स्वाइन फ्लु २१ जनामा देखियो – सरकार जिम्मेवारी बनेन

swine_flu-s

काठमाडौँः स्वाइनफ्लुको संक्रमण पुष्टि हुने क्रम तीव्र रूपमा बढेपछि घाँटीको र्‍याल परीक्षण गराउन आउने बिरामीको संख्या ह्वात्तै बढेको छ। दैनिक ५० जनाभन्दा बढी शंकास्पद बिरामी संक्रमण परीक्षणका लागि प्रयोगशाला पुग्ने गरेका छन्। शुक्रबार नै ३९ जनामा परीक्षण गरिएको छ। तीमध्ये २१ जनामा स्वाइन फ्लुको संक्रमण पुष्टि भएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा गीता शाक्यका अनुसार शुक्रबार २१ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै पछिल्लो दुई सातामा ३५ जनामा स्वाइन फ्लुको संक्रमण पुष्टि भएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Spread the love