पाटा द्वारा आयोजित “डिजिटल टुरिजम मार्केटिङ” तालिम सम्पन्न

Pata Progrm

पाटा द्वारा आयोजित “डिजिटल टुरिजम मार्केटिङ” तालिम सम्पन्न

प्यासिफिक एसिया ट्राभल एसोसियसन ९पाटा० नेपाल च्याप्टर द्वारा नेपाल पर्यटन वोर्डमा आयोजित दुई दिने “डिजिटल टुरिजम मार्केटिङ” तालिम आज सम्पन्न भएको छ । कार्यक्रम मा होटेल ब्यवसायी, एयरलाइन्स, ट्राभलएजेन्सी, टुरअपरेटर, मिडिया र बिद्धार्थीहरु गरी करीब १०० जनाले सहभागिता जनाएका छन्।

तालिम समापन लगत्तै पाटाले मंसिर १९ गते ूपाटा डिजिटल एकेडेमी डि। एम। ओ। सेसन” विषयमा अन्तरक्रिया आयोजना गर्दै छ। कार्यक्रममा नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, पर्यटन बिभाग, पर्यटन ब्यवसायी, संचारकर्मी तथा गन्तब्य प्रवर्द्धन र बिकास सम्बन्धि सरोकारवालाहरुको सहभागिता रहने पाटाले जनाएको छ।

mohan badya

विप्लवसग छुटिएपछि वैद्य एमाओवादीसंग मिल्ने संकेत

बाँके, १८ मंसिरः माओवादीको बांके जिल्ला समितिले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष वैद्यले एकताका लागि माओबवद मान्ने सवाल, संसदीय भासबाट पार्टीलाई बचाउने, नयाँ जनवादलाई स्वीकार गर्ने, जनवादी केन्द्रियतालाई अवलम्बन गर्ने र सशक्त संघर्ष गर्ने प्रस्ताव आफुहरुले अगाडी सारेपनि एमाओवादीले संघर्षको प्रस्ताव नमानेकाले एकता हुन नसकेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टी भित्र आएको फुटले आफुलाई अत्यन्त दुखित तुल्याएको बताउंदै सच्चा क्रान्तिकारीबीचको एकताले मात्र मुलुकको समस्या समाधान गर्ने जिकिर गर्नुभयो ।
बैद्य माओवादीबाट अलग भएको विप्लव समूहप्रति लक्षित गर्दै अध्यक्ष वैद्यले रुपमा बाम जस्तो देखिए पनि सारमा विप्लव समूह दक्षिणपन्थी धार भएको टिप्पणी गर्नुभयो । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले पश्चगामी संविधान लेख्न छाडेर नयाँ जनवाद स्वीकार गरे एकीकृत माओवादीसंग एकता हुन सक्ने बताउनुभएको छ ।

Hindu Rajya Ko maga

हिन्दुराष्ट्र माग गर्दै जापानमा हस्ताक्षर

टोकियो,नेपाललाइ पुनः हिन्दुराष्ट्र बनाउन माग गर्दै राष्ट्रब्यापी रुपमा हस्ताक्षर अभियान चलाएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अभियान प्रति एक्यबद्ध्यता जनाउदै जापानमा पनि हस्ताक्षर अभियान शुरु गरिएको छ ।
विदेशमा बस्ने नेपालीहरुले पनि शसक्त रुपमा हिन्दुराष्ट्रको लागी आवाज उठाउनु पर्ने निर्णय सहित प्रवाशी नेपाली संगठन जापान (अोनो जापान)हिजो जापानको टोक्योमा बसेको बैठकले जापानका बिभिन्न शहरमा छरिएर रहेका नेपालीहरु बिच हस्ताक्षर अभियान चलाउने भएको हो।
राप्रपा नेपालका केन्द्रिय नेता कलेन्द्र बिक्रम शाहीको मार्गदर्शनमा ओनो जापानका अदक्ष्य रघुदिप खड्काको अदक्ष्यतामा सोमबार बसेको बैठकले सो निर्णय गरी सोमबारबाटै हस्ताक्षर अभियानको शुरुवात गरेको छ ।
राप्रपा नेपालको हस्ताक्षर अभियानलाइ सहयोग गर्दै यसअघि भारतका बिभिन्न शहरहरुमा हस्ताक्षर अभियान शुरु गरिसकेका छन।अन्य देशहरुमा समेत हिन्दु धर्म र हिन्दु राष्ट्रमा आस्था राख्ने नेपालीहरुले हस्ताक्षर अभियान शुरु गर्न थालेका छन। साभार: नेपाल जापान डट कम

