अब सडकमै भेटौंला – ‘प्रचण्ड’

Prachanda g

अब सडकमै भेटौंला – ‘प्रचण्ड’

२० माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूलाई राष्ट्रपति बन्ने प्रस्ताव आएको तर, आफूले अस्वीकार गरेको दाबी गरेका छन् । कार्यकारी प्रधानमन्त्री हुँदा त आफूले सोचेजस्तो गर्न नसकिएको भन्दै प्रचण्डले संवैधानिक राष्ट्रपतिलाई जेल जानु जस्तै भएको बताए । उनले भने- ‘राष्ट्रपतिको प्रस्ताव आएको हो तर, इन्कार गरेँ । संवैधानिक राष्ट्रपति हुनु भनेको जेलमा जानु जस्तै हो ।’

माओवादीको युवा संगठन वाईसीएलको केन्द्रीय समिति बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले अहिले राष्ट्रपति हुनु भनेको जेल जानुजस्तै भएको टिप्पणी गरेका छन् । आफूले आन्दोलन गर्छुभन्दा धेरैले नपत्याएको भन्दै प्रचण्डले भने- ‘नेताहरु सुबिधाभोगी भए, क्रान्ति गर्दैनन् भन्ने लागेको छ, तपाईहरु भनेर पत्याउनुहुन्न, टाउको फुटाउँछु र रगत बगाएपछि मात्र विश्वास गर्नुहुन्छ, यात्रामा भेट्नुहुन्छ ।’

Can Infotech

क्यान ईन्फोटेक मेलामा करिब तीन लाखको संख्याले अबलोकन

काठमाडौँ, सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले आयोजना गरेको २१ औँ सुबिसु क्यान इन्फोटेक आज सम्पन्न भएको छ । इन्फोटेकको छ दिने प्रदर्शनीमा तीन लाख ३१ हजारले अवलोकन गरेका आयोजकले जनाएको छ ।

Can Infotech

Shree sosthani

श्रीस्वस्थानी ब्रत आज समाप्त

माघ २०, काठमाडौ – पौष शुल्क पूर्णिमादेखि सुरु भएको एक महिना लामो स्वस्थानी ब्रत पौष शुक्ल पूणिर्मामा सुरु भई माघ शुक्ल पूर्णिमामा सम्पन्न हुन्छ ।स्वस्थानी ब्रतको समापनका अवसरमा जनै, अक्षता, बेलीपुष्प, पान, मसला आदि देवी स्वास्थानीलाई चडाइन्छ ।   स्वस्थानीको पूजामा स्वास्थानीको कथाका कुराहरुलाई पढी दियो, कलस र गणेशको पुजा गरिन्छ । काठमाडौंको उत्तरपूर्वमा रहेको साँखुमा रहेको शाली नदीमा लागेको मेला माघ शुक्ल पूर्णिमामा सकिँदैछ । एक महिनासम्म ब्रत बसेका श्रद्धालुहरुले  पूजाआजा गरी स्वस्थानीको समापन गर्छन । आज एक महिनाको श्रीस्वस्थानी ब्रत समाप्त हुदै छ ।

Shree sosthani

Shree sosthani

Hanuman chalisa

हनुमान चालिसा भजनको भिडियोको बिमोचन सम्पन्न

बिकाश राज न्यौपाने, अमेरिका – टेक्सास, फेब्रुअरी  ३। कबितान्गम डटकमको संस्थापक साहित्यकार तुंगनाथ उपाध्यायको सक्रियतामा सोहि संस्थाको आयोजनामा हिजो आईतबार नेपाली संस्कृतिक एवंम् आध्यात्मिक केन्द्र (NCSC) भवनमा  हिजो एक गीत बिमोचन कार्यक्रमको आयोजना गरियो।
नेपाली समाज टेक्सासका महासचिब विजयराज भट्टराईले संचालन गर्नु भएको उक्त कार्यक्रममा साहित्यकार सत्यप्रकाशले प्रमुख आतिथ्य गर्नु भएको थियो। कार्यक्रममा साहित्यकार तुंगनाथ उपाध्यायको हनुमान चालिसा भजनको भिडियोको बिमोचन गुरु डा शेखर पण्डितले गर्नु भयो। झन्डै ७० -८० जनाको उपस्थित रहेको उक्त कार्यक्रममा अन्तरा, गुन्जन तथा तुंगनाथ उपाध्यायले ट्रयाकमा विभिन्न भजनहरु प्रस्तुत गर्नु भएको थियो। नेपाली समाजका अध्यक्षको सभापतित्वमा भएको उक्त कार्यक्रममा टेक्सासको ड्यालस क्षेत्रमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरको उपस्थिति रहेको थियो।
Hanuman chalisa
Passport in Nepali Embassy.

