एन्जल्स हर्ट च्याम्पियन

काठमाडौं : दोस्रो वाइवाइ अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि एन्जल्स हर्ट कलेजले जितेको छ । सोमबार भएको फाइनल खेलमा एन्जल्स हर्टले डिएभी कलेजलाई ६० रनले हरायो । डिएभीले टस जितेर सुरुआतमा फिल्डिङ गरेको थियो । एन्जल्र्स हर्टले १ सय ६२ रन जोडेर खेलमा बलियो पकड जमाएको थियो । एन्जल्स हर्टको सुमित महर्जनले ५६ रनको योगदान गरेका थिए । यसैगरी टोलीका लागी अचल चौधरीले २३ र सन्जय बस्नेतले ३३ रन बनाए । डिएभीका बिपिन आचार्यले ४ विकेट र क्षितिज पाठकले २ विकेट लिए ।

जवाफमा ब्याटिङ गरेको डिएभीले १ सय २ रन मात्र बानाए पछि एन्जल्स हर्ट दोश्रो पटक च्याम्पियन बन्न सफल भयो । डिएभीका जन्मजयले ३१ र बिबेकले १३ रनको योगदान दिएका थिए । एन्जल्र्स हर्टका सन्जय बस्नेतले ४ विकेट, अदिल खान र सुमित झाले समान २–२ विकेट लिएका थिए । प्रतियोगितामा विजेता टिमका सन्जय बस्नेत प्लेयर अफ द म्याच र उत्कृष्ट बलरको उपाधि जिते । संजयनै फाईनल खेलको मेन अफ द म्याच चुनिए । एन्जल्सहर्टकै अदिल खान उत्कृष्ट ब्याटसम्यान भए । प्रतियोगितालाई आरके प्लास्टिक प्रालि र चौधरी गु्रपले सहयोग गरेका थिए ।
चैत ९ देखी १४ सम्म चलेको प्रतियोगिता किर्तिपुरको टियु मैदान र लेबरोटरी स्कुलको मैदानमा भएको थियो । प्रतियोगितामा १२ कलेजका टोलीले प्रतिस्पर्धा गरेको थिए । प्रतियोगिताको विजेता एन्जल्र्स हटले ७५ हजार, दोस्रो भएकोे डिएभीले ३५ हजार रुपैया नगद पुरस्कार पाएको छ । प्लेयर अफ द सिरिजले ५ हजार, उत्कृष्ट ब्याटसम्यान र बलरले समान २ हजार पाएको आयोजकले बताएको छ ।

एन्जल्स हर्ट च्याम्पियन टिम
एन्जल्स हर्ट च्याम्पियन टिम
Spread the love