रसुवाको राम्चे भीरबाट बस खस्यो, ३५ को मृत्यु

Rasuwa-Ramche-bus-Accident

रसुवाको राम्चे भीरबाट बस खस्यो, ३५ को मृत्यु

१७ कात्तिक, धुन्चे । रसुवाको ग्राङमा मंगलबार दिउँसो भएको बस दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ । घटनास्थलमा २९ जनाको मृत्यु भएको थियो । बाँकीको रसुवा र नुवाकोट जिल्ला अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जानकारीको छ । काठमाडौंबाट रसुवाका लागि छुटेको बा २ ख ५७०६ नम्बरको पासाङल्हामु यातायात समितिको बस राम्चे गाविस ३ ग्राङमा सडकबाट करिव दुई सय मिटर तल खसेको छ । इन्धन अभावका कारण गाडीहरु कम चलेकाले उक्त बसमा खचाखच यात्रु चढेका थिए । क्षमताभन्दा धेरै यात्रु चढेकाले बस दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । दिउँसो साढे १२ बजे बस दुर्घटना भएको थियो ।

नेपाली सेना, सशस्त्र, जनपद र स्थानीयबासीले घाइतेहरुलाई उद्धार गर्दै पायक पर्ने अस्पतालमा पठाएका थिए । २४ जनालाई रसुवा अस्पतालमा र २३ जनालाई त्रिशुली अस्पतालमा पठाइएको थियो । दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट एम्बुलेन्ससहितको प्रहरी टोली रसुवास्थित घटनास्थल पुगेको थियो ।

रसुवा जिल्ला अस्पताल धुञ्चेमा ११ जनाको, नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा ५ जनाको र ३६ जनाको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । तीमध्ये २१ जना गम्भिर घाइते रहेको रसुवा प्रहरीले जनाएको छ । भिरमा खसेको बस टुक्रा-टुक्रा भएको प्रहरीले जनाएको छ ।

kp and modi

प्रधानमन्त्री ओलीलाई मोदीको फोन सम्बादमा मोदीले वीरगञ्ज घटनाबारे चासो व्यक्त

१६ कात्तिक, काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेका छन् । फोन सम्बादमा मोदीले वीरगञ्ज घटनाबारे चासो र चिन्ता व्यक्त गरेका थिए । प्रहरीको गोली लागेर भारतीय नागरिकको मृत्युप्रति चिन्ता व्यक्त गर्दै मोदीले छानविन गर्न आग्रह गरेका थिए ।  मोदीले नेपालको आफ्नै समस्या भएको भन्दै त्यसको समाधान खोज्न नेताहरुलाई आग्रह गरेका छन् ।  नेपाल र भारतका प्रधानमन्त्रीबीच इन्धन आपूर्तिबारे समेत छलफल भएको थियो ।

Kakarbhitta

भारतीय रबैया कायमै – नाका परिवर्तन गरिएका कन्टेनर प्रबेश निषेध

१६ कात्तिक, झापा – मधेस केन्द्रित दलको आन्दोलनका कारण अन्य नाकाबाट आउन नसकेका कन्टेनर बाटो परिवर्तन गरेर काँकडभिट्टा हुँदै ल्याउन लागिएको थियो। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत भीम अधिकारीका अनुसार बाटो तथा नाका परिवर्तन गरेर आएका मालवाहक कन्टेनरलाई समेत भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतपट्टि नै रोकेर राखेको छ । नेपाल आउन नाका परिवर्तन गरेर पूर्व पुगेका मालवाहक कन्टेनरलाई पनि भारतीय सीमा सुरक्षा बलले रोकेको छ। अधिकारीले करिब पाँच किलोमिटर लाममा रहेका मालवाहक सवारीसाधनको पछाडिपट्टि अन्यत्र नाकाबाट बाटो परिवर्तन गरेर ल्याइएका सामान बोकेका सवारीसाधन रहेको बताए । ‘दसैंअघिसम्म सामान्य अवस्थामा आइसकेको यो नाकामा अचानक भारतीय पक्षबाट कडाइ गर्न थालियो। तेस्रो देशबाट आयात गरिएका सयौं कन्टेनरसमेत भारतले रोकिदियो।’ स्रोत:अन्नपूर्ण पोस्ट

