महिलामाथि हुने हिंसा र अपराधलाई ठेगान लाउने : प्रधानमन्त्री

pm koirala

काठमाडौँ,  प्रधानमन्त्री सुशील कोइरालाले महिलामाथि हुने हिंसा र अपराध अक्षम्य भएको बताएका छन् । छात्रामाथि एसिड खन्याउने र बलात्कार गर्ने अपराधीको खोजी गरी तत्काल कारबाही हुनुपर्ने मागसहित ध्यानाकर्षणपत्र बुझाउन एकीकृत नेकपा माओवादी नेतृ शशी श्रेष्ठको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री कोइरालाले सो कुरा बताएका हुन ।

प्रधानमन्त्री कोइरालाले महिलामाथि हुने हिंसाबारे सरकार अत्यन्त सजग रहेको अवगत गराए। कोइरालाले भारतको नयाँ दिल्लीमा सामूहिक बलात्कार गर्ने व्यक्तिलाई भारतीय अदालतले मृत्युदण्ड दिएको प्रसङ्ग उल्लेख गर्दै केही दिनअघि मात्र छात्रामाथि एसिड खन्याएको घटनालाई सरकारले गम्भीर रुपमा लिएको र छिट्टै अपराधीको खोजी गरी कडा कानुनी गरिने विश्वास दिलाए ।

Spread the love