Carelessness of neplease embassy at washington dc Passport Renew

03 FEB , KATHMANDU – Passport blues, part II.  Seven months ago, I applied to renew my passport in Nepali Embassy. Nowadays, I’m trying to follow-up in Nepal to check on the progress, but the Foreign Ministry staff in Kathmandu is saying they cannot locate my application. Now, they are asking me to send the confirmation number. Any ideas on how I can get that? As always, called/emailed the Embassy in DC with no response. They didn’t send a confirmation number and a receipt after receiving my application.
surya b

संविधान जारी गर्न तीन पार्टी एक ठाउँमा उभिनैपर्छ – नेता सूर्यबहादुर थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाले संविधान जारी गर्नका लागि प्रमुख राजनीतिक दल एक ठाउँमा उभिनैपर्ने बताउनुभएको छ ।
मालीगाउँस्थित निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अब हिजोका गल्तीलाई बिर्सेर देशलाई गतिशीलता दिने एउटै उपाय भनेको प्रमुख पार्टी काँग्रेस, एमाले र एमाओवादी एक ठाउँमा उभिनैपर्छ, एकले अर्कोलाई दोषारोपण गरेर उम्कन मिल्दैन, हामी सबै दोषीको भागीदार हौँ, यथाशक्य चाँडो संविधान जारी गर्ने मिति तय गरिनुपर्छ ।”
निर्धारित समय माघ ८ मा संविधान जारी हुन नसक्दा देशलाई गम्भीर असर परेको र जनतामा निराशा छाउनाका साथै अन्तर्राष्ट्रिय जगत्मा नराम्रो सन्देश गएको बताउँदै उहाँले राजनीतिक अन्योल र गतिहीन अवस्थालाई तोडेर सहमति र समझदारीका साथ मुलुकलाई गतिशील बनाइनुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री थापाले भन्नुभयो, “दलहरुले समयमै काम सुरु गरेको भए संविधान जारी हुने थियो, तर अन्तिम समयमा आएर पर्याप्त छलफल नै नगरी अन्तर्वस्तुमा थप विवाद चुल्याउने काम भयो, यसले देश र जनतामा मात्र नभई अन्तर्राष्ट्रिय समुदायलाई समेत निरास तुल्यायो, नेतृत्व वर्गले संविधान बन्न नसकेको जिम्मेवारी सामूहिक रुपमा लिनुपर्छ र जनताप्रति सामूहिक क्षमायाचना गर्नैपर्छ ।” रासस
BICC in Nepal

प्रश्नावली उपसमिति गठन – एमाओवादी, मोर्चा र राप्रपा नेपाल भने बहिरै बस्ने

माघ १९, काठमाडौ – संविधानसभाले प्रस्ताव समितिलाई दिएको समय दुई दिन बाँकी हुँदा प्रश्नावली उपसमिति गठन गरेको हो ।  संविधानसभाको प्रस्ताव समितिले एमालेका सभासद् अग्नी खरेलको संयोजकत्वमा ९ सदस्यीय प्रश्नवली उपसमिति गठन गरेको छ । आइतवार समितिले कार्यविधि पारित गरेको थियो ।  संविधानसभाले माघ ११ गते गठन गरेको प्रस्ताव समितिको सोमबार बसेको बैठकले गठन गरेको प्रश्नावली समितिका सदस्यहरुमा रमेश लेखक, कृष्ण भक्त पोखरेल, राधेश्याम अधिकारी, सीपी मैनाली, उषा गुरुङ, श्रीमाया थकाली, कुमार खड्का र अफ्ताव कमाल मुसलमान रहेका छन् । प्रकृयामा एमाओवादीले नेतृत्व गरेको विपक्षी मोर्चा र राप्रपा नेपाल भने सहभागी नहुने संकेत देखाएका छन् ।

AN R AN

एनआरएनमा उल्लेख्य मात्रामा सदस्य – आवेदन ‘अभूतपूर्व र ऐतिहासिक’

माघ १९, एनआरएन अमेरिकाको २०१५ मा हुने निर्वाचनको लागि सहभागि हुन सदस्यता लिने समय, प्यासिफिक समय गत राती ११:५९ सम्मको समयसिमामा जम्मा ११,९८८ जनाको मेम्बर आइडी गणना भएको छ। गतबर्ष सम्मका आजिबन सदस्यहरुको नाम कतिपय अप्डेट गरिसकिएको छ भने कति चाँहि गर्न बाँकी छ। जम्मा ४१५ जनाको फर्म न्युयोर्क स्थित कार्यालयमा अइपुगेका मध्य सबैजनाको सदस्यता अन्लाइनमा अपडेट गरी सकिएको छ । यसरी एनआरएनमा उल्लेख्य मात्रामा सदस्य बनाउन सहयोग पुरयाउनुहुने सम्पूर्ण संघ-संस्था, व्यक्तिहरुलाई धन्यबाद समेत प्रकट गरिएको छ ।
Sagpat

स्वस्थय रहनको लागी हरियो साग भोजनमा अनिबार्य

 माघ १८ , काठमाडौं – तोरीको सागमा पाइने भिटामिन, मिनिरल, फाइबर र प्रोटीन निक्कै लाभदायक हुने विज्ञहरु बताउँछन् । १०० ग्राम तोरीको सागमा २७ क्यालोरी, शून्य दशमलव ४ ग्राम चिल्लो, ३५८ मिलिग्राम पोटाशियम, ४ दशमलव ७ ग्राम कार्वोहाइड्रेट, २ दशमलव २ ग्राम फाइवर, १ दशमलव ३ ग्राम सुगर, विटामिन ए, सी, डी, बी १२, म्याग्नीशियम, आइरन र क्याल्शियम जस्ता तत्व हुन्छ । तोरीको सागमा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा हुन्छ । यसले शरीरमा रहेका विकार विसर्जनमा मुख्य भूमिका खेल्छ । र रोगसँग लड्ने क्षमता बढाउँछ । त्यतिमात्र होइन तोरीको साग सेवन गर्दा मुत्रनली, पेट, छाती, फोक्सो, प्रोस्टेट र पाठेघरको क्यान्सरबाट समेत तोरीको सागले बचाउँछ ।