मालपोतका सुब्बा घूस लिदैगर्दा पक्राउ – घूस दिने पनि नियन्त्रणमा

subha

 फाल्गुन १५, राजविराज – राजविराजस्थित मालपोत कार्यालयभित्रै एक र्सवसाधारण सेवाग्राहीसित ५० हजार रुपैयाँ घूसलिदै गर्दा पक्राउ परेका छन् । शुक्रबार अख्तियारकाे टोलीले घूस लिने नासु र दिने सेवाग्राहीलाई रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मालपोतका नायब सुब्बा राजेन्द्रप्रसाद साह र घुस दिने राजविराज–५ का  अम्बर यादव रहेका छन् । जग्गा सम्बन्धी मुद्दा मिलाई दिने नाममा सेवाग्राही यादवसित नासु साहले ५० हजार  घुस लिदै गरेको  अख्तियारको भनाइ छ ।

विशेष सूचनाको आधारमा अख्तियारको इटहरीस्थित सर्म्पर्क कार्यालयका शाखा अधिकृत गोकुल निरौला नेतृत्वको टोली सप्तरी मालपोतमा पछिल्लो तीन दिनदेखि निगरानी गर्दै आएकाे थियाे । सोही

‘हामीलाई प्राप्त सूचनाको आधारमा हामी र्सवसाधारण झै पछिल्लो तीन दिनदेखि  मालपोत कार्यालयमा थियाैं’, अख्तियारको इटहरीस्थित सर्म्पर्क कार्यालयका शाखा अधिकृत गोकुल निरौलाले  भने, ‘मालपोत कार्यालयको दर्ता चलानी हुने ठाउँमा सेवाग्राही यादवले नासु साहलाई बोलाएर रुपैयाँ दिएपछि रंगेहात दुबै जनालाई पक्राउ गरेका हाैं ।’

पत्रकार सम्मेलनमा नासु साहले भने आफूले घुस नमागेका र यादवले आफ्नो गोजीमा राखिदिएको प्रतिक्रिया दिए । उता आफ्नो मुद्दा फैसला गर्न नासु साहले पटक-पटक पैसा माग्ने गरेकाले बाध्य भई पैसा दिनुपरेको र्सवसाधारण सेवाग्राही यादवको भनाइ छ ।

उक्त हकसाफी मुद्दाका वादी बरुण यादव र प्रतिवादी अम्बर यादव भएको मुद्दाको सम्पूर्ण कागजातको प्रतिलिपिसमेत अख्तियारका टोलीले मालपोतबाट अनुसन्धानकालागि लगेको छ ।  पक्राउ परेका दुबै जनालाई तत्कालाकालागि इटहरीस्थित सर्म्पर्क कार्यालय लगेको र टंगालस्थित आयोगको केन्द्रीय कार्यालयमा उपस्थित गर्राई आवश्यक कानुनी कारबाही अगाडि बढाउने अख्तियारका टोली प्रमुख निरौलाले जानकारी दिए । स्रोत कान्तिपुर अनलाइन

 

Spread the love