टेक्सासमा NRNA उम्मेदवारी घोषणा सभा – राम सी.पोखरेल उपाध्यक्ष को उम्मेदवार !

nrn-news
विकास राज न्यौपाने, अमेरिका -नेपाली समाज टेक्सासको आयोजनामा हिजो समाज कै कार्यालय भवनमा टेक्सास राज्यबाट आगामी NRN NCC मा उमेद्वार हुन् चाहने सबैलाई आ-आफ्नो उमेद्वारी घोषणा गर्ने घोषणा सभा कार्यक्रमको आयोजना  गरियो।
कार्यक्रमको संचालनका क्रममा ‘टेक्सस राज्य भित्र एउटै पदमा दुइ व्यक्ति कुनै पनि समूह वा स्वतन्त्र रुपमा लडने अवस्था नआओस , सम्पूर्ण टेक्सस  एक भइ अघि बढन सकौ भनी यस्तो सामुहिक उमेद्वार घोषणा कार्यक्रमको आयोजना गरिएको नेपाली समाजका महासचिब विजयराज भट्टराई ले बताउनु भयो  ।
यस बर्ष कै सबैभन्दा नराम्रो मौसमको दिन हिजै परे पनि १०० भन्दा बढी स्थानीय सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरुको समुपस्थितिमीमा  गरिएको उक्त कार्यक्रममा निम्न व्यक्तिहरुले आ-आफ्नो पदको घोषणा तथा प्रतिबद्ता व्यक्त गर्नु भयो। साथै कार्यक्रममा अध्यक्षका पदका प्रत्यासी नरेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा  निम्न  व्यक्तिहरुले आ-आफनो उम्मेदवारी घोषणा गर्दा भने सह – सचिब पदमा  २ जनाको उमेद्वारी घोषणा भएको छ |
रामचन्द्र पोखरेल – उपाध्यक्ष
नेत्र पाण्डे – सह सचिब
पुष्पलता भण्डारी – सह सचिब
बेदराज बस्नेत – कोषाध्यक्ष
बिनोद तिवारी – सदस्य
बेदनिधि दाहाल – ICC सदस्य
सुनिल साह – ICC सदस्य
दिनेश शर्मा – टेक्सास राज्य संयोजक
कार्यक्रममा नेपाली संस्कृतिक तथा अध्यात्मिक केन्द्रका संयोजक डा मुरली अधिकारी ,नेपाली समाजका निबर्तमान अध्यक्ष डा प्रेम अधिकारी, वर्तमान अध्यक्ष भुवन आचार्य, जनसम्पर्क समिति डालसका अध्यक्ष  ज्ञानेन्द्र कार्की, ONF का अध्यक्ष गोकर्ण दाहाल, लायन्स क्लबका अध्यक्ष खेम राज बास्तोला,युनाइटेड नेवा: यू.एस.ए का प्रतिनिधि  लगायत धेरै संघ संस्था का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
Spread the love