आज माईथान जात्रा

धादिङ – गाउलेहरुको रमाईलो धार्मिक पर्व । अाफन्त साथीभाईहरूको भेटघाटस्थल । जेरी, मिठाई, बदाम, सुन्तला र सखरखन्डको स्वाद। तामाँगसेलो, दोहरी, भजन, चुड्का अनी पन्चेबाजा ।समग्रमा आस्थाको केन्द्र, हाम्रो सम्पदा ।

याे जात्रा यस वर्ष मुख्य मन्दिरमा हुने सबैभन्दा ठूलाे जात्रा हाे । यस मन्दिरमा बलि पनि दिइन्छ तर कुखुरा परेवा र बाेकाकाे मात्र बलि दिइन्छ । राँगाे र भेडाकाे बलि दशैँघर अर्थात् गाउँकाेटकाे पूर्वी थुम्काकाे मन्दिरमामात्र । मंसिरकाे याे विशेषजात्राकाे दिनमात्र यस मुख्यमन्दिकाे मूलढाेका रातभर खुलै राखिन्छ । पर्सि बिहान सबेरै करीब सबा ५ बजे माईकाे सवारी बेसीकाेटकाे अर्काे मन्दिरमा भव्य नगरा बाजागाजा, शंखघण्ट, माईका दैनिक पूजाअारतीका सामानसहित सवारी चलाइन्छ । बेसीकाेटमा माईलाई भित्र्याएपछि दहीचामलकाे प्रसाद वितरण गरी भव्य न्वागीजात्रा मनाइन्छ । जात्राका स्थानीय विशेषता र राैनक पृथक र विशेष स्वाभाविक रुपमा हुनेछ ।

यसपालि श्री त्रिपुरासुन्दरी माईकाे यस भव्य सवारीयात्राकाे समाचार संकलन र छायांकनका लागि इमेज च्यानलका पत्रकार प्रतीक लामिछानेकाे संयाेजनमा देशका विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरुकाे एेतिहासिक रुपमा उपस्थिति हुँदैछ भन्ने जानकारी यस पेजलाई भर्खरै प्राप्त भएकाे छ । विनिन्न नाैवटा टेलिभिजनका संवाददाता तथा क्यामेरामेन, दैनिक छापा पत्रिका तथा वेभ पत्रिकाका संवाददाताहरुसमेत ३२ जना सञ्चारप्रतिनिधिहरुकाे याे व्यावसायिक जमघट श्री त्रिपुरासुन्दरी माई भगवतीकाे चरणमा हुनु सल्यानकाेटबासी र समस्त संस्कृतिप्रेमी भक्तजनका लागि पनि गाैरवकाे कुरा हाे ।

श्री जगदम्बा माईकाे मन्दिरसम्बद्धी गाेपनीयता राखिनुपर्ने परम्परागत विषयबाहेकका यावत् एेतिहासिक, सांस्कृतिक अनि स्थानीय क्षेत्रका विविधताबारे सञ्चारजगतकाे जिज्ञासा पूरा गरिदिनुहुन सम्बद्ध सबैमा विनम्र अनुराेध छ । साथै पाहुनाहरुप्रति स्थानीय परम्पराअनुसार स्वागत सम्मान अनि अात्मीयता प्रस्तुत गरिदिनुहुन पनि सबै स्थानीयवासीमा सादर अनुराेध छ ।

