बिदेशीले भूकम्प पीडितलार्इ दिएको औषधि ६ महिना लुकाइयो ग्राण्डी अस्पतालले

medicine-to-govt

१३ मंसिर, काठमाण्डौ – गत बैशाखमा गएको भूकम्पबाट पीडित नेपालीहरुका लागि दुबईको एनएमसी ग्रुपले करिब १८ लाख दिराम बराबरको औषधि  पठाएको एनएमसीको वेबसाइटमा मे १३ (बैशाख ३० गते) तारिखमा छापिएको समाचारमा ‘गत हप्ता ती औषधि एयर कार्गोमार्फत नेपाल पठाइएको’ भनिएको छ ।   नेपालकै सुविधा सम्पन्न एवं विदेशी लगानीसमेत रहेको ग्राण्डी अस्पतालले सरकारका नाममा भूकम्पपीडितका लागि आएको ५ करोड रुपैयाँ बराबरको औषधि ६ महिनासम्म लुकाएको रहस्य खुलेको छ ।

 ग्राण्डी अस्पतालमार्फत पठाइएका ती औषधि नेपाल सरकार र अन्य संस्थालाई हस्तान्तरण गरिने समाचारमा जनाइएको थियो । बैशाखको अन्तिम साता नै एयरलिफ्ट गरी पठाइएका ती औषधि ग्राण्डीले लामो समयसम्म सरकारलाई जानकारी नै नदिई लुकाएको तथ्य हालै मात्र सार्वजनिक भएको छ ।

कार्यक्रममा एनएमसीले दिएको पाँच करोडको औषधिमध्ये ग्राण्डीमार्फत तीन करोड ६० लाखको मात्रै सरकारलाई हस्तान्तरण गरिएको छ । बाँकी एक करोड ४० लाख रुपैयाँको औषधि डा. उपेन्द्र महतोको फूलकुमारी महतो ट्रष्टले वितरण गर्ने बताइयो ।

औषधिको एक पोका स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई हस्तान्तरण गरिएको छ । औषधि हस्तान्तरण कार्यक्रममा उपेन्द्र महतोले औषधि हस्तान्तरण गरेको प्रचार गरिए पनि ६ महिना पहिले नै भूकम्पपीडितलाई आएको औषधि यसरी बाडिँदैछ भन्ने तथ्य चाँहि गुपचुप नै राखियो ।

Spread the love