय तह निर्वाचनका लागि भोट माग्न आउने दलका प्रतिनिधिसामु गोरखाका भूकम्पपीडित आवास निर्माणको माग उठाइरहेका छन् ।जसले दिन्छ छत, उसैले पाउँछ मत ।’ घर बनाउन सहयोग गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनीहरूको सर्त छ । पुनर्निर्माणमा महिला पनि निकै सक्रिय छन् । ‘गाउँमा छोरामान्छे धेरै छैनन्,’    टहरामा कष्ट झेलिरहेका पीडितहरू यसपालि बर्खाअगावै घर बनाइसक्ने तयारीमा छन् । घर बनाउन सरकारी अनुदान छिटो दिलाइदिने उम्मेदवारलाई भोट दिने सल्लाह छ,  ‘दोस्रो किस्ताको अनुदान लिन झन्झट रहेछ, घर बनाउन सहयोग गर्नेलाई मात्र भोट दिने सल्लाह गरेका छौं,’ स्थानीय कमानसिंह गुरुङले भने । ‘भूकम्पपीडितले घर बनाउने राहत नपाउँदा चुनावप्रति पनि शंका गरेका छन्’, निर्वाचित व्यक्तिले पुनर्निर्माणको नयाँ खाका ल्याउनुपर्ने पालुङटार–६  ‘भूकम्पपछिको पुनर्निर्माण सुस्त छ, गति दिन जनप्रतिनिधिले खाका ल्याउनुपर्छ,’ Shake_test

स्थानीय राममाया गुरुङले भनिन्, ‘जान्ने र सक्नेजति काम महिलाले गर्न थालेका छौं ।’ उनका अनुसार घर निर्माणसँगै चुनावको पनि चर्चा भइरहेको छ । ‘घर बनाउने काममा गयो, को उठ्ने, कसलाई भोट दिने भनेर छलफल हुन्छ,’ । शान्ति समितिले पालुङटारमा आयोजना गरेको चुनावी छलफलमा पनि पुनर्निर्माणकै चर्चाले बढी समय खायो ।  लालबहादुर विश्वकर्माले भने, ‘अनुदानको पूरै रकम नपाएसम्म भोट हाल्दिनँ भनेर गाउँले सल्लाह गर्दैछन् ।’ अनुदानको आस देखाएका नेताहरूले चुनाव जितेपछि जनतालाई मद्धत गर्नेमा ढुक्क भएको पालुङटारको च्याङ्लीका अर्जुनबहादुर पाण्डेले बताए । ‘चुनाव जित्नेले अनुदान प्रक्रिया सरल पारून्, सजिलै घर बनाउन पाइयोस् भन्ने चाहना छ ।’