हामीबाट हुने सम्मान हाम्रै गाैरव हाे र यसबाट हाम्रै गरिमा उच्च हुनेछ । यस जानकारीलाई पढ्नुभएका श्री त्रिपुरासुन्दरी माईका भक्तजनले जात्रालाई विशेष सफल बनाउन यस जानकारीलाई यथाशक्य रुपमा स्थानीय तहसम्म पुर्याउन सहयाेग गरिदिनुहुन पनि हार्दिक अनुराेध छ ।

10805856_10153006264527189_2201219387209956852_n

सल्यानकाेट र सल्यानबेसीमा अवस्थित श्री त्रिपुरासुन्दरी माईकाे मन्दिरमा यही मंसिर १७ र १८ गते हुने विशेष सांस्कृतिक सवारीयात्रा र भव्य न्वागीजात्राकाे तयारीबारे प्रचारप्रसारका लागि म‍ंसिर १० गते धादिङबेसीमा पत्रकार भेटघाट सम्पन्न भयाे ।

सिद्ध तीर्थस्थल श्री त्रिपुरासुन्दरी माईकाे मन्दिरमा हरेक वर्ष हुने सांस्कृतिक न्वागी जात्रा यस वर्ष मंसिर १८ गते परेकाे छ । १७ गते हुने गाउँकाेट जात्रा, १८ गते सबेरै गाउँकाेटबाट बेसीकाेटमा हुने भव्य सवारीयात्रा र बेसीकाेटमा हुने विशाल एवं भव्य न्वागीजात्रामा सहभागी हुन धादिङ्काे सल्यानकाेटमा पाल्नुहुन सबैमा सादर निमन्त्रणा ।

(शिव लामिछाने र राजन गौली को फेसबूक बाट साभार )

पाटा नेपाल च्याप्टरको दुई दिने “डिजिटल टुरिजम मार्केटिङ” तालिम सुरु

दि पावर न्युज सम्वाद दाता, काठमाडौ – प्यासिफिक एसिया ट्राभल एसोसियसन ९पाटा० नेपाल च्याप्टरको आयोजनामा दुई दिने “डिजिटल टुरिजम मार्केटिङ”सम्बन्धि तालिम आज देखी नेपाल पर्यटन वोर्डमा संचालन भएको छ ।

कार्यक्रम को उदघाटन सत्रमा पाटा नेपाल च्याप्टर का अध्यक्ष्य सुमन पाण्डेले स्वागत मन्तब्य राख्दै नेपाली पर्यटन ब्यवसायी तथा सरोकारवाला हरुलाई आधुनिक एवम प्राविधिक प्रवर्द्धनात्मक शैली र शीप को ब्यहारिक जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो।

उदघाटनको क्रममा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारी ज्यूले नेपाली पर्यटन क्षेत्रमा डिजिटल टुरिजम मार्केटिङको आवश्यकता र महत्वबारे प्रकाश पार्नुका साथै यस् किसिमको कार्यक्रमले निजी क्षेत्रको व्यवसाय प्रवर्द्धन र बिकासमा उल्लेखनीय भूमिका खेल्ने बताउनु भयो।

इ(टुरिजमको ब्यवहारिक र सैद्धान्तिक पक्ष, बजार ब्यवस्थापनको तारिका, डाटा मूल्याकंन, अन्तराष्ट्रिय सम्बन्ध, बजारका सम्भावनाको खोजीलगायत विषयमा तालिम दिन पाटा नेपाल च्याप्टर को निम्तोमा इ(टुरिजम फ्रोन्टिएरका संस्थापक एवम प्रमुख कार्यकारी अधिकृत डामियन कुक र ट्रिप एडभाइजर का बरिष्ट बजार ब्यवस्थापक सारा म्याथ्यु नेपाल आउनु भएको पाटाले जनाएको छ ।
पर्यटन क्षेत्र संग सम्वन्धीत बिभिन्न ट्राभल, ट्रेकिङ, बिद्यार्थीहरु, होटलसंग आबद्घ संघ संस्थाहरुका प्रतिनिधिहर को उपस्थिती रहेको थियो ।

