अधिकारीको मिलोमतोमा मानव तस्करी

साउदी अरेबिया, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) मा नेपाली कामदारको अवस्थाबारे अध्ययन गरेर फर्किएको टोलीको नेतृत्व गरेका अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापतिले त्यहाँ महिला घरेलु कामदारको बिचल्ली देखेको सुनाए। त्यसबारे समितिमा छलफल गरिने बताइएको छ। अवैध रुपमा गएका घरेलु महिला कामदार अधिकांश बिक्री भएको देखियो। उनीहरु पीडादायी र नागरकीय जीवन बिताउन बाध्य छन्। यसमा ठूलो गिरोह संलग्न देखिन्छ र सरकारको उच्च निकायको समेत मिलोमतो रहे जस्तो लाग्छ । तर अध्यागमन अधिकारीले काठमाण्डूस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा कडा निगरानी रहेको भन्दै साहले औंल्याएको जस्तो सम्भावना नरहेको प्रतिक्रिया दिएका छन्। अवैध रुपमा गएका घरेलु महिला कामदार अधिकांश बिक्री भएको देखियो। उनीहरु पीडादायी र नागरकीय जीवन बिताउन बाध्य छन्। यसमा ठूलो गिरोह संलग्न देखिन्छ र सरकारको उच्च निकायको समेत मिलोमतो रहे जस्तो लाग्छ । प्रभु साह, सभापति, श्रम समिति  साउदी अरेबियमा मात्र ३० हजार नेपाली महिला घरेलु कामदार रहेको जानकारी पाएको बताउने उनको अनुमानमा खाडी देशमा उक्त संख्या निकै धेरै छ।तर अधिकांश महिला कामदारले काठमाण्डूस्थित अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पुगेको बताएपछि आफू नै चकित परेको सभापति साहले सुनाए। Source : BBC

Spread the love