upendra yadhav and deepak

उपेन्द्र यादवलाइ चिठ्ठि………….दिपक राज गीरि

आदरणिय उपेन्द्र यादवजी तपाइले भन्नु भएछ हामिलाइ ८ जिल्लाको लगौटी होइन २२ जिल्लाको घोती चाहियो……..
हुनत तपाइ म भन्दा धेरै बौद्धिक मान्छे म सामान्य कलाकार मात्रै हूँ , तर तपाइको भनाइमा तपाइ कॉहा चुक्नु भो भने २२ जिल्लाको धोति मात्रै होइन ७५ जिल्लाको सिरक नै तपाइकै होइन र?
केहि अबुझ हरूलाइ छोडने हो भने अहिले पहाडमा मधेसीलाइ सम्मानै गरिन्छ, तपाइ पर राष्ट्मंत्री हूदा हाम्ले मधेसको परिराष्ट मन्त्रि को हिसाबले बुझेनौ,
रामबरणजी, परमान्नद जी लाइ राष्टपतिकै हिसाबमा झुकेर सलाम गर्यौ,मेरो र मेरो छोरीको कति साथिहरू मधेसी छन् घरमा आउदा कहिले मधेसी आको होइन आफन्तनै आको ब्यबहार प्रस्तुत गर्ने गर्छौ… तपाइका कतिपय आन्दोलन हॉक्नेहरू ले पहाड़िया केटी बिहे गर्नु भएको छ , सोध्नुस उहॉहरूलाइ काठमान्डौले उहॉहरूलाइ ज्वॉइको आतिथ्यता दिन कहिले कन्जुसी गरेको छ?
अहिले राज्य बॉडफाडमा पनि लगभग सबैका भागमा ७,८ जिल्ला नै परेको अबस्थामा तपाइलाइ यो ८ जिल्ला कछाड लाग्यो?
हामि पहाडका लागि पनि सुरूवाल होइन , कट्टुनै भागमा परेको छ… सबै मधेसीलाइ एउटै मधेस, सबै पहाडिया लाइ एउटै पहाड चाहिएको थियो भने संधियतामा जाने निर्णय किन गर्नु भो एउटै नेपाल ( सिरक र डस्ना) नै थियो नि…. आफ्नो पबित्र भूमि जहॉ जानकि मन्दिर पनि पर्छ त्यस्लाइ कछाड र लगौटी जस्ता तुच्छ बस्त्र संग तुलना नगर्नुस
राज्यको गहना भनिने तर कुनै पनि सरकारी ठॉउमा हैसियत नराख्ने कलाकारीता गरेर हिडेको सानो मान्छेको दिमागमा जे आयो त्यो लेखे,
दाउरामा पकाको अधकल्चो भात खाएर हिडेका बसको छतमा झुन्डिदा झुन्डिदा थकित जनतालाइ देख्दा जे महसूस भो त्यो बिचारलाइ यॉहा पोखे यस्तो अबस्थालाइ देख्दा थाम्न सकिएनर लेख्न बाध्य भए ,
के संबिधान यी दुख पाउने जनताले लेखेका हुन्? तपाइहरूले नै लेख्नु भाको हो, असफल हुनु भाको भए पनि तपाइ नेताहरूनै भाको हो , असफल हुने तपाइहरू सजाए पाउने जनता? यो कस्तो बिडम्बना हो? त्यलैले एक चोटी बिचार गरिदिनुहोला गल्ति भए माफि चाहन्छू……..जय मधेस, पहाड, हिमाल…. जय नेपाल

दिपक राज गीरिको फेसबुक बाट

Nanda-bahadur-pun-1

उपराष्ट्रपति पुनले सहिदको नाममा सपथ

१५ कात्तिक, काठमाडौं – नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले सपथ लिएका छन् । नयाँ उपराष्ट्रपतिको सपथपछि निवर्तमान उपराष्ट्रपति परमानन्द झाले विदा लिँदै लिए । दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका उनले सहिद, देश र जनताको नाममा सपथ लिएका छन् । सपथको भाषामा ईश्वर, देश र जनता लेखिएको भएपनि पुनले सहिदको नाममा सपथ लिए । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले उपराष्ट्रपति पुनलाई सपथ दिलाएका हुन् ।

Ex-PLA-comandar-Pasang-becomes-Vice-President-Of-Nepal-650-3

नन्दकिशोर पुन ‘पासाङ’ को राजनीतिक जीवन

काठमाडौं, १४ कार्तिक – तत्कालीन नेकपा–माओवादीले गरेको १० वर्षे जनयुद्धमा जनसेनाकाको कमाण्डर समालेका नन्दकिशोर पुन पासाङ मुलुकको दोस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । पासाङको जन्म २०२२ साल कार्तिक ७ गते रोल्पा जिल्लाको राङसी गाविस वडा नम्वर ९ मा भएको थियो । आमा मनसरा पुन र वुवा रामसुर पुनका माहिलो छोरा हुन पासाङ ।