PATA Digital Markting Program
PATA Digital Markting Program

सत्यमोहन शताब्दी पुरुष

काठमाडौ, मंसिर १६ – सत्यमोहन जोशीले जीवनभर संस्कृति र साहित्यको सेवामा बिताए । कहिले कर्णालीका कुनाकन्दरा पुगेर लोकसंस्कृतिका केस्राकेस्रा केलाए, कहिले अरनिकोको पदचाप पहिल्याउँदै चीनका विभिन्न सहर पुगे । कहिले राष्ट्रिय मुद्राबारे खोजी अनुसन्धान गरे, कहिले लोक प्रचलित मिथहरूलाई नाटकमा उतारे । ९५ वर्षको उमेरमा पनि ठमठम हिँड्दै सहरका गोष्ठी/सेमिनारतिर विद्वत् विमर्श गरिहिँड्ने उनले सोमबार उपप्रधानमन्त्री वामदेव गौतमको हातबाट ‘शताब्दी पुरुष’ को उपाधि थाप्दै गर्दा भने, ‘म खासै ठूलो मान्छे हैन । एउटा संस्कृति सेवक मात्र हुँ ।’

तीन पटकसम्म मदन पुरस्कार पाउने एक मात्र नेपाली स्रष्टाको अनुहारमा कुनै अहं थिएन । बरु उनले विनीत मुद्रामा भने, ‘म केही पनि हैन, मुख्य कुरा नेपाली संस्कृति र साहित्य हो, जसको तेजमा हामी बाँचिरहेका छौं ।’

६१ वटा नयाँ नगरपालिका घोषणा – काठमाडौ र भक्तपुर गा बि स बिहिन

काठमाडौं । सरकारले थप ६१ वटा नयाँ नगरपालिका घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को‌ विकास समितिको बैठकले प्रस्तावित ६७ मध्ये ६१ वटा नगरपालिका घोषणा गरेको गरेको हो। यो सँगै नेपालमा नगरपालिकाको संख्‍या १ सय १९१ पुगेको छ। मन्त्रिपरिषद अन्तर्गतको सामाजिक समितिको बैठकले स्थानिय विकास मन्त्रालयबाट गएको प्रस्ताव सदर गर्दै थप नगरपालीका घोषणा गरेको हो ।

स्थानिय विकास मन्त्रालयले ६६ ओटाको प्रस्ताव लिएको थियो । यसअघि सरकारले गत वैशाखमा ७२ वटा नगरपालिका घोषणा गरी नगरपालिकाको संख्या १ सय ३० पुर्याएको थियो । नेपालगञ्ज, बुटवल, भरतपुर, हेटौडा, जनकपुर, इटहरी र धरान गरी सातवटा उपमहानगरपालिकाका भने केही समयपछि घोषणा हुने बताइएको छ । आज थपिएको नगरिपालीकाको संख्या पछि काठमाडौं र भक्तपुर जिल्ला गाविसरहित जिल्ला भएका छन ।