अगुल्टोको गीत पोखरामा प्रथम – अब केन्द्रमा भिड्दै

पवित्रा पौडेल,काठमाण्डौ : रेडियो नेपाल क्षेत्रिय प्रशारण पोखराले आयोजना गरेको खुल्ला आधुनिक संगीत प्रतियोगितामा बिनोद चुडालद्वारा स्वरबद्ध गीत “अगुल्टो हुँ अगेनाको” प्रथम भएको छ | रेडियो नेपालको ८७ औ बार्षिकोत्सबका अवसरमा चार नम्बर प्रदेश स्तरिय प्रतियोगीतामा सो गीतले उत्कृष्ठता प्राप्त गरेको हो | यस गीतका गीतकार शिरोमणि दवाडी र संगीतकार सागर गौतम हुन् | गत बर्ष आयोजित राष्ट्रिय प्रशारणको प्रतियोगितामा गायक चुडाल तथा संगीतकार गौतमले नै संगीत गरेको महेश आचार्यद्वारा रचित “आमा ” बोलको गीत उत्कृष्ठ रचनाबाट पुरस्कृत भएको थियो |यस बर्ष पनि फरक धारको प्रतीकात्मक गीत भएकाले गीतले पुन: उत्कृष्ठता प्राप्त गर्न सक्ने सम्भावना रहेको गीतकार दवाडीले दाबी गरेका छन् |उता गायक चुडाल पनि पटक-पटक प्रतिस्पर्धामा भिडेको अनुभव र आफ्नो खारिएको गलाका आधारमा केद्रको दाबेदार ठान्छन |संगीतकार गौतम पनि यसअघि नै पुरष्कृत भैसकेका संगीतकार हुन् |प्रदेश स्तरको प्रतिस्पर्धामा प्रमुख निर्णायकका रुपमा रहेका रेडियो नेपालकै बरिष्ठ संगीतकार तथा गायक टिका भण्डारीका अनुसार यस बर्ष बिगत भन्दा बढी नै प्रतिस्पर्धा हुदैछ |उनका अनुसार प्रदेशबाट खारिएर आएका कलाकार भएकाले बिगतको भन्दा यस बर्ष अलिक बढी नै प्रतिस्पर्धा हुने देखिएको हो | रेडियो नेपालले हरेक बर्ष बार्षिकोत्सबका अवसरमा आयोजना गर्दै आएको यो प्रतियोगिता यस भन्दा पहिले एकैचोटी केन्द्रमा गर्दै आएकोमा यस बर्ष पहिलोपटक प्रदेशस्तरबाट छनौट गरि पुन: केन्द्रमा प्रतिस्पर्दा गराउन लागेको हो | विभिन्न ७ वटा प्रदेशबाट छनौट भएका उत्कृष्ठ ३ गीत गरी जम्मा २१ वटा गीत चैत्र १८ गते पुन: केन्द्रिय प्रशारण सिंहदरबारमा भिड्दै छन् |भण्डारीका अनुसार रेडियो नेपालले यसै बर्ष पहिलोपटक रेडियो नेपालबाहिरका निर्णायक राख्दै छ |

सहकारीद्वारा करोडौं ठगी – किर्ते कागज जफत

काठमाडौः राई दम्पती नारायणप्रसाद र शोभाको ऋण असुल्ने नाममा जग्गा लिलामी गर्ने क्रममा गोरखा सहकारीले डिभिजन कार्यालयमा पेस गरेको डकुमेन्टमै त्रुटि देखिएको  छ । ऋणी राई दम्पतीको जग्गाको मूल्यांकनअघि नै कागजात तयार पारिएको, सेवा शुल्क बढी लिएको, डकुमेन्टमा ठाउँ-ठाउँमा केरमेट गरी सच्याइएकोलगायत त्रुटि देखिएको कार्यालयको ठहर छ । ललितपुरको गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीले किर्ते कागजात बनाएर एक दम्पतीको ऋणभन्दा पाँच गुणा बढी मूल्यको जग्गा जफत गरेको स्वयं नियामक निकाय सहकारी डिभिजन कार्यालय ललितपुरले जानकारी दिएको छ ।  गोरखा सहकारीको डकुमेन्टमा यति धेरै त्रुटि देखिँदासमेत नियामक निकायले एकतर्फी निर्णय गरिदिँदा राई दम्पती मात्र नभई अन्य धेरै ऋणी मर्कामा पर्ने गरेको सम्बन्धित कार्यालयका सहकारी अधिकृत धर्म रोकायाले स्विकारे । नारायणप्रसाद र उनकी पत्नी शोभा राईको ललितपुर नखिपोटमा रहेको तीन रोपनी ५ आना जग्गा सहकारी कार्यालयको एकतर्फी निर्णयका कारण गोरखा सहकारीले जफत गरिसकेको छ । राईजस्तै अन्य धेरै ऋणी सरकारी निकायबाट हुने यस्तो निर्णयविरुद्ध उत्रिएपछि पछिल्लो समय कार्यालयले ऋणी र सम्बन्धित संस्थालाई समेत राखेर निर्णय गर्ने गरेको छ ।

