अगुल्टोको गीत पोखरामा प्रथम – अब केन्द्रमा भिड्दै

पवित्रा पौडेल,काठमाण्डौ : रेडियो नेपाल क्षेत्रिय प्रशारण पोखराले आयोजना गरेको खुल्ला आधुनिक संगीत प्रतियोगितामा बिनोद चुडालद्वारा स्वरबद्ध गीत “अगुल्टो हुँ अगेनाको” प्रथम भएको छ | रेडियो नेपालको ८७ औ बार्षिकोत्सबका अवसरमा चार नम्बर प्रदेश स्तरिय प्रतियोगीतामा सो गीतले उत्कृष्ठता प्राप्त गरेको हो | यस गीतका गीतकार शिरोमणि दवाडी र संगीतकार सागर गौतम हुन् | गत बर्ष आयोजित राष्ट्रिय प्रशारणको प्रतियोगितामा गायक चुडाल तथा संगीतकार गौतमले नै संगीत गरेको महेश आचार्यद्वारा रचित “आमा ” बोलको गीत उत्कृष्ठ रचनाबाट पुरस्कृत भएको थियो |यस बर्ष पनि फरक धारको प्रतीकात्मक गीत भएकाले गीतले पुन: उत्कृष्ठता प्राप्त गर्न सक्ने सम्भावना रहेको गीतकार दवाडीले दाबी गरेका छन् |उता गायक चुडाल पनि पटक-पटक प्रतिस्पर्धामा भिडेको अनुभव र आफ्नो खारिएको गलाका आधारमा केद्रको दाबेदार ठान्छन |संगीतकार गौतम पनि यसअघि नै पुरष्कृत भैसकेका संगीतकार हुन् |प्रदेश स्तरको प्रतिस्पर्धामा प्रमुख निर्णायकका रुपमा रहेका रेडियो नेपालकै बरिष्ठ संगीतकार तथा गायक टिका भण्डारीका अनुसार यस बर्ष बिगत भन्दा बढी नै प्रतिस्पर्धा हुदैछ |उनका अनुसार प्रदेशबाट खारिएर आएका कलाकार भएकाले बिगतको भन्दा यस बर्ष अलिक बढी नै प्रतिस्पर्धा हुने देखिएको हो | रेडियो नेपालले हरेक बर्ष बार्षिकोत्सबका अवसरमा आयोजना गर्दै आएको यो प्रतियोगिता यस भन्दा पहिले एकैचोटी केन्द्रमा गर्दै आएकोमा यस बर्ष पहिलोपटक प्रदेशस्तरबाट छनौट गरि पुन: केन्द्रमा प्रतिस्पर्दा गराउन लागेको हो | विभिन्न ७ वटा प्रदेशबाट छनौट भएका उत्कृष्ठ ३ गीत गरी जम्मा २१ वटा गीत चैत्र १८ गते पुन: केन्द्रिय प्रशारण सिंहदरबारमा भिड्दै छन् |भण्डारीका अनुसार रेडियो नेपालले यसै बर्ष पहिलोपटक रेडियो नेपालबाहिरका निर्णायक राख्दै छ |
Spread the love