कानुनी समस्याका कारण रक्तचन्दन अलपत्र

Raktachandan

११ फागुन, काठमाडौं । जिल्ला वन कार्यालय काभ्रेमा रहेको ९ सय ३४ किलोग्राम रक्तचन्दन अलपत्र परेको छ । जिल्ला वन कार्यालयले पटक–पटक बरामद गरेको रक्तचन्दन कानुनी समस्याका कारण अलपत्रमा परेहो हो । तस्करले नेपालको बाटो हुँदै चीन लैजाँदै गर्दा बरामद ठूलो परिणामको रक्तचन्दन कानुनी अस्पष्टताका कारण जिल्ला वन कार्यालय काभ्रेमा अपलपत्र अवस्थामा थन्किएको छ ।

 जिल्ला वन कार्यालय काभ्रेले २०६४ भदौ १६ मा ५७, २०६८ पुस ९ मा ६ सय ३, २०६८ चैत ११ मा २६, सोही वर्ष १ सय ५० र २०७० मा बरामद ९८ किलोग्राम रक्तचन्दनका पाँच मुद्दा जिल्ला अदालत काभ्रेमा चलिरहेको छ । बरामद रक्तचन्दन कसले र कहाँ लैजान लागेको भन्ने खुल्न सकेको छैन ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य मानिने रक्तचन्दन तस्करले भारत हुँदै चीन पु¥याइ बिक्री गर्ने गर्छन् । उनीहरूले राजनीतिक तथा प्रशासनिक आडमा रक्तचन्दन ओसार–पसार गर्ने गरेको स्रोतको दाबी छ ।

Spread the love