जनयुद्धकै दौरानमा पासाङमाथि ३० वटाभन्दा बढी मुद्दा लगाइएको थियो । जनयुद्धकै दौरानमा पासाङको टाउकाको मूल्य पनि तोकिएको थियो । जनयुद्ध सुरु हुनुभन्दा तीन वर्षअघि नै पासाङ कम्युनिस्ट राजनीतिमा ‘होलटाइमर’ भइसकेका थिए । पासाङलाई तत्कालीन प्रहरीले जनयुद्धकै क्रममा गोली हानेको थियो । देब्रे हातमा गोली लागेपनि उनी बाँच्न सफल भएका थिए । जनयुद्ध हुँदै शान्ति प्रक्रियासम्म आउँदा उनी जनसेनाको कमाण्डर समेत बनेका थिए । उनि नेपाली सेनामा जनसेना समायोज भए पछि जनसेनाबाट स्वैच्छिक अवकास लिएर राजनीति तिर लागेका थिए ।

पासाङको राजनीतिक जीवन २०३६ सालबाट सुरु भएको हो । ६ कक्षामा पढ्दै गर्दा नन्दकिशोर पुन मोहन विक्रम सिंहले नेतृत्व गरेको तात्कालिन नेकपा चौथो महाधिवेशन सम्वद्ध अखिल छैठौंको इकाई अध्यक्ष भए । यहिंवाट उनको राजनैतिक यात्रा शुरु भयो ।

उनी लिवाङमै रहेको विद्यालयमा पढ्दै राजनीतिमा लागेको भन्दै प्रहरीले उनलाई निगरानी गर्न थाल्यो । लिवाङमा उनले पढाइ नै छाड्नुपर्ने बाध्यता आए पछि उनी थवाङतिर लागे । थवाङमै प्रहरीले पासाङलाई तिन दिनसम्म थुनेर यातना दिएको थियो ।नन्दकिशोर पुनले ०४६ सालमा तात्कालिन नेकपा(मशाल)को पार्टी सदश्यता लिए । उनले त्यसको युवक संघमा पनि काम गरे । त्यसपछि ०४७ सालमा आफ्नै गाउँ क्षेत्रको इलाका इन्चार्ज हुँदै पार्टीको जिल्ला सदश्य भए । ०५४ सालमा नेकपा(माओवादी)को क्षेत्रीय व्युरो सदश्य, ०५७ सालमा केन्द्रिय सदश्य, ०६० सालमा पोलिटव्युरो सदश्य र ०६८ सालमा स्थायी समिति सदश्य भए ।

०४२ सालमा थवाङबाट एसएलसी पास गरेका उनी एक वर्षपछि शिक्षक बनेर आफ्नै गाउँ लिवाङको राङ्सी फर्केका थिए । त्यस्तै गरी ०४७ को संविधान जारी भएको एक वर्ष नबित्दै उनलाई लिवाङ प्रहरीले १३ दिनसम्म थुनेको थियो ।

फौजी क्षेत्रको जिम्मेवारीमा नन्दकिशोर पुन पासाङ शुरु देखि नै संलग्न भए । ०५१ मा वाइसीएलको जिल्ला अध्यक्ष, ०५२ सालमा बन्न थालेको शुरुवातको लडाकू दलको कमाण्डर, ०५२ साल फागुन १ गतेको होलेरी चौकी कारवाहीका भाइस कमाण्डर, ०५३ मा पहिलो स्पेशल टास्क फोर्सका कमाण्डर, ०५३ मै वनेको पहिलो प्लाटुनका कमाण्डर, ०५४ मा वनेको पहिलो कम्पनीका कमाण्डर, ०५५ मा वनेको पहिलो वटालिएनका कमाण्डर, ०५७ मा वनेको पहिलो ब्रिगेडका कमाण्डर, ०५८ मा वनेको पहिलो डिभिजनका कमाण्डर तथा जनमुक्ति सेनाका औपचारिक घोषणा पछि प्रचण्डलाई पार्टीले समग्र जनमुक्ति सेनाको कमाण्डर वनाएपछि नन्द किशोर पुन पासाङ डेपुटि कमाण्डर भए ।

पासाङ एक जनवादी गीतकार पनि हुन् भन्ने धेरैलाई थाहा छैन । उनले हामी राता मान्छेहरु, जनताहरु उठ्दैछन् जस्ता चर्चित गीतहरु समेत गरी ६० भन्दा वढी गीतको रचना गरेका छन् । साथै पासाङ एक लोक नृत्यकार पनि हुन्, उनलाई मनपर्ने पैंसेरी भाखाको लोकनृत्यमा उनको नृत्य रोल्पाको उनको गाउँमा चर्चित छ ।

आफ्नो व्यक्तिगत स्वास्थ्यलाई समेत राष्ट्रको अस्मितासँग जोडेर हेर्ने पासाङ मृगौलाका रोगी हुन् । उनले आफ्नो स्वास्थ्य अवस्था चिन्ताजनक हुँदापनि विदेश नगई नेपालमै उपचार गराउने भनेर अडान लिएका थिए ।