वादीले के-कति ऋण लिएको र के-कति तिरेको भन्ने कुरा स्पष्ट नभएको न्यायाधीशले हरहिसाब गरिदिन सुझाएका छन् । सहकारीले शोभा राईको नाममा रहेको ललितपुर उपमहानगरपालिका वडा नं ५ को २१, २२ र १००९ कित्ता नम्बरको जग्गाबाट २९ लाख २५ हजार ऋण लिएका थिए भने नारायणप्रसाद राईले १००७, १३०९, १३१०, १३१३ नम्बरको कित्ताबाट ४१ लाख ऋण लिने, यो रकममध्ये १७ लाख नगद लिने सहमति भएको थियो । सेवा शुल्क कटाएर बाँकी हुन आएको २२ लाख ८६ हजार रुपैयाँ शोभा राईको नाममा रहेको ऋण कट्टा गर्ने सहमतिमा ऋण लिइएको पीडित शोभाले बताइन् ।  यो विषयलाई लिएर उनको सहकारीका अध्यक्ष इमानसिंह राईसँग पनि छलफल भयो । ‘त्यतिबेला अध्यक्षले तपाईंहरूको हिसाब उल्ट्याउँदा नजिर बन्छ, भन्दै पुनः हिसाब-किताब गर्न मानेनन्,’  ‘विश्वासमा पर्दा ६ करोडको सम्पत्ति गुम्यो ।’ उक्त ५७ लाख ४६ हजारको जनरल भौचरमा संस्थाका तर्फबाट लगानी र सावाँ असुली एकै दिन अर्थात् ०६८ चैत १२ मै भएको देखिन्छ भने अर्को चाखलाग्दो कुरा त पैसा बुझिलिनेको सहीछाप नै छैन । राई दम्पतीले विभिन्न समयमा सहकारीलाई ४८ लाख ३६ हजार ५ सय ६१ रुपैयाँ बुझाएको बिल भौचर सुरक्षित छ । ५७ लाख ४६ हजार कसरी संस्थाले लगानी गर्‍यो, यो विषय अझ गहन छ । दृष्टिबन्धक भइसकेको जग्गामा संस्थाले पहिलो कागजातलाई लुकाएर बढी लगानीको तमसुक बनाएको छ । जुन त्रुटिपूर्ण छ ।

‘एक पल मुटुमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

गायक सुवास भुसालको ‘एक पल मुटुमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। बी पाण्डेले रचना गरेको गीतमा संगीत समेत गायक भुसाल आफैंले भरेका छन्। उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ भने प्रकाश केसीले गरेका हुन्। सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। पछिल्ला दिनमा धेरै म्युजिक भिडियो सहरका बार र बगैँचामा सुटिङ गर्ने संस्कारको विकास भइराखेका बेला निर्देशक विकास सुवेदीले भिडियोमा मुस्ताङका दृश्यलाई आकर्षक ढंगले प्रस्तुत गरेका छन्। नेपालको प्रकृति सुहाउदा दृश्य समेटिएकाले म्युजिक भिडियो आम नेपालीले मन पराउने विश्वास गायक भुसालको छ । ‘गीतमा भुसालले आफ्नोपन दिने कोशिस  गरेका छन्।

Indian Oil to supply 1.3 MT refined fuels to Nepal

NEW DELHI: Indian Oil Corp has agreed to supply refined products to Nepal for the next five years to meet all the fuel needs of the landlocked Himalayan nation, officials said on Monday. Would supply 1.3 million tonnes a year of refined fuels to Nepal, the company’s chairman B. Ashok told a news conference. As well as refined products, India was discussing plans to supply gas to Nepal, Indian oil minister Dharmendra Pradhan said at the same news conference. India has supplied all Nepal’s fuel needs since 1974 and is keen to maintain close trading ties with its neighbour in South Asia, an area where regional rival China has sought to expand its influence. Indian Oil Corp, the nation’s biggest refiner, The minister said the two nations were considering building a refined products pipeline linking Motihari in India’s eastern state of Bihar to Amlekhgunj in Nepal.