खुम्बु क्षेत्र भ्रमणमा आएका पर्यटक फर्कने क्रम सुरु

काठमाडौं, १६ मंसिर – पर्यटकीय गन्तव्य खुम्बु क्षेत्र घुम्न आएका पर्यटक धमाधम फर्कन थालेका छन् । अक्टोबर सिजनमा हिमाली क्षेत्रको पदयात्रा तथा हिमाल आरोहण गर्नका लागि आएका विदेशी पर्यटक धमाधम फर्कन थालेका हुन् ।
माथिल्लो क्षेत्रमा चिसोसँगै हिमपातसमेत पर्न थालेपछि सगरमाथा, आमाडब्लम लगायत हिमालका आधार शिविर तथा माथिल्लो बस्तिहरु पर्यटकहरु फर्किने क्रम तीब्र भएको छ ।
अहिले खुम्बु क्षेत्र भ्रमण गर्न आउने भन्दा फर्कने पर्यटकहरुको संख्या बढि रहेको ईलका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । अहिले दैनिक २ सयको हाराहारीमा पर्यटक फर्किरहेको हुनाले खुम्बुको माथिल्लो क्षेत्रमा पर्यटकको संख्या न्युन हुँदै गएको छ ।
पर्यटकहरु फर्कन थालेसँगै खुम्जुङ भ्याली भन्दा माथिल्लो बस्तिका होटलहरु पनि सुनसान हुन थालेको हाम्रा समाचारदाता विमला पुकुर्टीले जानकारी दिनुभएको छ । होटलका काम गर्ने कामदार तथा अन्य कामका लागि गएका मजदुरहरु फर्किन थालेका र केही होटल पसल समेत बन्द गर्न थालेका जनाइएको छ ।
पर्यटकीय मौसम सकिएपछि खुम्बु क्षेत्रको चहलपहल सुनसान बन्दै जान्छ । मंसिरको अन्त्यसम्ममा खुम्बुबाट पर्यटकहरु फर्किसक्ने व्यवसायी निमातेम्बा शेर्पाले बताउनुभएको छ । यो सिजन सकिएपछि फागुनको मध्यबाट खुम्बुमा फेरी चहलपहल शुरु हुन्छ ।

२७ औं विश्व एड्स दिवस मनाइँदै

आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । दिवसको यसवर्षको नारा ‘शुन्य नयाँ संक्रमण, शुन्य एड्स मृत्यु र शुन्य भेदभाव’ राखिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो । नेपालमा अहिले करिब ४० हजार जनामा एचआईभी संक्रमण रहेको राष्ट्रिय एचआईभीरएड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांक छ । ती मध्ये करिब २५ हजार संक्रमितहरु केन्द्रको नियमित सम्पर्कमा रहेको जनाइएको छ । केन्द्रसँग सम्पर्क आउने संक्रमितको संख्या गएको वर्षभन्दा कम भएको जनाइएको छ ।

अमेरिकाका घरबार बिहीनलाई नेपाली संस्थाले भोजन गरायो

अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २००८ मा नेपालीद्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तराष्ट्रियले अमेरिकाको थांक्स गिभिंगमा घरबार बिहिन लगभग ५५० मानिसलाई रात्री भोजन गराएको छ । संस्थाले प्रत्येक ३ महिनाको अन्तIMG_4712रमा घरबार बिहीन मानिसहरुलाइ खाना खुवाउने कार्यक्रम गर्दै आएको छ । यसैक्रममा यसपटक भने थ्यांक्स गिभिङको अवसर पारेर गरिब तथा घरबार बिहीनलाइ भोजनको व्यवस्था गरिएको हो । बिश्व कै धनि राष्ट्र अमेरिकामा पनि प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने रहेकोले संस्थाले उनीहरुलाई भोजन गराउन लागेको संस्थाका संस्थापक अध्यक्ष देवी आचार्यले बताए । संस्थाले उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जिविकोपार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको बताइएको छ । संस्थाले नेपालमा पनि प्रत्येक महिना नेपालको पशुपतिनाथमा घरवार बिहिन, भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको देवी आचार्यले बताउनुभयो ।

संस्थाका अध्यक्ष बिनोद रोक्काले संस्था गरिब र दिनदुखीहरुको सहयोगका निम्ति स्थापना भएको र सोही अनुसार गरिब, असहायहरुलाइ खाना खुवाउने कार्यक्रम आयोजना गरिएको बताउनुभयो । हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तराष्ट्रिय संस्थाले स्थापना काल देखि नै भोका, भिखारी तथा अशक्तलाई खानाको व्यवस्था गर्दै आई रहेको छ । हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तर्राष्ट्िरय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।